सागर परियार
बिहिवार, फाल्गुन ८, २०७६
548

जुम्ला-सुदुरपश्चिम संगै कर्णालीमा संचालन भएको छाउपडी प्रथा उन्मुलनको महाअभियान अन्तरर्गत जुम्लामा छाउपडी लगायत विभिन्न कुरिति अन्त्यका लागि महायज्ञ गरिदै छ । पहिलो चरण अन्तरर्गत गाउँमा गाउँमा जनचेतनामुलक कार्यक्रम संचालन तथा आठ वटै स्थानीयतहमा सद्भावना दुत नियुक्त गरिसकेपछि शुक्रबार महाशिवरात्रीका दिन महायज्ञ गरिने प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताईन् ।
छाउपडी प्रथा उन्मुलनको लागि सरकारले संचालन गरेको अभियानलाई जुम्लामा महाअभियानका रुपमा नमुना कार्य स्वरुप महायज्ञ गरिन लागेको हो । सधै धार्मिक काममा मात्रै लगाईने महायज्ञ जुम्लामा छाउपडी प्रथा घरेलु हिंसा, बालबिवाह लगायत विभिन्न कुरिति अन्धविश्वासका विरुद्ध महायज्ञ गरिने प्रजिअ बञ्जाडेको भनाई छ ।

महायज्ञमा सहभागी हुन संघ महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ र कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल शुक्रबार जुम्ला आउदैछन् । जुम्लामा संचालन गरिएको महाअभियानले पारेको सकारात्मक प्रभाव, सिडिओ, डिएसपी, संचारर्कीहरुको सक्रियातालाई हेर्दै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय विशेष सहयोग गरेको छ ।
धामीझाक्री, पुरोहित, महिला अगुवालगायत आमनागरिकको भेला गरि छुइप्रथा विरुद्ध महायज्ञ गरिने डिएसपी लाल बहादुर धामीले बताए । महायज्ञमा होम गर्दै जुम्लामा रहेका छाउपडी लगायत अन्य अन्धविश्वासलाई स्वाँहा गरिने उनको भनाई छ ।
महायज्ञ महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्रालयको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको सहआयोजनामा हुदै छ । कुरिती अन्त्यका लागि नेपालमै पहिलो पटक महायज्ञ हुन लागेका कारण विशेष तरिकाले हेरिएको छ । आजैबाट मन्च व्यवस्थापन देखि हरेक खटनपटमा प्रहरी प्रशासन तथा संचारकर्मी जुटेका छन् । आठै स्थानीयतह गरी छाउपडि विरुद्ध जनचेतना जगाउन ५६ सद्भावना दुध नियूक्त भचएका छन् ।
छाउगोठबाट मुक्ति खोज्दै ग्रामिण महिला
चन्दननाथ नगरपालिका १ की अजमाया महताराले जीवनका २ दशक महिनावारी हुँदा गाईगोरु, हिलोमाटो नभनी गोठमै बिताएकी छन् । अलि पढेलेखेकी महतारा पहिले देखिनै महिनावारी एक प्रक्रिया हो भन्ने सोच्थीन् । तर सामाजिक कुरिति र कुसंस्कारको परिबन्धमा बाधिएर गोठमा बस्न बाध्य थिईन् । छुईगोठबाट मुक्ती पाउने उनको चाहाना ढिलै भएपनि पुराहुने बेला आएपछि अहिले खुसीछन् ।
मंगलबार भएको कार्यक्रमले उनले महिलाको पिर अरुलाई थाहा नहुने भन्दै छुईगोठबाट मुक्ती हुने विकल्प स्वयम महिलानै खोज्नुपर्ने बताईन् । यता गुठिचौर गाउँपालिका ४ की नवकन्या न्यौपाने संग पनि छुईगोठमा बस्दा पाएका पिर बेथाका कुण्ठाहरु कम छैनन् । उनी अहिले महिला स्वास्थ्य स्वयम सेविका छन् । तर बाध्यताले छुईहुँदा अलगै बस्छन् । छाउपडीको झन्जीरबाट मुक्तीको बाटो महिलालेनै खोज्नु पर्ने उनको तर्क छ ।
साथै हिमा गाउँपालिका १ की दानकला शाहि र बेलकोशा सार्की संग पनि छाउपडी हुँदा घरको तल्लो तल्ला गाईबस्तु संग बस्दाको पिडाहरु दर्दनाक छन् । छाउपडी प्रथा उन्मुलनका लागि चलेको महाअभियानमा हातेमालो गर्दै बेलकोशाले भनिन, छाउपडी हुँदा गोठमा बस्ने चलनले शहर भन्दा गाउँकी महिला बढी प्रभावित छन् । सबै महिलाले छाउगोठबाट मुक्त हुन खोजीरहेकी छन् ।
तर बाध्यताले गर्दा सामााजिक कुसंस्कार शिकार बन्नु परेको उनको गुनासो छ । अब महिला चुप लाग्नु हुदैन्, छाउगोठबाट मुक्ति पाउन सामाजिक कुसंस्कारको लडाई लड्नै पर्छ दानकला शाहिले भनिन, प्रशासनले चलाएको छाउपडी प्रथा उन्मुलनको महाअभियानले छाउगोठ मुक्तीको बाटो देखाउदै छ । दानकला, बेलकोशा,अजमाया र नवकन्याले खाजेको छाउगोठको मुक्ति यहाँका हजारौ महिलाको प्रतिनिधि आवाज हो ।
पछिल्लो समयमा घरकोहि घरमा एक शिक्षित व्यक्ति छ, चेतनाकै अभावले परिवर्तन गर्न सकिरहेको अबस्था छैन् । जुम्लामा चलेको महाअभियानले ग्रामिण महिलालाई उर्जा थपेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताईन् । उनका अनुसार यहाँका महिलाले छाउगोठबाट मुक्ति चाहेका छन् । महिनावारी हुँदा घरको जग पनि छुनुहुदैन भन्ने संकिण सोचाईबाट मुक्ती खोजिरहेका छन् । हाम्रो अभियान भनेकै घर भत्काउने हैन्, यहाँ गोठ छैनन्, गाईगोठमा बस्ने डरलाई भत्काउन अभियान चलाइएको उनको भनाई छ । डिएसपी लाल बहादुर धामीले कर्णाली चेतनाको विकासको स्तरले धेरै पछि रहेको बताए । अब प्रहरी प्रशासनले डर देखाएर हैन, छाउपडीलाई समाजले बुझेको कुसंस्कार स्वयम महिलाले अन्त्य गर्नुपर्नेमा जोड दिए ।
जुम्लामा छुईगोठ भनेर छुट्टै  छैनन्, गाईबस्तु बस्ने गोठमा महिनावारी हुँदा बस्छन् यहाँका महिला । महिलालाई गोठबाट सुरक्षित स्थानमा राख्न महाअभियान अन्तरर्गत जुम्लाका आठै स्थानीयतहमा चेतनामुलक कार्यक्रम र धामी सहितको सात जनालाइ छाउपडी प्रथा अन्त्यको सदभावना दुत नियुक्त गरिदै छ ।