सागर परियार
सोमवार, भदौ २, २०७६
344

जुम्ला-जिल्ला प्रशासनले शनिवार जुम्लाका मासु पसलमा आकस्मीक अनुगमन ग-यो । बजारमा गुणस्तरहीन खाद्य बस्तुको बिक्री वितरण भइरहेको छ । मासु पसल सफा छैनन् भन्ने गुनासो आएपछि एक्कासी प्रशासनको नेतृत्वमा विज्ञ सहितको टोलीले मासु पसलमा अनुगमन ग-यो । चन्दननाथ नगरपालिका ६ कालेखोलीमा रहेको पार फ्रेश हाउसका मासु बेच्दै थिए, अनुगमन टोली पुग्यो, फ्रेश हाउसको ढोकामै पुग्दा मासु कुहिएको गन्ध आइरहेको थियो ।
साउजी भने त्यही मासु बिक्री गरिरहेका थिए । भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ हरिबहादुुर खत्रीले मासु परीक्षण गरे । मासु पुरै कुहिएर खानै नमिल्ने थियो । सबै मासु जफत गरियो । पशु बधशाला तथा मासु जाँच ऐन २०५५ अनुसार पशुसेवा केन्द्रले गुणस्तर चेकजाँच गर्छ । बिक्रीकै क्रममा कुहिएको मासु भेटियो अब कार्बाहिका लागि छलफल हुने बताए । त्यस्तै अर्को दिया फ्रेस हाउसको अवस्था पनि उस्तै थियो । कुहिएको मासु बिक्री भइरहेको अनुगमन टोलीले त्यहा पनि भेटाएको जिल्ला प्रशासन कार्यालयका कर्मचारी रामकृष्ण पाण्डेले बताए ।

पाण्डेका अनुसार दुई पसलको झण्डै ६८ किलो भैसीको मासु जफत गरीएको छ । करिब २० हजार २० बराबरको मासु जफत गरिएको र फ्रिज, सरसफाइ बिना मासु बेचेमा सिधै कार्बाहि गरिने चेतावनी दिइएको उनको भनाइ छ । सदरमुकामका बस्ने अधिकांश व्यक्ति ब्रोइलर तथा खसीको मासु प्रयोग गर्छन् । ठुलो खसी (भैसी)को भने गाउँका मान्छे बढि प्रयोग गर्दछन् ।
जुम्लामा एकैदिनमा झण्डै ५ जति भैसी काटिन्छन् । सबै खपत पनि हुन्छ । खाध्य प्रविधि तथा गुण नियन्त्रण डिभीजन कार्यालय प्रमुख अमित भुषन सुमनका अनुसार अनुगमन हुनु अघि कति मान्छेले कुहिएको मासु खाएँ भन्ने थाहा छैन ।
बिना सरसफाइ, बिना फ्रिज पैसा कमाउनका लागि उपभोक्ताको स्वास्थ्यको ख्याल नगरी जुम्लाका बधशालाहरुले मासु बेचिरहेको उनको तर्क छ । अनुगमनमा प्रतिनिधिका रुपमा दुई फ्रेश हाउस भेटिएपनि जुम्लाका सबै मासु पसल मापदण्ड विपरित रहेका छन् । यसमा अनुगमन तथा निरिक्षणको अभाव देखिन्छ । भने विक्री हुदै आएको अनुगमनमा जफत गरिएको ६८ किलो मासु खाल्डोमा परिएको प्रशासनले जनाएको छ ।
नजिकीदै गरेका विभिन्न चार्डपर्वलाइ लक्षित गर्दै बजार अनुगमनलाई निरन्रता दिनुपर्नेमा नागरिक समाजका अध्यक्ष राज बहादुर महतले जोड दिए । कुहिएको मासु बेच्नेलाई कार्बाहि गर्नुपर्ने महतको भनाइ छ । यता प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेका अनुसार छड्के अनुगमन प्रशासनले गरेपनि कार्बाहि भने भेटेरेनरी अस्पताल तथा पशु सेवा केन्द्रले गर्ने बताइन् ।
कार्यान्वयनमा छैन उपभोक्ता अधिकार
उपभोक्ता संरक्षण ऐन २०७५ मा रहेक उपभोक्तालाई स्वच्छ मासु, गुणस्तरीय खाद्य बस्तु प्रयोगको अधिकार सुनिश्चिता गरेको छ । उपभोक्ता संरक्षण ऐन २०७५ को परिच्छेद दुईमा रहेक उपभोक्तालाई गुणस्तरी बस्तु तथा सेवा प्राप्त हुने मौलिक अधिकारको व्यवस्था छ । भने पशुबधशाला तथा मासु जाँच ऐन २०५५ अनुसार पशुसेवा केन्द्रले गुणस्तर चेकजाँच गर्नुपर्ने हो । मानव जीउ ज्यानमा प्रत्यक्ष असर पर्ने खाद्य सामाग्रीदेखि सेवा तलमाथि गर्न पाइने छैन् ।
मासु काट्ने बधशालाहरु दैनिक सफा हुनुपर्ने, क्वारेन टाइम चेक भएका खसी,बोका तथा भैसी हुनुपर्ने, अनिवार्य फ्रिज हुनु पर्ने व्यवस्था छन् । तर जुम्लाका बधशालामा सरसफाइ त परै जावस सफा मासु पनि पाइँदैन् । दैनिक रुपमा फोहोर कुहिएको मासु विक्री वितरण भइरहेको छ ।
गुणस्तरीय वस्तु र सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकारको संरक्षण गर्न हामी सबैको सहयोग,समन्वय र जागरुकताको अवश्यकता छ । तर जुम्लामा रहेका सबै मासु पसल अव्यस्थित छन् भने ठूला किराना पसलहरुमा पनि मुल्य सुचि टाँसिएको छैन भने उद्योग वाणिज्य संघले पनि यस विषयमा कुनै चासो दिएको पाइँदैन ।