प्रकाश लम्साल
सोमवार, जेठ १९, २०७७
650

बारा-लकडाउनमा मानिसहरूको चहलपहल कम भएको मौका छोपी बनमा काठ तस्करी गर्ने २१ जनालाई डिभिजन वन कार्यालय बाराले पक्राउ गरी कार्बाही थालेको छ ।
जिल्लाको निजगढ, कोल्हवी, ककडी, मधुवन, टाँगियावस्ति लगाएतका स्थानमा एक हजार सेफटी काठ सहित उनिहरुलाई पक्राउ गरीएको हो ।

नजिकैको जंगलबाट काठ चोरी तस्करी गरी घर, आगन, गोठ, बारी, भकारीमा लुकाई छिपाई राखेको अवस्थामा बन गस्तीले छापामारी गर्दा मान्छे सहित काठ पक्राउ गरी जिल्ला बन कार्यालयको सशस्त्र वन सुरक्षा शाखाको थुनामा राखि कार्बाही थालीएको छ ।
केही बर्ष अघि सम्म जिल्लाको बनमा काठ तस्करी रोकीए पनि लकडाउनको मौका छोपी जिल्लाका विभिन्न वन क्षेत्रमा चोरी तस्करी बढ्न थाले पछि कार्यालयको छापामारी ब्यापक बनाउदा तस्कर र काठ धमाधम पक्राउ पर्न थालेको हो ।
वन क्षेत्र भित्र भएको घना वस्ती र चौतर्फी रुपमा खोलिएका बाटोघाटोका कारण जिल्लामा सबै भन्दा बढि दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल बनाउने भनिएको स्थान टााँगियावस्तिमा दैनीक अबैध काठ र मानीस् पक्राउ पर्ने गरेको कार्यालयले जनाएको छ ।
छापामारीमा स्थानीय बासीन्दा र जनप्रतीनिधीको अबरोध बढे पछि वन कार्यालयले नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयूक्त सहयोगमा छापामारी तिब्र बनाए पछि काठ तस्कर नियन्त्रणमा लिन डिभिजन बन कार्यालयलाई सहयोग पुगेको छ ।
गस्तीमा तस्कर संग दोहोरो गोली हानहान हुने र छापामारीमा पुरै गाउनै अबरोधमा लाग्ने गरे पछि कार्यालयको जनशक्तिको अभाबमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयूक्त सहभागीमा छापामारी ब्यापक बनाएको हो ।
निमार्णधिन निजगढ अन्तराष्ट्रिय विमानस्थलमा रुख काटने हल्ला संगै आसपासका वन क्षेत्रमा पछिल्लो समय सबैभन्दा बढी तस्करी हुने गरेको छ ।
हालसम्म बाराको बिभिन्न स्थानमा गरेर करिब १ हजार सेप्टी काठ बरामद गरेको र २१ जनालाई प्रकाउ गरेको डिभिजन बन कार्यालय बाराका प्रमुख मन्जुर अहमदले बताए ।उनले सबै सबडिभिजन कार्यालयका कर्मचारीलाई चरणबद्ध रूपमा रात्रि तथा दिवा सत्रमा गस्तीका लागि खटाइएको बताए ।
लकडाउन अवधिभर विभिन्न ६ ठाउँबाट वन पैदावार चोरी तस्करी ब्यापक बढेको र उक्त स्थानहरुको प्राय ब्यक्तिको दैनीकीनै काठ तस्करी हुने गरेको डिभिजन बनको अनुसन्धानले देखाएको छ ।
बारामा ४७ हजार १ सय ८२ हेक्टर वन क्षेत्र रहेको छ । जसमा ४१ सामुदायिक वन, ४ साझेदारी वन, पर्सा राष्ट्रिय निकुञ्ज र निजीवन क्षेत्र रहेका छन ।