कारोबार संवाददाता
बिहिवार, भदौ १९, २०७६

मापदण्डविपरीत सिरहाका विभिन्न स्थानमा सञ्चालित २२ वटा डेरी तथा पानी उद्योगको उत्पादन तथा बिक्रीमा रोक लगाएको छ भने पाँच वटा डेरीमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा मापदण्ड विपरीत, दुर्गन्धित तथा कागजपत्रबिनै सञ्चालन गरिरहेको पाइएपछि २२ वटालाई तत्काल उत्पादन, बिक्री वितरण बन्द गराएको छ भने पाँच वटा डेरी उद्योगहरुमा शिलबन्दी गरिएको हो ।

269
कारोबार संवाददाता
बिहिवार, भदौ १९, २०७६

नेपालमा लोकप्रिय टीभीब्राण्ड टीसीएलले यस चाडपर्व २०७६लाई लक्षित गरी एक स्फूर्तिदायी योजना ल्याएको जनाएको छ ।

165
लक्ष्मी सापकोटा
बिहिवार, भदौ १९, २०७६

सरकारले अर्काे सातादेखि दसैंलाई लक्षित गरेर सहुलियत पसल सञ्चालन गर्न लागेको छ । चाडपर्वमा उपभोक्तालाई राहत दिनुका साथै बजारमा हुने अस्वाभाविक मूल्य वृद्धिलाई नियन्त्रण गर्नका लागि आगामी २३ गतेदेखि सुपथ पसल सञ्चालन गर्न लागिएको हो । सुपथ पसल आगामी २३ गतेदेखि छठसम्म सञ्चालन गरिने उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयले जानकारी दिएको छ । चाडपर्वमा उपभोक्ताका लागि राहत दिनकालागि सहुलियत पसल सञ्चालन गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ ।

993
कारोबार संवाददाता
बुधवार, भदौ १८, २०७६

साना तथा मझौला व्यवसायी महासंघ नेपालको आयोजनामा विहिबारबाट काठमाडौंको भृकृटीमण्डपमा नेपाल एसएमई व्यापार एस्पो २०१९ आयोजना हुने भएको हो ।

422
कारोबार संवाददाता
बुधवार, भदौ १८, २०७६

ताप्लेजुङको फुङलिङ नगरपालिकाले पाथीभरा क्षेत्रमा होटल व्यवसाय गर्नेलाई करको दायरमा ल्याएको छ । उक्त क्षेत्रका सरकारी जमिनमा घर बनाएर अस्थायी बसोवास गरि व्यवसाय गर्नेलाई ५ सय देखि २५ हजारसम्म कर तोकेको छ । तेस्रे क्षेत्रमा ५ सय,सेवारो चोक र भालुगौडेमा १ हजार ५ सय,छाते ढुङ्गामा २ हजार, गुप्ते-देउराली क्षेत्रमा प्रतिघर ३ हजार ५ सय,काफ्लेपाटीमा ९ हजार, बलु डाँडादेखि गुँरासे क्षेत्रमा ७ हजार ५ सय र ठुलो फेदि क्षेत्रमा २५ हजार कर तोकेको छ ।

545
कारोबार संवाददाता
बुधवार, भदौ १८, २०७६

नेपाल होस्टल एसोसिएसनको नयाँ नेतृत्वमा भक्ति पाठक समुह निर्वाचित भएको छ । काठमाडौँमा सम्पन्न सातौं बार्षिक साधारणसभामा भएको निर्वाचनमा पाठक समूहको पूरै टिम निर्वाचित भएको हो ।

238
कारोबार संवाददाता
बुधवार, भदौ १८, २०७६

पायो ग्रुपले ‘बदाम जुस’ सार्वजनिक गरेको छ । कम्पनीले पायो बदाम ड्रिंक नामक बदाम ड्रिंक बजारमा ल्याएको भन्दै पायो बदाम ड्रिंक शुद्ध दुध, बदाम र केसरको मिश्रण बाट तयार पारिएको पनि जनाएको छ ।

303
कारोबार संवाददाता
बुधवार, भदौ १८, २०७६

नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले मंगलवार सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मोहनकृष्ण सापकोटालाई भेटी सार्वजनिक खरिद नियमावली संशोधन सम्बन्धमा जानकारी गराएको छ । मन्त्रालयमा हालै पदस्थापनभई आउएका सचिव सापकोटालाई महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले निर्माण क्षेत्रका अन्य विविध समस्याबारे पनि अवगत गराएको जनाएको छ ।

210
कारोबार संवाददाता
बुधवार, भदौ १८, २०७६

सशस्त्र युद्धको समयमा धरासायी भएका सुदूरपश्चिम प्रदेशका लघु, घरेलु तथा साना उद्योगहरु तंग्रिन थालेका छन् । २०६२-०६३ को आन्दोलनपछि सुदूरपश्चिममा लघु, घरेलु तथा साना उद्योगहरु स्थानपना हुने क्रम पुनः शुरु भएको हो । सशस्त्र युद्धपछिको राजनीतिक विकास क्रमसँगै निजी क्षेत्रले स–साना उद्योग स्थापना गरी सञ्चालन गर्न थालेका हुन् ।

219
कारोबार संवाददाता
मंगलबार, भदौ १७, २०७६

जुम्लामा भूकम्प प्रतिरोधी इन्टरलक इटा उत्पादन उद्योग सुरु गरिएको छ । स्थानीय माटो, वालुवा र सिमेन्ट मिसाएर बनाईएको इन्टरलक इटा उत्पादन सुरु भएको छ । २०७२ को विनाशकारी भूकम्पमा ठुलो जनधनको क्षति भयो भने, विज्ञहरूका अनुसार अबको भुकम्पबको जोखिममा साविकको कर्णाली छ । यहााँक संरचनाहरू परम्परागत शैलीमा छन् ।

571
दीननाथ बराल
मंगलबार, भदौ १७, २०७६

समाजमा शारीरिक रूपमा तन्दुरुस्त व्यक्ति उत्पादन गर्ने उद्देश्यले पोखरामा अन्तराष्ट्रिय मापदण्ड अनुसारको जिमहल र फुटसल संचालनमा आएको छ । नेपाली फुटबल टिमका पूर्व राष्ट्रिय खेलाडी इश्वर गुरुङ (चन्द्र) सहितको ७ जना युवा तथा खेलाडीहरूको लगानीमा स्पोटर्स क्यासल ( जहाँ जिमहल र फुटसल) हालै संचालनमा आएको हो ।

401
कारोबार संवाददाता
मंगलबार, भदौ १७, २०७६

पञ्चकन्याग्रुपले आफ्नो ४७औं वार्षिकोत्सव तथा ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको ८९औं जन्मोत्सव आइतबार एक भव्य कार्यव्रmमको आयोजना गरी मनाएको छ ।

234
कारोबार संवाददाता
सोमवार, भदौ १६, २०७६

दोलखा उद्योग वाणिज्य संघको पहलमा गरेको एक दिने कर शिविरमा ३ लाख ९८ हजार राजस्व संकलन भएको छ । लामोसाँघु जिरी सडक बिग्रेका कारण व्यवसायीहरुलाई कर बुझाउन र कर चुक्ता प्रमाण पत्र लिन सास्ती भएपछि संघको पहलमा चरिकोटमै एक दिने शिविर आयोजना गरेको हो । आन्तरिक राजश्व कार्यालय धुलिखेलको संयोजनमा दोलखा उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुलाई लक्षित गरि शिबिरको आयोजना गरेको हो । शनिबार दोलखा सदरमुकाम चरिकोटस्थित उद्योग वाणिज्य संघको सचिबालयमा साँझसम्म आयोजित शिबिरमा व्यवसायीहरुको कर चुक्ता गर्ने र कर चुक्ता प्रमाण पत्र वितरणको काम भएको संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

411
कारोबार संवाददाता
सोमवार, भदौ १६, २०७६

मुलुक संघीयतामा गइसकेपछि नेपाल एशोसिएशन अफ टूर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले पनि आपूmलाई संघिय स्वरुपमा रुपान्तरण गरि प्रत्येक प्रदेशहरुमा नाट्टाको संजाललाई विस्तार गरिसकेको छ । यसै अनुरुप हालै नाट्टा प्रदेश ५ अन्तर्गत बांके जिल्लामा रहि टूर्स एण्ड ट्राभल व्यवसाय गर्दै आउनु भएका व्यवसायीहरुलाई समेटेर नाट्टा बांके च्याप्टरको स्थापना गरिएको छ । सो बांके नाट्टा च्याप्टरको स्थापना र घोषणा कार्यक्रममा नाट्टा प्रदेश ५ का अध्यक्ष कृष्ण प्रसाद अधिकारीले नेपालमा पर्यटन व्यवसाय र विशेष गरि ट्राभल्स टूर्स व्यवसायमा नाट्टाको संलग्नता र महत्व बारेमा प्रकाश पार्नु भयो ।

234
कारोबार संवाददाता
सोमवार, भदौ १६, २०७६

सार्क चेम्बर महिला उद्यमी परिषद ,नेपाल (एस्सिडब्लुइसी ) सँग आवद्ध महिला टोलीले नेपाली उत्पादनहरुको प्रवद्र्धन गर्ने उदेश्यसहित बर्माको याङ्गुनमा प्रवद्र्धनात्मक प्रदर्शनी गरिरहेको जनाएको छ ।

270