कारोबार संवाददाता
बिहिवार, भदौ २६, २०७६
504

दसैंका लागि असोज ५ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ। विभागका अनुशार दसैं तिहारका लागि हालको प्रचलित भाडाअनुसार नै टिकट बुकिङ हुनेछ।
यातायात व्यवस्था विभागमा आज(बिहिबार)बसेको विभागका अधिकारी, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले असोज ५ देखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।