कारोबार संवाददाता
मंगलबार, फाल्गुन १३, २०७६
241

धनकुटा- शहादत प्राप्त गरेको चालिस वर्षपछि छिन्ताङ्गका १६ जना सहिदका सहिद परिवारहरुलाई प्रदेश सरकारले राहत प्रदान गरेको छ ।
छिन्ताङ्गका सहिद परिवारहरुलाई प्रदेश नं १ को सरकारले छिन्ताङ्गमै एक कार्यक्रमको आयोजना गरी नगद पाँच लाख राहतस्वरुप प्रदान गरेको हो ।
सहिदभूमी ३ को पञ्चकन्यामा आयोजित कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सहिद परिवारलाई राहात रकम हस्तान्तरण गरे । कार्यक्रममा मुख्यमन्त्री राईले सहिदहरुकै वलिदानको उर्जाले नै नेपालमा प्रजाान्त्रिक र गणतान्त्रिक उपलव्धीहरु हासिल भएको चर्चा गरेका थिए ।