कारोबार संवाददाता
मंगलबार, भदौ ३१, २०७६

दसैंको अवसर पारेर असोज १ गतेदेखि राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । मेलाको सबै तयारी पूरा भएको आयोजक संस्था इभेन्ट सोलुसन प्रलिले जनाएको छ । असोज २ गतेदेखि मेला आयोजना हुने भनिएकोमा प्राविधिक कारणले असोज १ गतेदेखि नै मेला सुरु हुने भएको हो ।

218
कारोबार संवाददाता
मंगलबार, भदौ ३१, २०७६

भारतको प्रतिष्ठित म्यागेजिन ‘होटेलियर’ले लगातार दोस्रो वर्ष ‘सीजी होटेल्स एन्ड रिसोर्ट’का कार्यकारी निर्देशक राहुल चौधरीलाई शक्तिशाली ३५ व्यवसायीको सूचीमा राखेको छ । राहुलले चौधरी ग्रुप (सीजी)को आतिथ्य सत्कार (हस्पिटालिटी) व्यवसायको नेतृत्व गर्छन् ।

516
कारोबार संवाददाता
सोमवार, भदौ ३०, २०७६

नेपाल दालमोठ उत्पादक संघमा नयाँ नेतृत्व चयन भएको छ । संघको काठमाडौंमा सम्पन्न साधारणसभाले नारायण कार्कीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्की सुचिका ब्राण्डको दालमोठ उत्पादन गर्दै आएको सूर्य चिप्स उद्योगका सञ्चालक हुन् । अध्यक्षमा कार्की, उपाध्यक्ष रमेशचन्द कसौधन, सचिव विनयकुमार पौडेल, कोषाध्यक्ष राजीव मधिकर्मी र सदस्यहरुमा नरेश मल्ल, सञ्जीवकुमार ठाकुर र सरस्वती घिमिरे चयन भएका छन् ।

246
कारोबार संवाददाता
सोमवार, भदौ ३०, २०७६

नेपाल धागो उत्पादक संघले असोज २ गतेदेखि ६ गतेसम्म राजधानीमा यार्न एन्ड टेक्सटाइल एक्सपो–२०१९ आयोजना गर्ने भएको छ । नेपालमा उत्पादन हुने विभिन्न किसिमका धागोहरु तथा सोबाट उत्पादित र निर्मित कपडा, होजियरी, निटिङ तथा स्थानीय गार्मेन्टहरु एक्सपोमा सहभागी हुने आयोजकले जानकारी दिएको छ । ‘स्वदेशी लगाऔं, स्वदेशी बनौं’ भन्ने नारा दिइएको एक्सपोमा स्वदेशी उत्पादनलाई बढावा दिइने आयोजकले जनाएका छन् ।

407
कारोबार संवाददाता
सोमवार, भदौ ३०, २०७६

कोका–कोलाले रियालिटी टेलिभिजन गायन प्रतियोगिता ‘नेपाल आइडल’ सिजन ३ मा मुख्य प्रायोजन गरेको छ । नेपाल आइडलले हालै देशभरको विभिन्न सहरहरूमा अडिसनको घोषणा गरेको छ ।

276
कारोबार संवाददाता
सोमवार, भदौ ३०, २०७६

सरकार, निजी क्षेत्र र ट्रेड युनियनबीच भएको त्रिपक्षीय सहमतिबाट ‘योगदानमा आधारित सुरक्षा योजना’ आएकाले यसको कार्यान्वयनमा देखिएका समस्या समाधानमा मिलेर काम गर्न नेपाल उद्योग परिसंघले पुनः प्रतिबद्धता जनाएको छ । सामाजिक सुरक्षा योजना कार्यान्वयनसम्बन्धी परिसंघमा परिचर्चा कार्यक्रममा परिसंघका अध्यक्ष सतिशकुमार मोरले समस्या समाधानका लागि विशेषज्ञ कार्यदल बनाइ सरकार र कोषलाई छिट्टै लिखित सुझाव दिने बताए ।

215
कारोबार संवाददाता
सोमवार, भदौ ३०, २०७६

करदाता सेवा कार्यालय खांदबारी, संखुवासभाले खाँदबारीका उद्योगी व्यवसायीसँग कर प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । सरकारले घोषणा गरेको कतिपय करसम्बन्धी नयाँ प्रावधानका बारेमा जानकारी गराउने उद्देश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको करदाता सेवा कार्यालय खाँदबारी संखुवासभाले जनाएको छ ।

124
कारोबार संवाददाता
सोमवार, भदौ ३०, २०७६

म्याग्दीस्थित बेनी नगरपालिका वडा नं. ५ स्थित बगुवखोला नजिक अज्ञात समूहबाट तीनवटा स्काभेटरमा आगजनी गरिएको घटनाको नेपाल निर्माण व्यवसायी महासंघले भत्सर्ना गरेको छ । महासंघका अनुसार निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष तथा बीएन कन्स्ट्रक्सन प्रा.लि.का प्रबन्ध निर्देशक नारायणघर्ती क्षेत्रीको स्वामित्वमा रहेका ती स्काभेटरमा भदौ २६ गते आगजनी गरिएको थियो ।

211
कारोबार संवाददाता
सोमवार, भदौ ३०, २०७६

दसैंमा खुसियाली डिलिवर गर्ने बाचा लिएर अनलाइन सपिङ साइट दराजले वर्षकै सबैभन्दा ठूलो सेल– दराज दसैं धमाका लिएर आएको जनाएको छ ।

192
कारोबार संवाददाता
सोमवार, भदौ ३०, २०७६

सुजल फुड्स प्रालिले हालै वेफररोल्स्अन्तर्गत चोकोफन रोल्स् बजारमा ल्याएको जनाएको छ । चोकोफन रोल्स् नेपालमै पहिलो पटक उत्पादन भएको वेक्ड वेफर रोल्स् हो भन्दै कम्पनीले यस रोल्स्को बाहिरी भाग अत्यन्तै क्रिस्पी र भित्री भाग क्रिमी रहेको जनाएको छ ।

195
कारोबार संवाददाता
सोमवार, भदौ ३०, २०७६

नेपाल तथा भारतमा सर्वाधिक रुचाइएको बाल्ट्रा होम एप्लाइन्सेस्ले चाडवाडको अवसरमा ‘दसैं ल्यायो’ नामक योजना नेपाली बजारमा ल्याएको जनाएको छ ।

205
कारोबार संवाददाता
आइतवार, भदौ २९, २०७६

कोशी अञ्चल उद्योग व्यवसायी संघको अध्यक्षमा महेन्द्रकुमार साह पुनः चयन भएका छन् । यसअघि पनि साह अध्यक्ष थिए । विराटनगरमा भएको नवौं साधारणसभाले साहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

134
कारोबार संवाददाता
आइतवार, भदौ २९, २०७६

सरकारले दीर्घकालीन योजना नबनाएकै कारण कृषि क्षेत्रको विकास हुन नसकेको पूर्वका उद्योगी व्यवसायीहरूले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ र नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) बीच कृषिमा लगानीका सम्भाव्यता र हालसम्म महासंघले गरेका गतिविधिका विषयमा आयोजित छलफलमा उद्योगी व्यवसायीहरूले सरकारको नीतिकै कारण कृषिप्रतिको आकर्षण घट्दै गएको दाबी गरे । महासंघका केन्द्रीय सदस्यसमेत रहेका उद्योगी अविनाश बोहराले कृषि पेशाप्रति आकर्षण कम हुनुमा सरकारको दोष रहेको बताए । उनले सरकारले कृषिको दीर्घकालीन योजना तर्जुमा नगरेकाले कृषकहरू पलायन हुँदै गएको दाबी गरे ।

206
कारोबार संवाददाता
शुक्रवार, भदौ २७, २०७६

नेपाल इजिप्ट चेम्बर अफ कर्मस एण्ड ईन्ड्स्ट्रीजको व्यापारीक भ्रमण टोलिले इजिप्टको कायरोमा अन्तर्राष्ट्रिय कन्स्ट्रक्सन ट्रेड फेयर दि बिग फाइभको अवलोकन गरि विभिन्न कम्पनीहरु सँग सम्झौता तथा छलफल गरेर आज स्वदेश फर्केको छ ।

380
दीननाथ बराल
शुक्रवार, भदौ २७, २०७६

३० वर्षको ग्यारेन्टीसहितको आकर्षक घर तथा भवन बनाउने उद्देश्यले मेरो घर नामक संस्था पोखरामा आएको छ । पोखरामा हाल अस्तव्यस्त रूपमा घर तथा भवनहरू निर्माण भएकोले पोखराको सौन्दर्यतालाई कायम राख्दै वातावरणमैत्री, कम लगानीमा आरामदायी कोठाहरू, स्थानिय श्रोत साधनलाई प्रयोग गरी घर तथा भवन बनाउन आफुहरू काठमाण्डौं पछि पोखरामा आएको मेरो घर पोखरा शाखाका प्रमुख बासुदेव भट्टराईले बताए । उनले भने “शहरीकरणले गर्दा दिनानु दिन गाउँबाट शहर केन्द्रित बजार बढ्दै गएका बेला हामीले थोरै जमिनमा पनि आकर्षक घर बनाउने उद्धेश्यले पोेखरामा मेरो घर नामक संस्थाको पहिलो शाखा स्थापना गरेका हौं ।

471

सातामा धेरै पढिएको