कारोबार संवाददाता
मंगलबार, फाल्गुन ८, २०७४

विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका कारण इलाममा शैक्षिक संस्था र यातायात ठप्प भएका छन् । कम्युनिष्ट पार्टीको युवा मोर्चाले आइतबार विराटनगरमा आयोजना गरेको राष्ट्रिय सम्मेलनको उद्घ्घाटन कार्यक्रममा प्रहरीले गरेको हस्तक्षेप गरेको भन्दै गरेको बन्दका कारण यहाँका शैक्षिक संस्था र यातायात ठप्प भएको हो ।

202
कारोबार संवाददाता
मंगलबार, फाल्गुन ८, २०७४

हात्तीपाइले रोग निवारणका लागि डोटीका ७ गाउँपालिका र २ नगरपालिकामा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयं सेविका परिचालन गर्न ७३ लाख ३ हजार खर्च लाग्ने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

41
कारोबार संवाददाता
मंगलबार, फाल्गुन ८, २०७४

नेपाल सुनचादी व्यवसायी महासंघले सुनचादी व्यवासायीहरू पक्राउ परेकोमा विरोध जनाएको छ । महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले एक विज्ञप्ति प्रकाशित गरी ०७३ साल चैत ३० गते कास्की जिल्लाको पोखरामा अनुगमनको सिलसिलामा यस महासंघमा आबद्ध व्यवसायीहरूको पसलबाट केही गहनाहरू परीक्षणका लागि वाणिज्य विभाग अन्तर्गतका टोलीबाट स्याम्पल लिएर गएकोमा, ०७४ माघ २५ गते जिप्रकाबाट व्यवसायीहरूलाई प्रक्राउ गरी थुनामा नै राखी अनुसन्धान कारबाही गराउने आदेश भई दि युनाइटेड गोल्ड मार्टका महेन्द्रमान गुभाजु, गोरखा एन्ड बराह ज्वेलर्सका हरिकुमार धमला, अर्जुन पुम्दी भुम्दी सुनचादी पसलका अर्जुनबहादुर विक, सन्तोष सुनचा“दी पसलका सन्तोष विक र दलबहादुर एन्ड सुनचा“दी पसलका महेश सुनारलाई पक्राउ गरिएकोबाट व्यवसायीहरूमा आतंक छाएको जनाएको छ ।

559
कारोबार संवाददाता
सोमवार, फाल्गुन ७, २०७४

पछिल्लो समय खानेपानी लिफ्टिङ प्रविधि सफल हुँदै गएको देखिन्छ । तर, पाल्पाको रामपुरमा भने कालिगण्डकीको पानी लिफ्ट गरी ताल बनाएर डुंगा नै सञ्चालनमा ल्याइएको छ ।

142
कारोबार संवाददाता
सोमवार, फाल्गुन ७, २०७४

हेटौंडा उपमहानरगरपालिकाको दोस्रो नगरसभा आइतबारबाट सुरु भएको छ । सभामा मस्यौदा विधेयक र संशोधित बजेटमाथि छलफल छलफल थालिएको छ ।

295
कारोबार संवाददाता
सोमवार, फाल्गुन ७, २०७४

प्रत्येक नागरिकलाई स्वच्छ र गुणस्तरिय पानी पुराउने उद्देश्यका साथ सरकारले प्रशोधित पिउने पानी उत्पादनसम्बन्धी मापदण्ड बनाएको छ । सञ्चालनमा रहेका पानी उद्योगलाई व्यवस्थित गर्दै उपभोक्तालाई स्वच्छ र गुणस्तरीय पानी पु¥याउने उद्देश्यका साथ सरकारले नयाँ पानी उत्पादनसम्बन्धी मापदण्ड आगामी चैत २६ गतेदेखि कार्यान्वयनमा ल्याउने भएको हो ।

87
कारोबार संवाददाता
सोमवार, फाल्गुन ७, २०७४

प्रदेश ७ का नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले कर बढाएर नभई करको दायरा बढाएर प्रदेशलाई आर्थिक विकास र समृद्धितर्फ लगिने बताएका छन । आइतबार पदभार ग्रहणपछि कारोबारसँग संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री बोहराले प्रदेश सातमा पर्याप्त मात्रामा रहेको प्राकृतिक स्रोत साधनको उचित व्यवस्थापन गरी अघि बढ्ने बताएका हुन् ।

271
कारोबार संवाददाता
सोमवार, फाल्गुन ७, २०७४

नेपाल उद्योग वाणिज्य महासंघले नयाँ सरकारसँग आर्थिक विकासका लागि ‘मुलुक निर्माण दशक’ घोषणा गर्न माग गरेको छ । देशको अर्थतन्त्रलाई माथि उठाउन आगामी वर्षदेखि १० वर्षलाई मुलुक निर्माण दशक घोषणा गर्न महासंघले माग गरेको हो । महासंघले आइतबार पत्रकार सम्मेलन गरी मुलुकको कमजोर अर्थतन्त्रलाई माथि उठाउनका लागि आर्थिक गतिविधिलाई सशक्त रूपमा अगाडी बढाउनुपर्ने भन्दै १२ बुँदे अपेक्षासमेत सार्वजनिक गरेको छ ।

507
रासस
आइतवार, फाल्गुन ६, २०७४

झण्डै ४३ हजार व्यक्तिले अवलोकन गर्दै दोस्रो अन्तर्राष्ट्रिय कृषि मेला राज्धानीको भृकुटीमण्डपमा आज सम्पन्न भएको छ ।

346
रासस
आइतवार, फाल्गुन ६, २०७४

भूकम्पपछि यहाँ एक गैरसरकारी संस्थाले ३२१ वटा आवासको निर्माण सम्पन्न गरेको छ । उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालका अनुसार लुमन्ति नामक गैससले उत्तरगयाको लहरेपौवा तथा ढुंगे क्षेत्रमा १५५ आवास निर्माण सम्पन्न गरेको हो ।

79
कारोबार संवाददाता
आइतवार, फाल्गुन ६, २०७४

सामुदायिक अस्पतालका कारण ओखलढुंगाको एकमात्र सरकारी अस्पताल ओझेलमा परेको छ । सरकारी जिल्ला अस्पताल सदरमुकामदेखि ११ किमि टाढा भएका कारण सदरमुकामकै सामुदायिक अस्पतालमा बिरामीले सेवा लिने भएकाले सरकारी अस्पताल ओझेलमा परेको हो ।

81
कारोबार संवाददाता
आइतवार, फाल्गुन ६, २०७४

भरतपुरमा अस्पतालजन्य फोहर व्यवस्थापन केन्द्र निर्माण हुने भएको छ । सरकारको ‘एक सहर एक पहिचान’ नीतिअनुसार भरतपुरलाई मेडिकल सिटी बनाउने अवधारणाअनुसार अस्पतालजन्य फोहर व्यवस्थापनका लागि समेत काम हुने भएको हो ।

349
कारोबार संवाददाता
आइतवार, फाल्गुन ६, २०७४

बन्दिपुर गाउँपालिकाको गाउँसभाले आर्थिक कार्यविधिसहित शिक्षा नियमावली र सहकारी ऐन पारित गरेको छ । गाउँपालिकाका पदाधिकारी र कर्मचारीको सेवा सुविधासम्बन्धी आर्थिक कार्यविधिसम्बन्धी ऐन बनाइएको छ । तर त्यसलाई प्रदेश सरकारले पारित गरेपछि मात्रै लागू गरिने बताइएको छ ।

54
कारोबार संवाददाता
आइतवार, फाल्गुन ६, २०७४

बाजुराको पूर्वी भागमा पाँच वर्षदेखि खडेरी पर्दा खाद्यान्न बालीमा ठूलो क्षति पुगेको छ । लगातारको खडेरीले पूर्वी क्षेत्रमा खाद्यान्नको समस्या परेको छ ।

74
कारोबार संवाददाता
आइतवार, फाल्गुन ६, २०७४

बाजुराको पूर्वी भागमा पाँच वर्षदेखि खडेरी पर्दा खाद्यान्न बालीमा ठूलो क्षति पुगेको छ । लगातारको खडेरीले पूर्वी क्षेत्रमा खाद्यान्नको समस्या परेको छ ।

69