कारोबार संवाददाता
बुधवार, फाल्गुन १४, २०७६
492

म्याग्दी-पर्वतको जलजला गाउँपालिका–२ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले नेपालकै ठूलो ८० किलोको खुकुरी निर्माण गरेका छन् । तीन महिनाको अवधिमा चार जनाको टोलीले सो खुकुरी निर्माण गरिएको सुनारले बताए ।
गत मंसिर ४ गतेदेखि खुकुुरी बनाउन सुरु गरेका सुनारको टोलीले माघ २९ गतेमात्रै ८० किलोको कुखुरी निर्माण गरेका छन्, भने अग्लाई साढे १० फिटको छ । सुनारसँगै अर्जुन विक, सन्तोष विक र हरिलाल विकको समूहले तीन महिनाको अवधिमा निर्माण गरेको नेपालकै ठूलो खुकुरी अहिले पर्वत बेनीमा फागुन १ देखि ११ गतेसम्म सञ्चालित १३ औं गण्डकी प्रदेश स्तरीय महिला महोत्सवमा प्रदर्शनमा थियो ।

स्टेजमा राखिएको खुकरी महत्वभर दर्शकको आकर्षण तानेको थियो । नेपालकै ठूलो खुकुरीमा फलामसंगै बिँडमा सालको काठ र काँजोमा चाँदी र पितलको प्रयोग गरिएको छ । खुकुरी निर्माणमा २ लाख रुपैयाँ खर्च भएको छ । सामान खरिद र चार जनालाई तीन महिनाको पारिश्रमीक खर्च समेत आफैले जुटाएर खुकुरी बनाएका सुनारले बताए । उचित मूल्य पाए बिक्री गर्ने जानकारी दिए ।
पुख्र्यौली रूपमा आफ्ना अभिभावकले गर्दै आएको आरान पेशालाई आधुनिकीकरण गरेका सुनारले आकर्षक तरबार, खुकुरी, दाउ, आँसीलगायतका हतियारसँगै फलामका भाँडाहरूसमेत बनाउँदै आएका छन् ।

धिरन खत्री