सागर परियार
सोमवार, आश्विन १३, २०७६
551

 
मन्दिरमा नयाँ लिंगा फेरेपछि

जुम्ला-कर्णालीकै धरोहरका रुपमा रहेको बाबा चन्दननाथ र बटुक भैरवनाथको मन्दिरमा परम्परा अनुसार नयाँ लिंगो खडा गरी विधिपूर्वक जुम्लामा घरघरमा घटस्थापना गरिएको छ । धार्मिक परम्परा अनुसार चन्दननाथ मन्दिरमा ५२ हातको लिंगो, ५२ हातको ध्वजा र नेजा लगाएर घटास्थापना गरिएको हो । वर्षेनी घटास्थापनाको दिनमा पुरानो लिंगो निकालेर नयाँ लिंगो खडा गर्ने चलन छ । एक वर्षमा ५२ हप्ता हुने भएकोले चन्दननाथ मन्दिरमा ५२ हातको लिंगो खडा गर्ने प्रचलन रहेको स्थानीय सस्कृति विद रमानन्द आचार्यले जानकारी दिए ।
उनका अनुसार बटुक भैरवनाथको मन्दिरमा ४८ हातको लिङ्गो र ४८ हातकै ध्वजा र नेजा राखिएको छ । सयौ भक्तजनको सहभागिता चन्दननाथ र भैरवनाथ मन्दिरमामा नयाँ लिंंगा प्रतिष्थापन गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताईन् । उनका अनुसार दुबै मन्दिरमा थप दुई वटा लिङ्गा ४२ देखि ४५ हातसम्मका हुने गरेका छन् ।

नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारी र सयौ भक्तजनको उत्साहजनक सहभागितामा लिङ्गो ठड्याइएको हो । चन्दननाथ भैरबनाथ मन्दिरमा लिंगा ठडाएपछि मात्र कर्णालीका घरघरमा घटास्थपान सुरु हुन्छ । चन्दननाथ भैरबनाथ मन्दिरको माटो लिएर खेतीयोग्य जमिनमा छर्ने त्यहि माटोमा जमरा राखिन्छ । आईतबार विहान ७ बजेपछि पुरानो लिंगा ढाने र नयाँ लिंगो ठड्याइने काम शुरु भएको थियो ।
यो दिन नव दुर्गामध्ये शैलपुत्रीको पूजा आराधाना गरिन्छ । आजकै दिन जुम्लाबासीले नयाँ अन्न अर्थात नुवागी खाने गर्छन् । कालीमार्सी धानको चामल आजबाट उद्घाटन गरिन्छ । परम्परागत प्रचलन अनुसार धान पनि आजकै दिनदेखि काट्न सुरु गरिन्छ ।
विश्वकै अग्लो स्थानमा फल्ने मार्सीधानको उत्पादन गरेको भन्दै चन्दननाथ मीनदरमा चढाएपछि घरका परिवारका सबै सदस्य एकै ठाउँमा जम्मा भएर नुवागी खाने प्रचलन रहेको स्थानिय चित्रलाल श्रेष्ठको भनाइ छ । दुई मन्दिरका लिंगामा बाध्ने ध्वजामा घरघरबाट अचेता फुल पाती झुन्डयाएपछि मनोआकाँक्षा पुरा हुने विश्वास छ । जसका कारण विहानै देखि सयौको सख्ंयामा भक्तजनको सहभागिता रहेको छ ।