कारोबार संवाददाता
बिहिवार, कार्तिक २८, २०७६
370

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नगर बस सञ्चालनमा ल्याएको छ । नगरपालिकाले एक कार्यक्रमकाबीच यसपटक नगर बस सञ्चालनमा ल्याएको हो । नगर बसको प्रदेशसभा सदस्य गोपाल शर्मा र जिल्ला समन्वय प्रमुख राजकुमार शर्माले पहिलो यात्रुका रूपमा यात्रा गरेर उद्घाटन गरे ।
नगर क्षेत्रका सर्वसाधारणलाई आवातजावतमा सहजता ल्याउन नगर बस सुरु गरिएको नगर प्रमुख विशाल शर्माले जानकारी दिए । सहुलियत भाडा दर कायम गरी नगरपालिकाले २६ र ३२ सिट क्षमता भएको तीनवटा बस सञ्चालनमा ल्याएको हो । नगर बसमा अपांगता भएका, ज्येष्ठ नागरिक, विद्यार्थीहरुलाई भने छुटको व्यवस्था गरेको छ । यस्तै ५ वर्षमुनिका बालबालिका तथा ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रदान गरिनेछ ।
अब चौरजहारी नगरपालिकाभित्र जुन कुनै ठाउँको यात्रा गर्दा २० रुपैयाँ लाग्नेछ । चौरजहारी बसपार्कदेखि नुवाकोटसम्म २ भाडा कायम गरिएको छ । चौफा १ सय मात्र तिर्नुपर्ने छ ।