सरस्वती ढकाल
बिहिवार, कार्तिक २८, २०७६

तयारी पोशाक (गार्मेन्ट) उद्योगमा छोटो समयमै फड्को मारेको नेपालको छिमेकी देश बंगलादेशले कपडाको प्रमुख कच्चा पदार्थ धागो भने नेपाली बजारबाट आयात गर्दैन । नेपाली धागो तुलनात्मक रुपमा सस्तो भए पनि बंगलादेशले आयातमा रुचि नदेखाउनुलाई आश्चर्यका रुपमा हेरिएको छ । बंगलादेशसँग नेपालको व्यापारघाटा बर्सेनि बढिरहेको तथा उक्त मुलुकका उत्पादन नेपालमा निर्वाध भित्रिरहे पनि नेपाली उत्पादन आयातमा भने उसले अनेकौं बहाना देखाउँदै आएको छ ।

273
कारोबार संवाददाता
बिहिवार, कार्तिक २८, २०७६

यसअघि नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नाडा एशोसिएशन नेपाल, नेपाल चीन चेम्बरआदीले विज्ञप्ती जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए । नेपाल उद्योग बाणिज्य संघ काठमाडौंले विहीबार प्रदर्सन गर्ने जनाएको छ । ल्याण्डमार्ग हाउजिङमा भएको ठगीको आरोपमा बिजेन्द्र मल्लले दिएको उजुरीको आधारमा प्रहरीले ज्योतिलाई पक्राउ गरेसँगै निजी क्षेत्र त्रसित भएको भन्दै निजीक्षेत्रका संघ संस्थाहरुले विरोधका कार्यक्रम नै गर्न लागेका हुन् । व्यावसायीक घराना ज्योति ग्रुपका उपाध्यक्ष डा. रुप ज्योतिको पक्राउको विरुद्ध

1642
कारोबार संवाददाता
बुधवार, कार्तिक २७, २०७६

कर्णाली प्रदेशमा पहिलो पटक व्यावसायिक कालिज पालन थालिएको छ । प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–१३ रातानाङ्लामा केही युवाहरूले व्यावसायिक कालिज पालन सुरु गरेका हुन् । ‘एचके अर्गानिक वाइड एण्ड् अर्गनाईजेशन रिसर्च’ प्रालिले फ्रान्समा पाइने ५२ प्रजातिका कालिजमध्ये रिङनेक प्रजातिको कालिज पालन सुरुवात गरेको छ । २० रोपनी जग्गा १० वर्ष लिजमा लिएर ८८ लाखको लगानीमा कालिन पालन फर्मको सुरुवात गरिएको सञ्चालक हस्तबहादुर शाहीले जानकारी दिए ।

414
कारोबार संवाददाता
बुधवार, कार्तिक २७, २०७६

आउँदो मंसिर पहिलो साता हुने क्यान महासंघको चुनावका लागि नवराज कुँवरले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । हाल क्यानको वरिष्ठ उपाध्यक्ष रहेका कुँवरले क्यान महासंघको १३ औं कार्यसमितिको निर्वाचबाट अध्यक्षका निर्वाचित गराउन सूचना प्रविधिसँग सम्बन्धित सरोकारवाला पक्षसँग आग्रह गरेका छन् । संस्थाको २६ वर्षे इतिहासमा उपत्यका बाहिरबाट पहिलो पटक नेतृत्वमा दाबेदार बनेको उनले बताएका छन् ।

268
केशव समर्पण
बुधवार, कार्तिक २७, २०७६

हेटौंडा–१३ मयुरधापमा निर्माण सुरु भएको मयुरधाप औद्योगिक क्षेत्रको प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन वन तथा वातारण मन्त्रालयले स्वीकृत नगर्दा एकवर्षदेखि औद्योगिक क्षेत्र स्थापनाको काम रोकिएको छ । बन्दै गरेको औद्योगिक क्षेत्रपर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्ने भन्दै वन मन्त्रालयले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन नै स्वीकृत गर्न आनाकानी गरेको हो ।

283
कारोबार संवाददाता
बुधवार, कार्तिक २७, २०७६

सर्वोच्च अदालतका न्यायाधीश इश्वरप्रसाद खतिवडाले मेलमिलाप पद्धतिलाई व्यावसायिक विवाद समाधानको उपयुक्त र प्रभावकारी माध्यम बनाउन निजी क्षेत्रलाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा स्थापित व्यावसायिक मेलमिलाप केन्द्रको उद्घाटन गर्दै न्यायाधीश खतिवडाले मेलमिलाप पद्धतिलाई व्यावसायिक विवाद समाधानको उपयुक्त र प्रभावकारी माध्यम बनाउन आग्रह गरेका हुन् । उनले केन्द्र उद्घाटनपछि आयोजित व्यावसायिक मेलमिलापसम्बन्धी अन्तरक्र्रियालाई सम्बोधन गर्दै महासंघलाई व्यावसायिक विवादको समाधानमा प्रभावकारी माध्यम बन्न आग्रह पनि गरे ।

231
सागर परियार
मंगलबार, कार्तिक २६, २०७६

राष्ट्रिय आर्थिक गणना २०७५ को तथ्यांक अनुसार कर्णाली ५१ प्रतिशत आर्थिक व्यवसाय कानुन विपरित अवैध रुपमा संचालन भईरहेको खुलेको छ । कर्णालीका १० वटै जिल्ला गरी कर्णालीमा रहेका ४२ हजार ८ सय ७ वटा आर्थिक प्रथिष्ठान मध्य ५१ प्रतिशत अर्थात २१ ह्जार ९ सय २४ व्यवसाय दर्ता बिनानै सरकारलाई कर छल्दै संचालनमा रहेको पाइएको छ । जहाँकी देशभरमा गणना गरिएका प्रतिष्ठानको संख्या ९ लाख २२ हजार ३ सय ५६ रहेको छ । भने, कर्णालीमा ४२ हजार मात्रै हुनु निकै न्युन हो ।

381
कारोबार संवाददाता
मंगलबार, कार्तिक २६, २०७६

आगामी मंसिर ५ र ६ गते काठमाडांैमा आयोजना हुन लागेको सातौं नेपाल पावर समिट–२०१९ मा नेपाल र भारतबीच विद्युत् आदान–प्रदानका लागि सम्झौता हुने भएको छ ।

499
कारोबार संवाददाता
मंगलबार, कार्तिक २६, २०७६

उद्यमशीलता र नविनतामा आधारित गैर–नाफामुखी कार्यक्रम इम्प्याक्ट विक कार्यशाला सोमबारदेखि काठमाडौंमा सञ्चालनमा आएको छ । लुफ्थान्सा ग्रुप, जर्मनी र किंगस् कलेज, काठमाडांैको सहकार्यमा आयोजना भएको आठ दिने कार्यशाला दुई चरणमा सञ्चालित हुनेछन्, जसअन्तर्गत पहिलो चरणमा जर्मनीको प्रसिद्ध लुफ्थान्सा एयरलाइन्स ग्रुपका सातजना युरोपेली प्रशिक्षकहरूले १८ जना नेपाली शिक्षक तथा फ्याकल्टी सदस्यहरूलाई ‘डिजाइन थिङ्किङ’ विधिबारे प्रशिक्षण दिनेछन् ।

222
कारोबार संवाददाता
मंगलबार, कार्तिक २६, २०७६

राउन्ड टेवल नेपालले कदम्बरी एकेडेमी, वीरगन्जका बच्चाहरूका लागि नोभेम्बर ११ मा बृहत् लंैगिक समानतासम्बन्धी कार्यशालाको आयोजना गरेको छ जुन गिनिज वल्र्ड रेकर्डका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो सत्रको आधिकारिक प्रयास जनाएको छ । आयुषी अग्रवालले सञ्चालन गरेको उक्त कार्यशालामा १ हजार १सय जना बालबालिकाको सहभागिता थियो ।

264
कारोबार संवाददाता
मंगलबार, कार्तिक २६, २०७६

अनरेरी कन्सुलर कप्र्स नेपाल (एचसिसी–एन० र वाणिज्यदूतहरुको विश्व महासंघ (फिकाक) ले ‘एचसिसी–एन, फिकाक क्षेत्रीय सम्मेलन २०१९’ को आज सुरु हुँदैछ । तीन दिनसम्म चल्ने सम्मेलनलाई नेपाल सरकार, परराष्ट्र मन्त्रालय र भिजिट नेपाल २०२० तथा नेपाल पर्यटन बोर्डको पनि सहयोग रहेको छ । यो सम्मेलनमा संसारका विभिन्न १०० देशका अवैतनिक महावाणिज्य दूतहरुको सहभागिता हुनेछ । यो सम्मेलनको मुख्य (थिम) ‘साझा सम्वृद्धिको लागि ऐक्यवद्धता’ रहेको छ ।

196
कारोबार संवाददाता
मंगलबार, कार्तिक २६, २०७६

नेपाल उद्योग परिसंघले सरकार, निजी क्षेत्र र ट्रेड युनियनबीच भएको त्रिपक्षीय सहमतिबाट आएको ‘योगदानमा आधारित सुरक्षा योजना’ कार्यक्रमको कार्यान्वयनमा पुनः प्रतिवद्धता जनाएको छ । जश्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमबार आयोजित अन्तरक्रियामा परिसंघले योजना कार्यान्वयन तहमा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने प्रतिवद्धता जनाएको हो ।

208
कारोबार संवाददाता
मंगलबार, कार्तिक २६, २०७६

रुकुम पश्चिममा आधा बढी व्यवसायिक तथा अन्य प्रतिष्ठानहरु दर्ता बिना सञ्चालनमा रहेको पाइएको छ । तथ्याङ्क कार्यालय रुकुम पश्चिमले राष्ट्रिय आर्थिक गणना २०७५ को नतिजा सार्वजनिक गरपछि यस्तो देखिएको हो । नतिजा अनुसार रुकुम पश्चिममा ३ हजार ९ सय ९४ प्रतिष्ठान सञ्चालनमा रहेका छन् ।

191
कारोबार संवाददाता
मंगलबार, कार्तिक २६, २०७६

मुलुकको प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना ज्योति समूहका उपाध्यक्ष डा. रूपज्योति र उनकी छोरी सुरुचीलाई ठगी आरोपमा पक्राउ गरेको प्रहरीले समूहका अध्यक्ष पद्मज्योतिलाई पनि पक्राउ गर्ने तयारी गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार जिल्ला अदालत काठमाडौंबाट ज्योतिलाई पक्राउ गर्न अनुमति पाएसँगै उनी पक्राउ पर्ने सम्भावना उच्च देखिएको हो ।

479
दीननाथ बराल
आइतवार, कार्तिक २४, २०७६

पोखराको सराङकोट डाँडामा नेपाली परम्पराको सराङकोट माउन्टेन लज सञ्चालनमा आएको छ । समुद्री सतहदेखि १ हजार ६ सय मिटरको उचाइमा रहेको उक्त लज हालै सञ्चालनमा आएको सञ्चालक मध्यका एक विप्लव पौडेलले बताए । उक्त लजमा दुइटा सुइट रुमसहित ३० वटा रुमहरू रहेको सञ्चालक पौडेलले बताए । लजमा २८ वटा डिलक्स रुमहरू छन् भने उक्त लज स्थानीय ढुंगा, माटो सहितको पुरानो शैलिमा निर्माण भएको उनले जनाए ।

166