कारोबार संवाददाता
शुक्रवार, आश्विन २४, २०७६

नेपालमा दक्षिण एसियाको सबैभन्दा आधुनिक औद्योगिक पार्क निर्माण हुने भएको छ । सो पार्क चिनियाँ सहयोगमा झापा जिल्लामा निर्माण हुन लागेको हो ।

1961
कारोबार संवाददाता
सोमवार, आश्विन २०, २०७६

मुलुकको आर्थिक, उद्योग, बैकिङ्ग व्यवसायको विद्यमान वस्तुस्थिती तथा यस क्षेत्रमा देखिएका नीतिगत, कानूनी एवं प्रक्रियागत समस्याका सन्दर्भमा नेपाल उद्योग परिसंघलगायत निजी क्षेत्रका विभिन्न संघ संस्थाहरुले सरकारसँग विभिन्न माध्यमबाट निरन्तर सम्वादतथा सहकार्य गर्दै आएको जनाउँदै नेपाल उद्योग परिसंघले चिन्ता प्रकट गरेको छ ।

2182
कारोबार संवाददाता
शुक्रवार, आश्विन १७, २०७६

दोलखाको पर्यटकीय नगरी जिरीमा नेपाल भ्रमण वर्र्ष–२०२० को पूर्वसन्ध्यामा सडक खाना महोत्सव (स्ट्रिट फुड फेस्टिभल) २०७६ आयोजना हुने भएको छ । आगामी कात्तिक १, २ र ३ गते आयोजना हुने स्ट्रिट फुड फेस्टिभल–२०७६ मा सांस्कृतिक प्रदर्शनी, स्थानीय परिकार बिक्री, प्रमुख पर्यटकीय गन्तव्यको भ्रमण जस्ता कार्यक्रम आयोजना हुनेछ । ‘जिरीलाई क्लिन जिरी, ग्रीन जिरी र अर्गानिक जिरी भन्ने नाराका साथ’ स्थानीय सरकारले काम गरिरहेको उनले बताए ।

681
कारोबार संवाददाता
बिहिवार, आश्विन १६, २०७६

एलजी इलोक्ट्रोनिक्सले आफ्नो अभिनव फ्रन्ट लोडर वासिङ मेसिनको उपलब्धता विस्तार गर्दै रहेको जनाएको छ । एआईडीडीका फाइदाका साथ यी सबै नयाँ वासरले कोमल धुलाई गर्नुका साथ छिटो र राम्रो परिणाम दिने कम्पनीले जनाएको छ । एलजीका आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) डीडी प्रविधिले धुलाईमा गज्जबको धुलाई दिन्छ र लुगाहरूअनुसार अनुकूल गरी प्रदर्शन गर्छ भन्दै कम्पनीले यसले एकदमै सफा धुलाई दिनुका साथै कपडाहरू खराब हुनलाई १८ प्रतिशतसम्म जोगाउने पनि बताएको छ ।

560
लक्ष्मण ढुंगाना
बुधवार, आश्विन १५, २०७६

नेपालगञ्जस्थित जमुनाहा नाकामा होटलका विचौलियाका बिगबिगी छ । सीमानाकाको बारी नेपालतर्फ मात्र होइन भारतको रुपैडिहा बसपार्कमा समेत दर्जनौं बिचौलियाले अड्डा जमाएर बसेका छन् ।

530
कारोबार संवाददाता
बुधवार, आश्विन १५, २०७६

दसैं, तिहार तथा छठलगायतका चाडपर्वलाई लक्षित गर्दै राजधानीको भृकुटीण्डपमा असोज ९ गतेबाट सुरु भएको फेस्टिभल सपिङ मार्केट समापन भएको छ । पाँच दिनसम्म चलेको फेस्टिभल मार्केटमा सहभागी ७३ हजार अवलोकन कर्तामध्ये सुन्दर महर्जनले बजाजको डिसकभर मोटरसाइकल जितेका छन् ।

336
कारोबार संवाददाता
बुधवार, आश्विन १५, २०७६

स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने मुख्य उद्देश्य राखेर आगामी माघ २७ देखि विराटनगरमा विराट एक्स्पो कृषि तथा औद्योगिक प्रदर्शनी हुने भएको छ । कृषि र औद्योगिक उत्पादनको बजारीकरण गर्ने गरी एक्स्पो गर्न गर्न लागिएको आयोजक उद्योग संगठन मोरङले जनाएको छ । प्रदर्शनी फागुन ४ गतेसम्म सञ्चालन हुनेछ ।

341
कारोबार संवाददाता
बुधवार, आश्विन १५, २०७६

युनाइटेड सिमेन्टस् प्रालिको ग्राहक योजना ‘युनाइटेड सिमेन्टस्को उपहार सररर कार’ अन्तर्गतको ‘लक्की ड्र’ कार्यक्रम असोज १४ गते दिउँसो २ः३० बजे काठमाडौं त्रिपुरेश्वरको डिईसीसी हलमा हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरी सम्पन्न भएको कम्पनीले जनाएको छ ।

299
कारोबार संवाददाता
बुधवार, आश्विन १५, २०७६

“शेयर अ कोक” को स्थानीयकृत रुप “मन खोलौं कोक सँग” को चौथो संस्करण जारी गर्दै यस पटक कोका–कोलाले आफ्ना उपभोक्ताहरुलाई महान चाड दशैं तथा तिहार मनाउने एक नयाँ तथा अनुपम तरिका ल्याएको छ ।

297
कारोबार संवाददाता
मंगलबार, आश्विन १४, २०७६

ग्यावियनका लागि आवश्यक पर्ने तारजाली उत्पादन गर्ने उद्देश्यले नेपालगन्जमा कालिका ग्यावियन एन्ड वायर इन्डस्ट्रिज प्रालि सञ्चालनमा आएको छ । उपमहानगरपालिका–१९ मा रहेको उद्योगले गुणस्तरीय तारजाली उत्पादन गर्ने लक्ष्य लिएको छ । उद्योगको उद्घाटन प्रदेश सांसद कृष्णा केसी नमुनाले गरिन् ।

510
कारोबार संवाददाता
मंगलबार, आश्विन १४, २०७६

थाइल्यान्डको खानाका परिकारको जानकारी गराउने उद्देश्यले राजधानीमा थाई फेस्टिभल–२०१९ आयोजान गरिएको छ । शनिबार काठमाडौंको होटल सांग्रिलामा फेस्टिभल आयोजना गरिएको हो ।

348
कारोबार संवाददाता
मंगलबार, आश्विन १४, २०७६

नयाँ व्यावस्थापक परिवर्तन हुने भएसँगै निजी क्षेत्रको अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले लोगो परिवर्तन गरेको छ । हिमालको चुचुरोमा उड्दै गरे चीललाई अंकित गर्दै बनाइएको नयाँ लोगो सार्वजनिक गर्दै आफ्नो ब्रान्ड पहिचान नयाँ बनाएको छ । हिमालयको निर्देशिक सिद्धान्त सुरक्षा, कार्यसम्पादन, ग्राहक सेवा, विजयी भावना र सुसंगत अभ्यास तथा एसियाली क्षेत्रमा सञ्जाल विस्तारका लागि हिमालयले गरिरहेको प्रयासमा आधारित रहेर यो नयाँ ब्रान्ड पहिचान परिवर्तन गरिएको हो ।

443
कारोबार संवाददाता
मंगलबार, आश्विन १४, २०७६

हालको मूल्य वृद्धि सम्वन्धमा, आयातित वस्तुहरूमा कारोबार मूल्यलाई मान्यता नदिइएको कारणले समेत हाल मूल्यवृद्धि हुनुको कारक तत्व हुन गएको छ तसर्थ कारोबार मूल्यलाई मान्यता दिइनुपर्ने चेम्बरको सुझाव छ । यसबाट मूल्यवृद्धि नियन्त्रण गर्न सघाउ पुग्ने धारणा चेम्बरको छ । यसका साथै अधिक भसार मूल्यांकन, अधिक भंसार दरबन्दी, कृषि जन्य वस्तुहरूको बजार मूल्य श्रृंखलामा बिचौलियाको संलग्नताले थप जटिलता ल्याएकाले सो अन्त्य गरिनुपर्छ ।

321
कारोबार संवाददाता
मंगलबार, आश्विन १४, २०७६

गोल्छा अर्गनाइजेसनको भगिनी कम्पनी हिम इलोकट्रोनिक्स प्रालिले दसैं र तिहारको अवसर पारेर हिमस्टारको अप्लाएन्समा आकर्षक उपहारसहित ‘अजबको गजब’ योजना सार्वजनिक गरेको छ ।

295
कारोबार संवाददाता
आइतवार, आश्विन १२, २०७६

किंग्स लाउन्ज पोखराले दसैं, तिहार तथा छठलगायतका चाडपर्वको अवसर पारेर ह्याप्पी फेस्टिभलअफर सुरु गरेको छ । पोखराको लेकसाइडमा रहेको लाउन्जले (आज) आइतबार बिहान ११ बजेदेखि साँझ साढे ५ः३० बजेसम्म ह्याप्पी आवरमा २० प्रतिशत छुट उपलब्ध गराउने घोषणा गरेको छ । पोखरामा सञ्चालनमा रहेका अन्य रेस्टुराँहरूको तुलनामा सबैभन्दा सस्तो मेनुमा स्वादिष्ट खाना उपलब्ध गराउँदै किंग्स लाउन्जले फेस्टिभल अफरमा थप डिस्काउन्ट दिन लागेको हो ।

370