सागर परियार
सोमवार, फाल्गुन १२, २०७६
721

जुम्ला-उत्पादन तथा आर्थिक विकासका सम्भावना कर्णालीमा प्रयाप्त छ । यहाँका पाखा बारीमा पनि लगानी गर्न सके सुन फलाउन सकिने उर्वर भुमि छ । कृषि, पर्यटन, उद्योग, व्यापार व्यवसायमै लागेर पनि जीवन निर्वाह सक्ने सामथ्र्य कर्णालीमा छ । तर विडम्बना, राज्यले लगानी गर्ने कन्जुसाई गर्ने, यूवा जनशक्ति आफ्नो ठाउँमा भविष्य नदेख्ने प्रबृतिकै कारण कर्णाली झनै परनिर्भर बन्दै गएको देखिन्छ । कर्णालीका वर्षेनि करिब २५ हजार बढी मेट्रिक टन खाद्यन्न आयातमै निर्भर छ । तर यहाँका खेती योग्य जमिन बाझा छन् ।
यूवाभरी कालापहाड भरिएका छन् । जसका कारण कर्णालीमा गरिबीपन अझै बढ्दै छ । सरकारी तथ्यांक अनुसार कर्णालीमा ५१ प्रतिशत गरिबी रहेको पाइएको छ । प्रयाप्त स्रोत हुँदा पनि गरिबीको नाम पाउनु कर्णालीबासीको दुभाग्य पनि हो । ४१ प्रतिशत जनशक्ति मात्रै आर्थिक क्रियाकलपामा सक्रिय छन् । भने ५९ प्रतिशत युवाहरु सबै विदेश, कालापहाडमा पसिना बगाईरहेका छन् । जसका कारण अन्य प्रदेशको तुलानमा कर्णालीको गरिबी दर बढी छ ।

शिक्षा, स्वास्थ्य र विकासमा पिछडिएको कर्णाली प्रदेशको बहुआयामिक गरिबी दर पनि उच्च रहेको देखिएको छ । कर्णालीको गरिबी दर ५१ प्रतिशत रहेको कर्णाली प्रदेशस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिले जनाएको हो । बहुआयामिक गरिबी दर भन्नाले गरिबी दरका साथै कमजोर शिक्षा, स्वास्थ्य र बाल मृत्युदरसमेत समावेश गरिएको तथ्यांक हो । प्रयाप्त खाद्यन्नको अभाव, पोषणको अभाव, चेतनाको कमी, बालबिवाह, सानैमा बच्चा जन्माउने लगायत धेरै कारण रहेका छन् ।
कुन प्रदेशको गरिबी दर कति ?
समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार मुलुकको गरिबी दर २८ दशमलव ६ प्रतिशत बेला कर्णालीको ५१ प््रतिशत गरिबी दर हुनु मुलुककै उच्च गरिबी रहेको देखिन्छ । तथ्यांक अनुसार कर्णालीबाहेक मुलुकको सबैभन्दा कम गरिबी भएको प्रदेश बागमती हो । यो प्रदेशको गरिबी दर १२ दशमलव २ प्रतिशत छ । भने, दोस्रो न्यून गरिबी भएको क्षेत्रमा गण्डकी प्रदेश हो । यो प्रदेशको १४ दशमलव २ प्रतिशत गरिबी दर रहेको छ । त्यस्तै प्रदेश नं.२ मा ४७ दशमलव ९ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा ३३ दशमलव ६ प्रतिशत र प्रदेश–५ मा ३९ दशमलव ९ गरिबी दर रहेको छ ।
नेपालमा जीवनस्तर सर्वेक्षणले पनि खर्च गर्न सक्ने क्षमतालाई गरिबी मापनको मुख्य आधार बनाइने र त्यसका आधारमा कर्णालीमा बहुआयामिक दर पनि बढेको राष्ट्रिय तथ्यांक विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंले जानकारी दिए ।
उनका अनुसार हामीले आर्थिक जनगणना २०७५ लाई आधार मान्दा बढी नै रहेको छ । उनले भने, कर्णालीमा देशको अन्य क्षेत्रभन्दा बढी गरिबीको बहुआयामिक दर रहेको विभिन्न तथ्यांहरूले देखाएको छ । कर्णालीमा नवजात शिशुको मृत्युदर र पाँच वर्षको बाल मृत्युदर पनि उच्च रहेको छ ।