कारोबार संवाददाता
मंगलबार, कार्तिक ५, २०७६

इन्डोनेसियामा सम्पन्न व्यापार मेलामा नेपाली व्यवसायी पनि सहभागी भएका छन् । आइतबार सम्पन्न मेलामा नेपालसहित १३० मुलुकका व्यवसायी सहभागी थिए । मेलामा रेल, बस निर्माता कम्पनीदेखि हस्तकलाका वस्तुहरूको समेत प्रदर्शनी गरिएको थियो । मेलाअन्तर्गत १० युनिटमा कुल १२ सय स्टल रहेका थिए । मेलामा १ हजार २ सय १५ उद्यमी तथा व्यवसायीले भाग लिएका थिए भने मेलामा इन्डोनेसियामा उत्पादन गरिएका वस्तुमात्र राखिएको जनाइएको छ ।

327
कारोबार संवाददाता
मंगलबार, कार्तिक ५, २०७६

नेपालको सबैभन्दा लोकप्रिय मारुती सिमेन्टले दीपावली तथा छठ पर्वको शुभ अवसर पारेर आफ्ना उपभोक्ताहरूलाई लक्षित गरी आकर्षक ‘चाँदीको झिलिमिली’ योजना ल्याएको छ । यस योजनाअन्तर्गत उपभोक्ताले मारुती सिमेन्टको प्रत्येक २१ बोराको खरिदमा स्योर सट उपहारको रूपमा १० ग्रामचाँदीको सिक्का तुरुन्तै प्राप्तगर्ने कम्पनीले जनाएको छ । यो योजना २०७६ कात्तिक १६गतेसम्मका लागि नेपालभर लागू गरिएको भन्दै कम्पनीले मारुती सिमेन्ट नेपालकै उत्कृष्ट मानिएको उदयपुर पहाडी रेन्जमा रहेको आफ्नै चुनढुंगा खानीबाट अन्तर्राष्ट्रीयस्तरको उच्च गुणस्तरयुक्त नम्बर १ ओपीसी सिमेन्ट भएको दाबी पनि गरेको छ ।

226
कारोबार संवाददाता
सोमवार, कार्तिक ४, २०७६

किसानपाइप प्रडक्टस् प्रालिले पूर्वको ठूलो सहर विराटनगरमा डिलरमिट सम्पन्न गरेको छ । कम्पनीले होटल स्र्टन स्टारमा आयोजना गरेको कार्यक्रममा झन्डै सय जना डिलर प्रतिनिधि र अन्य सरोकारवालाको उपस्थिति थियो । डिलरहरूलाई प्रोत्साहन गर्न तथा नयाँ प्रडक्टबारे जानकारी दिन कम्पनीले डिलर मिट कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा कम्पनीका प्रबन्धनिर्देशक अजयकुमार पाण्डेले किसान पाइपका बारेमा जानकारी दिए ।

231
कारोबार संवाददाता
सोमवार, कार्तिक ४, २०७६

‘मन खोलौं कोकसँग’ दसैं–तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसन उपत्यकाको विभिन्न स्थानमा जारी छ । एक्टिभेसनको क्रममा कोक प्रेमिहरूले ५ सय एमएलको कोक बोटलमा पर्शनलाइज्ड म्यासेज प्रिन्ट गरेर आफ्ना प्रियजनहरूसँग आफ्नो भावनाहरू व्यक्त गरेको हामीले अवलोकन गर्ने अवसर पाउने भन्दै कम्पनीले अन्य थप एक्टिभेसनका स्थान र मितिहरू यस प्रकार रहेका जनाएको छ । आज (सोमबार) भाटभटिनी सुपरमार्केट बौद्ध, मंगलबार भाटभटिनी सुपरमार्केट अनामनगर, बुधबार भाटभटिनी सुपरमार्केट बालाजु, बिहीबार भाटभटिनी सुपरमार्केट कोटेश्वर र शुक्रबार सेल्सबेरी चक्रपथ ।

238
कारोबार संवाददाता
सोमवार, कार्तिक ४, २०७६

इलाममा केशर खेतीको व्यावसायिक उत्पादन सुरु भएको छ । प्रतिकिलो दश लाखसम्म पर्ने जडिबुटी केशरको व्यावसायिक उत्पादन सुरु भएको हो । माईजोगमाई गाउँपालिकाको थुम्केमा यसै वर्षबाट खेती सुरु गरिएको केशरको व्यावसायिक उत्पादन सुरु भएसँगै किसान हर्षित भएका छन् । ‘परीक्षणका रुपमा रोपिएको थियो पहिलो वर्ष नै राम्रो उत्पादन भयो ।’ केशर खेती प्रवद्धन गर्ने संस्था जौवारी मल्टी परपोज एग्रिकल्चर एण्ड इन्भाइरोमेन्ट सेन्टरका अध्यक्ष हरि कट्वालले भने ।

526
सरस्वती ढकाल
सोमवार, कार्तिक ४, २०७६

सरकारले चार हजार औद्योगिक ग्राम निर्माणलाई सहमति प्रदान गरेको छ । सबै स्थानीय तहमा औद्योगिक ग्राम बनाइ स्थानीय तहमा औद्योगिक विकास र उद्यमशीता विकास गर्ने लक्ष्यले उद्योग मन्त्रालयले यो कार्ययोजना अगाडि बढाएको हो । कार्ययोजनाको लक्ष्य एउटा स्थानीय तहमा कम्तीमा एउटा औद्योगिक ग्राम बनाउने रहेको छ ।

325
कारोबार संवाददाता
आइतवार, कार्तिक ३, २०७६

भारत भ्रमणको अवसरमा नयाँदिल्लीस्थित पीएचडी चेम्बर अफ कमर्स एन्ड इन्ड्रस्ट्रिजले आयोजना गरेको कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले द्विपक्षीय व्यापारमा पारवहन ढुवानी लागत घटाउनुपर्ने, सीमावर्ती क्षेत्रका चेम्बरहरूबीच सहकार्य गराउनुपर्ने, व्यापार मेला÷प्रदर्शनीमा सहभागिता जनाउनुपर्ने र चेम्बरले आउँदो २०७६ फागुनमा आयोजना गर्ने नेपाल चेम्बर एक्स्पोमा भारतीय उद्योगी व्यवसायीको सहभागिता जनाउन अनुरोध गरे ।

292
मीनकुमार नवोदित
आइतवार, कार्तिक ३, २०७६

लो भोल्टेज, ट्रिपिङलगायतका कारण उद्योग सञ्चालनमा समस्या भएको पूर्वका उद्योगी व्यवसायीहरूले बताएका छन् । लोडसेडिङको समस्या समाधान भए पनि बारम्बारको ट्रिपिङ, लो भोल्टेजलगायतको समस्या समाधान नभएको उनीहरूको भनाइ छ । पूर्व आएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँगको छलफलमा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले भो भोल्टेज र ट्रिपिङका कारण उद्योगीले ठूलो नोक्सानी व्यहोर्नु परेको बताए ।

349
कारोबार संवाददाता
शुक्रवार, कार्तिक १, २०७६

गुणस्तरीय सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरूको महानपर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरूलाई दीपावलीको शुभकामना व्यक्त गर्दै ‘यो तिहार शिवम्को साथमा, चाँदीको उपहार सबैको हातमा’ नामक बिक्री योजना बजारमा ल्याएको छ ।

304
कारोबार संवाददाता
शुक्रवार, कार्तिक १, २०७६

नेपाल चेम्बर अफ कमर्स र भारतको भाइब्रेन्ट गोवा फाउन्डेसनबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । द्विपक्षीय व्यापार, लगानी, पर्यटन प्रबद्र्धन एंव आर्थिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

279
कारोबार संवाददाता
बुधवार, आश्विन २९, २०७६

प्रदेश नं ३ सरकारले मकवानपुरको मनहरिमा रु दुई अर्ब लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । निजी क्षेत्रसँग समेत सहकार्य गरेर स्थापना गरिने उद्योगका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम अगाडि बढाइएको जनाइएको छ ।

435
सरस्वती ढकाल
बुधवार, आश्विन २९, २०७६

गैरआवासीय नेपाली (एनआरएन) हरूलाई आफूले सिकेको सीप, प्रविधि र लगानी ल्याइ समृद्ध नेपालको परिकल्पनामा साथ दिन सरकार, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा निजी क्षेत्रले एउटै स्वरमा आग्रह गरेका छन् । आन्तरिक मामलामा पार्टीगत धारणा फरक भए पनि देशको समृद्धि र विकासका लागि सबैको स्वार्थ एउटै हुनुपर्ने सत्तापक्ष तथा प्रतिपक्षका नेताहरूले बताएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडा, पूर्वअर्थमन्त्री डा. रामशरण महत र निजी क्षेत्रको नेतृत्वले लगानी, प्रविधि र सिप आउँदा गैरआवासीय नेपालीलाई सहयोग गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन् ।

477
कारोबार संवाददाता
सोमवार, आश्विन २७, २०७६

औषधि उत्पादनमा नेपाल आत्मनिर्भर बन्दै गएको छ । छालाजन्य रोका लागि प्रयोग हुने औषधिमध्ये बजार मागको ४५ प्रतिशत बजार हिस्सा ओगट्न स्थानीय उद्योग सफल हुँदै गएको छ । तर, यसतर्फ क्लोरोहेग्जिडिन, बेन्जाडामिन, पोभिडिन आयोडिन छालाको फङ्गल इन्फेक्सनमा प्रयोग हुने माइकोनाजोल, क्लोट्रिमाजोल लगायत ३० प्रकारका मोलिक्युल औषधि व्यवस्था विभागमा दर्ता नभई आयात भइरहेको पाइएकाले नेपाल औषधि उत्पादक सघंको गम्भीर ध्यानाकर्षण भएको सघंले जनाएको छ ।

349
कारोबार संवाददाता
सोमवार, आश्विन २७, २०७६

कुरियर व्यवसायीहरूको छाता सगंढन नेपाल कुरियर सेवा सघंले हालै २५औं रजतजयन्ती विभिन्न कार्यक्रमसहित सम्पन्न गरेको छ । कार्यक्रमा प्रमुख आतिथ्य गरिरहेका अर्थमन्त्री युवराज खतिवडाले कार्यक्रम स्थलबाटै इन्टरनेटमार्फत नेपाली कुरियर व्यवसायसम्बन्धी जानकारी बटुल्दै विश्व लजेस्टिक सेवा सूचांकमा नेपालको कार्गो ट्रेसिङ एन्ड ट्रयाकिङ शीर्षकअन्तर्गत २.५ अंक पाएको जानकारी गराएका छन् । त्यस्तै अन टाइम डेलिभरीमा ३ अंक प्राप्त गरे पनि कुरियर मैत्री भौतिक पूर्वाधार अत्यन्त कमजोर रहेको त्यस सूचांकमा उल्लेख भएकाले पूर्वाधार स्तरीकरण हुनुपर्ने उनको जिकिर थियो ।

279
सरस्वती ढकाल
सोमवार, आश्विन २७, २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपालको दुई दिवसीय राजकीय भ्रमणले निजी क्षेत्र उत्साहित बनेको छ । राष्ट्रपति सीको भ्रमणले ऊर्जा, पूर्वाधार, कृषि, कनेक्टिभीटीलगायत नजिकिँदो नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन तथा चिनियाँ लगानीभित्र्याउन टेवा पुग्ने छ । दुई देशका कार्यकारी प्रमुखबीच भएका सम्झौताको सफल कार्यान्वयन भएमा नेपालमा परिवर्तन देख्न सकिने र निजी क्षेत्रको समृद्धिको लक्ष्यमा सहयोग पुग्ने भएको छ । दुबै पक्षबाट सम्झौताको सफल कार्यन्वयनमा जोड दिनुपर्नेमा निजी क्षेत्रको जोड छ ।

505