कारोबार संवाददाता
सोमवार, माघ १३, २०७६
316

काभ्रे-कारितास नेपालले धुलिखेलमा बनाउन लागेको तालिम केन्द्रको जग्गा किन्ने र ठेकेदार छान्ने क्रममा क्रममा भ्रष्टाचार भएको भन्दै स्थानीयले विरोध जनाएका छन् ।
धुलिखेलमा बन्दै गरेको भवनमा भ्रष्टाचार भएको भनि स्थानीयले बुँदागत लेखेको ब्यानरसमेत टाँगेका छन् । कारितास नेपालको खरिद नियमावलीमा बोलपत्रदाताले पक्षपात भएको महसुस गरेमा कारितास नेपालमा उजुरी दिनसक्ने लेखिएको व्यवस्था भएपनि कुनै उजुरी लिन नमानेको आरोप समेत कारितास नेपाललाई लागेको छ ।

कारितासले आफ्नो ठाँउमा आएर भ्रष्टाचार प्रवर्धन गरेको स्थानीयको आरोप छ । यदि कारितास नेपाल यसरी नै भ्रस्टाचारजन्य कार्यमा संलग्न भइराखे आन्दोलन चर्काउने उनीहरुले जानकारी दिएका छन् ।
कारितास नेपाल एक गैर सरकारी संस्था भएकाले त्यस संस्थाको हरेक क्रियाकलापको बारेमा जानकारी पाउने अधिकार हरेक नेपाली नागरिकमा रहने भन्दै उनीहरुले कारितास नेपालले गरेको क्रियाकलापबारे आम नागरिकमा जानकारी दिन अनुरोध गरे । “कारितास नेपालले गरेको क्रियाकलापबारे आम नागरिकमा जानकारी दिन नमिल्ने तर विदेशी नागरिकलाई ल्याएर नेपाली नागरिकको अति गोप्य कागजपत्रमा पहुँच दिनाले कारितास नेपालले राज्यको कानूनलाई समेत चुनौति दिएको स्पस्ट हुन्छ ।” स्थानीयले भने । श्रम स्वीकृति नै नलिइ विदेशीलाई ल्याएर नेपाली नागरिकको स्वतन्त्रतामाथी धावा बोल्नु कारितास नेपालको संस्कृति नै भएको र संस्थाको संरक्षक पदमा रहेका भारतीय नागरिक पावल सिमिकले विदेशी मुलका एलेन निक्कन र मिसाल रोय लगायतका व्यक्ति लागएर गैर क्रिश्चियन नेपाली कर्मचारीमाथी धार्मिक तथा मानसिक हिंसा गरेको समेत कारितास नेपालका एक पूर्व कर्मचारीले बताए ।