कारोबार संवाददाता
शुक्रवार, आश्विन ३, २०७६
218

पोखरा- कास्कीको अन्नपूर्ण गाउँपालिकामा लगातार परेको पानीका कारण ठूलो क्षति पुगेको छ । गाउँपालिकाअन्तर्गत वडाका विभिन्न स्थानमा पहिरोले ठूलो क्षति बनाएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरले जानकारी दिए ।
लगातारको बाढीका कारण फूल खेल्दै गरेको धानमा समेत ठूलो नोक्सान पु¥याएको जानकारी दिँदै उनले गाउँपालिका क्षेत्रभित्रका झण्डै २०० भन्दा बढी घरमा क्षति पुगेपछि कतिपय स्थानीयवासी घर नै छाड्न बाध्य बनेको बताए । उनका अनुसार घरहरूमा दुई करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ ।
बाढीपीडित सर्वसाधारणलाई गाउँपालिकाबाट गर्न सकिने सहयोगमा कमी नहुने बताउँदै अध्यक्ष कुँवरले राहत, उद्धार तथा सहयोगका लागि सबैसँग आह्वान गरे । वर्षात्को समयमा पानी नपरेका कारण अधिकांश खेत बाँझिएका अवस्थामा आएको बेमौसमी पानीले फुल्दै गरेको धानमा क्षति पु¥याएपछि कृषक थप चिन्तित बनेका छन् ।