कारोबार संवाददाता
बिहिवार, कार्तिक २१, २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गत हप्ता औपचारिक शुभारम्भ गरिएको ‘बलियो नेपाल’लाई कुपोषण विरुद्धको साझा लडाइँमा निजी क्षेत्रको वृहत् अभियानका रूपमा अघि बढाइने भएको छ । बलियो नेपालमा मुलुकका अन्य कर्पोरेट हाउसहरू पनि सहभागी हुने क्रम बढ्दो छ । जसबाट कुपोषणविरुद्धको अभियानमा निजी क्षेत्रको सत्प्रयास सार्थक रूपमा अघि बढ्ने देखिएको छ ।

403
कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६

नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने उद्देश्यले ओखलढु्ङ्गाको पर्यटकीय क्षेत्र पोकली झरना परिसरमा ‘पोकली झरना महोत्सव’ हुने भएको छ । पोकली झरनाको प्रवद्र्धन गरी आन्तरिक तथा विदेशी पर्यटक आकर्षण गर्ने लक्ष्यसाथ पोखली झरनासेवा समाजले दुई दिन शनिबार र आइतबार गते महोत्सव आयोजना गर्न लागेको हो ।

125
कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६

आर्थिक कूटनीतिलाई केन्द्र विन्दुमा राखेर काम गर्ने नवनियुक्त राजदूतहरूको प्रतिबद्धता जनाएका छन् । राष्ट्रको आर्थिक विकासका लागि आफ्नो कार्यकाललाई अधिकतम सदुपयोग गर्दै आफू कार्यरत देशबाट मुलुकभित्र लगानी, प्रविधि तथा आपसी आर्थिक व्यापारिक सम्बन्ध विस्तारमा परिणामदायी कार्य गर्ने धारणा नवनियुक्त राजदूतहरूले व्यक्त गरेका हुन् ।

119
कारोबार संवाददाता
बुधवार, कार्तिक २०, २०७६

गोल्छा समूहको उत्कृष्ट उत्पादन आएसओ २२०००ः२००५ प्रमाणित फोर्टिफाइड विथ भिटामिन ए फेलिक एसिड एन्ड आइरन भएको ‘कल्प’ ब्रान्डको शुद्घ गहंँुको चक्की पिठोको ५ केजीका प्याकेटहरूमा ५ रुपैयाँ, १० रुपैयाँ, २० रुपैयाँ र ५० रुपैयाँका उपहार कुपनहरू राखिएका छन् ।

221
कारोबार संवाददाता
बुधवार, कार्तिक २०, २०७६

नेपाल उद्योग परिसंघले अस्ट्रेलिया र स्पेनसँग आर्थिक साझेदारी विस्तार तथा पर्यटन प्रवद्र्धनका लागि सहकार्य बढाउनुपर्नेमा सम्बन्धित देशमा कार्यभार सम्हाल्न जान लागेका नेपाली राजदूतहरूसँग आग्रह गरेको छ । अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाल र स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पासँग कार्यभार सम्हाल्न जानुअघि अन्तक्र्रिया गर्दै परिसंघले सफल कार्यकालको शुभकामना समेत दिएको हो ।

156
कारोबार संवाददाता
बुधवार, कार्तिक २०, २०७६

‘पाँचखाल नगर, कृषि सहर’ भन्ने नारा बोकेको पाँचखाल नगरपालिकाले पाँचखालका खेतीयोग्य जमिनमा प्लटिङ गर्न प्रतिबन्ध लगाएको छ । कृषि र पशुपालनका क्षेत्रमा असर पुगेको भन्दै इँटा उद्योगलाई समेत वातावरणमैत्री बनाउन आग्रह गरेको छ । सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा यदि वातावरणमैत्री नचलाएमा चलाउन नदिने नगरपालिकाका प्रमुख महेश खरेलले जानकारी दिए । “तरकारी र धानका लागि खेतीयोग्य जमिन भएको नगरका रूपमा चिनिएको पाँचखालमा आफूखुसी र मनलाग्दी खेतीयोग्य जमिन प्लटिङ गर्न रोक लगाएका छौं ।” यसले बढ्दै गएको सहरीकरणलाई व्यवस्थित मात्रै गर्दैन खेतीयोग्य जमिन मासिनबाट समेत रोकिने नगरवासीले विश्वास गरेको नगरले जनाएको छ ।

244
कारोबार संवाददाता
बुधवार, कार्तिक २०, २०७६

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, चेम्बरका पदाधिकारी र बेल्जियम, नेदरल्याण्ड र लक्जेम्बर्गका लागि नेपाली राजदूत लोकबहादुर थापाबीच मंगलबार चेम्बर सचिवालय जमलमा भेटवार्ता भएको छ ।

145
कारोबार संवाददाता
बुधवार, कार्तिक २०, २०७६

केही समयअघि मात्र नेपालगन्जमा विस्तारित भएको नेपालकै पुरानो पाँचतारे होटल सोल्टीसँगेको सहकार्य काठमाडौंको गेट कलेजको भगिनी संस्था गेट भोकेसनलले १११ जना जनशक्ति विकसित गरेको छ । नेपालमा पाँचतारे होटलमै ‘अन द जब ट्रेनिङ’ सुविधासहितको होटल व्यवस्थापनसम्बन्धी आवधिक तालिम दिइएको यो पहिलो पटक हो । सोल्टी वेस्टइन्ड प्रिमियरसँगको सहकार्यमा विगत दुई वर्षदेखि गेट भोकेसनले सञ्चालन गर्दै आएको आवधिक प्रशिक्षणको मंगलबार दीक्षान्त कार्यक्रम आयोजना गरियो ।

192
कारोबार संवाददाता
मंगलबार, कार्तिक १९, २०७६

उद्योग वाणिज्य संघ–चितवन र श्रीलंकास्थित सिलोन चेम्बर अफ कमर्सबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । चितवन अध्यक्ष सहनलाल प्रधान र सिलोनका तर्फबाट उपाध्यक्ष भिस गोविन्दा स्वमीले हस्ताक्षर गरेका हुन् ।

254
कारोबार संवाददाता
मंगलबार, कार्तिक १९, २०७६

एडिलेडलाई अन्तर्राष्ट्रिय अध्ययन गन्तव्यका रूपमा प्रबद्धिन स्टडी एडिलेड, दक्षिण अस्ट्रेलिया सरकारको एजेन्सी स्टडी एडिलेडले नेपाली विद्यार्थीहरूका लागि पहिलो पटक ब्रान्ड एम्बेसडर प्रतियोगिता सुरु गरेको छ । यो प्रतियोगिताले विद्यार्थीहरूलाई एडिलेडको एम्बेसडर बन्न साथै एडिलेडको शैक्षिक तथा जीवनशैलीको अनुभव लिने अवसर प्रदान गर्छ ।

240
कारोबार संवाददाता
सोमवार, कार्तिक १८, २०७६

पायक पर्ने ठाउँमा खाद्य संस्थानका डिपो नहुँदा डोल्पाका स्थानीयले सहुलियताको चामल पाउन कठिनाइ भएको छ । सबैको पहुँचमा खाद्य डिपो नभएकैले त्यस्तो कठिनाई उत्पन्न भएको हो । सडक सञ्जालमा डोल्पा जोडिएर गाउँ, गाउँमा खाद्यान्न पुगेसँगै खाद्यान्नको चामल बिक्री हुन नसकेको हो । भूगोलको हिसाबले सबैभन्दा ठूलो डोल्पामा पायक पर्ने ठाउँमा खाद्यान्न डिपो नहुँदा चामल बिक्रीमा कमी भएको खाद्य संस्थानले जनाएको छ ।

241
कारोबार संवाददाता
सोमवार, कार्तिक १८, २०७६

होटल संघ नेपाल (हान) ले नेपाल भ्रमण वर्षलाई सफल बनाउनका लागि हान मातहतका होटलमा पर्यटकलाई रुम चार्जमा ३० प्रतिशत र खानाका परिकारहरूमा १५ प्रतिशत छुट दिने भएको छ ।

238
कारोबार संवाददाता
सोमवार, कार्तिक १८, २०७६

फेब इन्डियाले काठमाडौं दरबारमार्गको शेर्पा मलमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । औद्योगिक घराना चौधरी समूहकी सारिका चौधरीले नयाँ शोरुमको आइतबार एक समारोहबीच उद्घाटन गरिन् । फेब इन्डिया कपडा, घर सजावटका सामान तथा अर्गानिक खाद्यपदार्थका लागि परिचित भारतीय कम्पनी हो ।

820
कारोबार संवाददाता
शनिवार, कार्तिक १६, २०७६

बालबालिकामा विद्यमान कुपोषण र गरिवी विरूद्धको राष्ट्रिय अभियान शुरू भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राष्ट्रपति भवन शितल निवासबाट यस अभियानको विधिवत उद्घाटन गरेपछि यो अभियान कार्यान्वयनमा आएको हो ।

883
कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६

तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित पृथ्वीराजमार्ग छेउमै सुविधासम्पन्न पेट्रोलपम्प सञ्चालनमा आएको छ । चौबीसै घण्टा सेवा प्रदान गर्ने गरी कुबेर आयल सप्लायर्सले अत्याधुनिक प्रविधि जडान गरी डुम्रेका व्यवसायी गोपाल अधिकारीले पेट्रोलपम्म सञ्चालनमा ल्याएका हुन् । पर्यटकीय केन्द्र बन्दीपुर, पृथ्वीराजमार्ग हुँदै काठमाडौं, पोखरा, चितवन, गोरखा, लमजुङलगायतका क्षेत्रहरूलाई मध्यनजर गरी पम्प सञ्चालनमा ल्याएको अधिकारीले बताए ।

951