सागर परियार
आइतवार, फाल्गुन ११, २०७६
434

जुम्ला-कतै विकास निर्माण गर्न, कुनै असाहायलाई सहयोग गर्न, तथा धार्मिक कार्यमा प्राय महायज्ञ गरिन्छ । सबैबाट आर्थिक संकलन गरी कतै लगानी पनि लगाईन्छ । तर त्यो लगानीले के परिवर्तन गर्यो, जीवनस्तरमा के सुधार गर्यो भन्ने लेखाजोखा कसैलाई पनि हुदैन् । कतिपय अबस्थामा महायज्ञ गरेको बजेटनै अनियमितता हुने गरेको हामीले सुनेका छौ । तर जुम्लामा नेपालमै नमुना कार्यक्रमका रुपमा छाउपडी लगायत विभिन्न कुसंस्कार, कुरिति तथा संकिण सोच भत्काउन महायज्ञ गरिएको छ ।
प्राय धार्मिक काममा मात्र गरिने महायज्ञ जुम्लामा महिनावारी हुँदा घरमा बस्नु हुन्न भन्ने धर्म तथा संकिण मानसिकताको अन्त्यकै लागि महाशिवरात्रीको दिनमा महायज्ञ गरिएको छ । महिलाको प्रत्यक्ष जीवन संग जोडिएको महिनावारीलाई लिएर सामाजिक अन्धविश्वासका कारण गरिएको भेदभावलाई अन्त्य गर्न, महिला हिंसा, बालविवाह, बहुविवाह, घरेलु हिंसा मान्दैनौ मान्न बाध्य पनि पार्दैनो भनेर महायज्ञमा सांसददेखि जुम्लाका आठै स्थानीयतहका जनप्रतिनिधि संकल्प लिएका छन् । महायज्ञमा सहभागी सांसद देखि जनप्रतिनिधि तथा स्थानीयले जुम्लालाई कर्णालीकै पहिलो छुईप्रथा मुक्त जिल्ला घोषणाको संकल्प गरेका छन् । जुम्लामा छुट्ै गोठ छैनन्, तर बाध्यताले गाईगोठमा बस्ने, घरमा नआउने संस्कारका विरुद्ध जुट्ने संकल्प गरिएको हो ।

सुदुरपश्चिम तथा कर्णालीमा चलेको छाउपडी प्रथा उन्मुलनको महाअभियान अन्तर्गत जु्म्लामा गरिएको महायज्ञले यहाँका महिलाको मन भत्काउन ठुलो महत गरेको ब्राहमण रमान्नद आर्चायले बताए ।
उनले महायज्ञ मार्फत छाउपडी लगायत कुरिति हरुलाई स्वाँहा गरिएकाले अब कोहि कसैले छुई नर्बान समेत सुझाब दिए । अन्य महायमा लाखौ दान दिएर पुण्ड कमाउनु भन्दा यस्तो खालकाृ महायज्ञबाट आम नागरिको जीवनमा सुधार ल्याउनका लागि साझा संकल्प गर्नुनै महानकार्य भएको दाबी गरे । धर्मले भन्दा कर्णालीमा महिनावारीले छेकेको छ । कर्णाली प्रदेश सांसद पदम रोकायाले भने, कर्णालीले छाउपडी उन्मुलनको अभियान लिएको छ । तर छाउपडी मुक्त जिल्ला घोषणाको अभियान जुम्लाबाट संचालन गरिने ।
समेत दाबी गरे । परम्परागत सोचाई भत्काउन महायज्ञ गर्नु नमुना कार्य भएको भन्दै जुम्लाबाट कर्णालीले धेरै सिक्नुपर्नेमा जोड दिए । उनले, महायज्ञमा होम गर्दै, कुरिति अन्तय स्वाहा भन्दै कर्णाली छाउपडी मुक्तको संकल्प गरेको उल्लेख गरे । चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले सधै धार्मिक कार्यमा गरिने महायज्ञ, जुम्लामा छाउपडी अन्त्यका लागि गर्नु गर्वको पक्ष भएको उल्लेख गर्नि । परिवर्तन आफैबाट शुरुवात गर्न आग्रह गर्दै मेयर सेजुवाल अबका महिला छाउगोठबाट मुक्ति खोजिरहेको आफ्नो पिडाका लागि स्वयम लड्न सक्षम हुन पनि आग्रह गरिन् । उनले आफु कहिले छुई नमान्ने र अब नगरपालिकालाई छुईमुत्तः बनाउने संकल्प लिएको बताईन् । सिंजा गाउँपालिका अध्यक्ष देवल सिंह रावलले देवता रिसाउँछन् भनेर गोठमा बस्ने महिलालाई छाउपडी प्रथा उन्मलन गर्न महायज्ञ लगाएपछि बल्ल अलि डर भत्कीएको विश्वास व्यक्त गरे ।
कर्णालीमै जुम्लालाई छाउगोठ मुक्त जिल्ला घोषणाका लागि गरिएको साझा संकल्प कार्यान्वयनमा जोड दिन आग्रह गरे । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले महिनाका पिडा अन्त्य गर्नका लागि नेपालमै नमुना काम गर्न खोजिएको र यसमा जुम्लाबासीको पुर्ण साथ मिलेको बताईन् । महायज्ञ डर भत्काउने सुत्र मात्रै हो । अन्धविश्वास चिफार गर्ने जिम्मा अब स्वयम महिलाकै रहेको बताई्न । जुम्लाको यस महान अभियानलनई प्रदेश देखि संघिय मन्त्रालयले पनि चासोका हेरेको र आबश्यक सहयोग गरेको प्रति धन्यबाद समेत दिईन् ।
साथै जिसस कायब प्रमुख जयराज भारती, तिला गाउँपालिका अध्यक्ष रतननाथ योगी, लगायत ब्रहामण, महिला संजाल, यूवाक्लवब, जनप्रतिनिध, पत्रकार लगायत समग्र जुम्लाबासीले महायज्ञ मार्फत छुई नमान्ने संकल्प गरेका छन् । छाउपडी प्रथा अन्त्यका लागि शुक्रबार गरिएको महायज्ञ सहित जुम्लामा संचालन भएको छाउपडी उन्मुलनको महाअभियान पनि सम्पन्न भएको डिएसपी लाल बहादुर धामीले बताए । महायज्ञमा सहभागी हुन संघिय सरकारका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, ,प्रतिनिधि सभा संसाद गजेन्द्र महत कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल, लगायत विशिष्ट पाहुना जुम्ला आउने कार्यक्रम भएपनि मौसम प्रतिकुलका कारण जान सकेनन् ।