कारोबार संवाददाता
सोमवार, भदौ २३, २०७६
309

रामेछाप-दशैं तिहारलगायतका चाडपव नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय रामेछापले बजार अनुगमनमा कडाई गरेको छ ।
जिल्ला प्रशासनको नेतृत्वमा गएको अनुगमन टोलीले जिल्लाका विभिन्न हार्डवयर पसलहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा म्याद गुज्रेका सामाग्रीहरु विक्रि बितरण गरिएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले नियमित बजार अनुगमनसँगै छड्के अनुगमन पनि गर्ने गरेको छ ।

अनुगमनका क्रममा ठूलो मात्रमा म्याद गुज्रेको इनामेल रङहरु बरामद गरेको छ । टोलीले मन्थलीको देवकोटा चोक नजिक रहेका विभिन्न हार्डवेयर सप्लार्यसबाट ६२ लिटर म्याद गुज्रेको इनामेल बरामत गरेको हो ।
अनुगमनका क्रममा लक्की हार्डवेयरबाट ३२ लिटर र विएस हार्डवेयरबाट ३० लिटर म्याद गुज्रेको इनामेल बरामत गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापका नासु लक्ष्मण भुजेलले जानकारी दिए ।
त्यस्तै मन्थलीका केही भाडाँ पसलबाट कम परिणाम भएका पाथी र गुणस्तर बिनाका तौल सामग्री पनि जफत गरिएको उनले बताए ।
यसअघि पनि पटक–पटक बजार अनुगमनका क्रममा सचेत गराउँदा समेत निर्देशनलाई बेवास्ता गर्दै म्याद गुज्रेका सामाग्री बेचेर व्यापारीहरुले उपभोक्तामाथि खेलबाड गरिरहेको भुजेलले बताए । निर्देशनलाई अटेर गर्नेलाई कारवाही गरिने प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले बताइन् ।
यसअघि गरिएको बजार अनुगमनका क्रममा मन्थली बजारका फेन्सी तथा कस्मेटिक पसलहरुबाट म्याद गुज्रेका सामाग्री बरामत गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालयले चार्डपर्वलाई लक्षित गरेर बजार अनुगमनलाई निरन्तरता दिने दिने पनि प्रजिअ पाण्डेले बताइन् ।

 


सातामा धेरै पढिएको