सरस्वती ढकाल
सोमवार, कार्तिक ६, २०७४

नेपाली कांग्रेसले सबैभन्दा बढी व्यवसायीलाई टिकट दिएको छ भने बाम गठबन्धनका तर्फबाट नेकपा एमालेबाट पनि केही व्यवसायीले टिकट पाएका छन् ।

1105
कारोबार संवाददाता
शनिवार, कार्तिक ४, २०७४

आपुर्ति चुस्तदुरुस्त बनाउन आफुले कुनै कसर बाँकी नराखेको समेत मन्त्री चन्दको भनाई थियो । त्यस्तै उनले बजारमा देखिएको कालोबजारीको अन्त्य र कृत्रिम अभाव सिर्जना गर्ने जो कोहीलाई कडा कारहबाही गर्ने समेत चेतावनी दिए । 

690
भगवान खनाल
बुधवार, कार्तिक १, २०७४

अज्ञात समूहको गोली लागि हत्या गरिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष तथा डाँफे कन्स्ट्रक्सनका सञ्चालक गौचन हत्याको मंगलबार नवौं दिन हो । उनको जातीय संस्कृतिअनुसार आज चोखिने दिन पनि हो । थकाली सेवा समाजको केन्द्रीय कार्यालयमा उहाँको चोखिने कार्यक्रम छ भने महासंघको कार्यालयमा शोक सभाको पनि आयोजना गरिएको छ ।

633
कारोबार संवाददाता
शुक्रवार, आश्विन २७, २०७४

विभागले सार्वजनिक सूचना निकालेर २७ माघ ०७३ सम्म सबै ग्यास उद्योगले गुणस्तर चिह्न अनिवार्य गरेको थियो । तर सरकारले दिएको समय बितेको लामो समय भइसक्दासमेत उद्योगहरुले अझै चिह्न लिएका छैनन् ।

907
सरस्वती ढकाल
मंगलबार, आश्विन ३१, २०७४

उद्योग विभागमार्फत् चालू आर्थिक वर्षको पहिलो २ महिनामा विभिन्न १८ देशबाट झन्डै साढे ३ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिवद्धता प्राप्त भएको छ ।

1875
कारोबार संवाददाता
बुधवार, आश्विन २५, २०७४

भैरहवा: रुपन्देही जिल्लाका इँटा उद्योगहरूमा कोइला र काम गर्ने मजदुर मुख्य समस्याको रूपमा देखिएको छ । “अहिले हामी रुपन्देहीका सबै इँटा उद्योगहरू, इँटा कोइला, मजदुर अभावलगायतका समस्याबाट गुज्रिरहेका छौं । त्यसमाथि पछिल्लो समय सीमांकन गर्दा धेरै उद्योगहरू नगरपालिका क्षेत्रमा परेकाले त्यो पनि समस्या बन्न थालेको छ,” लुम्बिनी इँटा व्यवसायी संघका अध्यक्ष थानेश्वर घिमिरेले भने । “खुला आकाशमुनिको उद्योग, त्यसमाथि चुनौती र समस्या थपिँदैछन्, सरकारले वास्तै नगरेको उद्योग अहिले इँटा उद्योग बनेको छ,” अध्यक्ष घिमिरेले भने ।

2300
कारोबार संवाददाता
सोमवार, श्रावण २, २०७४

रेमिट्यान्सको सदुपयोग गर्दै स्थानीयस्तरमा उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले ग्रामीण उद्यम र विप्रेषण नामक परियोजना सञ्चालन गर्ने सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग मन्त्रालयबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

2995
कारोबार संवाददाता
सोमवार, श्रावण २, २०७४

गैरआवासीय नेपाली (एनआरएन)को एक समूहले नेपालमा रोजगारी सिर्जना गर्नका लागि करिब ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ । व्यावसायिक कृषि उद्यम, पर्यटन, शिक्षा, सुपरमार्केटमार्फत रोजगारी सिर्जना गर्नका लागि लगानी सुरु गरेकोे हो ।

736
कारोबार संवाददाता
सोमवार, श्रावण २, २०७४

नेपाल वायुसेवा निगम स्थापना भएको ६० वर्षपछि अनलाइन बुकिङ प्रणालीमा प्रवेश गरेको छ । निगमले आइतबारदेखि अनलाइन बुकिङ सेवा सुरु गरेको हो ।

710
कारोबार संवाददाता
बिहिवार, असार २९, २०७४

एक दशकभन्दा लामो समयदेखि पूर्वका उद्योगी व्यवसायीहरूले उठाउँदै आएको विशेष आर्थिक क्षेत्र स्थापना गर्ने विषयमा सरकारीस्तरबाट छलफल सुरु भएको छ ।

783