कारोबार संवाददाता
आइतवार, माघ १४, २०७४

नेपाल उद्योग परिसंघको १४ औं वार्षिक साधारणसभाबाट पारित संशोधित विधान नेपाल सरकारबाट स्वीकृत भएको छ । उक्त संशोधित विधान स्वीकृत भएसँगै परिसंघले देशको सातवटै प्रदेशमा प्रदेश परिसंघ गठन गर्ने प्रक्रियालाई अघि बढाउने निर्णय नेपाल उद्योग परिसंघको गभर्निङ काउन्सिल र राष्ट्रिय परिषद्को बैठकले गरेको जनाएको छ ।

1074
कारोबार संवाददाता
शुक्रवार, माघ १२, २०७४

एनएमबी बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरूका लागि नेपालको आधुनिक अस्पताल नेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा विशेष परार्मशसहित अस्पतालको विभिन्न सेवा तथा सुविधाहरूमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने व्यवस्था गरेको छ ।

1589
कारोबार संवाददाता
शुक्रवार, माघ १२, २०७४

नेपाल चेम्बर अफ कर्मसले वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहका प्रमुख सुदीपप्रसाद सराई चेम्बर अवार्ड–२०१८ ले सम्मानित गरेको छ । अवार्ड च्याम्बरले सबै कार्यहरूको मूल्यांकन गरी हरेक भन्सार दिवसको दिनमा दिने गरेको छ ।

1122
केदार दाहाल
शुक्रवार, माघ १२, २०७४

पछिल्लो समय एक दर्जनभन्दा बढी नयाँ तारे होटलहरू थपिएका छन् भने दर्जनकै संख्यामा पर्यटकस्तरीय होटलहरू पनि थपिएका छन् । नेपालमा एक दशकपछि पाँचतारे होटल पनि थपिएको छ । पर्यटन विभागका अनुसार एउटा पाँच तारे र ६ वटा चार तारे होटल थपिएका छन् । यस्तै, तीनवटा तीन तारे होटल पनि थपिएको पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले जानकारी दिए । पर्यटकस्तरका होटल मात्रै पछिल्लो समय २३ वटा होटल थपिएको विभागमा महानिर्देशक भट्टराईले जानकारी दिएका छन् ।

2018
कारोबार संवाददाता
बिहिवार, माघ ११, २०७४

एमएडब्लू अर्थमुभर्स प्रालि जेसीबी इन्डिया लिमिटेडको नम्बर १ डिलर बन्न सफल भएको छ । सन् २०१७ मा सबैभन्दा बढी जेसीबीका निर्माण उपकहरणहरूको बिक्री गरेर एमएडब्लू अर्थमुभर्स नम्बर १ डिलर बनेको हो । गएको एक वर्षमा एमएडब्लूले दुई हजार एक सय ४० वटा जेसीबी ब्रान्डका निर्माण उपकरणको बिक्री गरेको थियो ।

1744
सरस्वती ढकाल
बिहिवार, माघ ११, २०७४

उद्यमी व्यवसायीहरूले सरकारी नीतिका कारण आफूहरू उत्पादनमूलक क्षेत्रबाट व्यापार (ट्रेडिङ)तर्फ केन्द्रित भएको बताएका छन् । सरकारका नीति तथा कार्यक्रमहरू राजस्वमुखी भएको तथा तयारी सामग्री आयातलाई प्रश्रय दिने खालका भएकोले आफूहरु बाध्यतावस ट्रेडिङतर्फ लाग्नुपरेको उनीहरूको भनाइ छ ।

1595
कारोबार संवाददाता
बुधवार, माघ १०, २०७४

जयमंगलम् सिमेन्ट्स प्रालि गनापुर बाँकेले दुई नयाँ उत्पादन बजारमा ल्याएको जनाएको छ । जयमंगलम् सिमेन्ट्सका सञ्चालक संजयकुमार अग्रवालले सो कुराको जानकारी गराउँदै उद्योगले हाल गौरव पीपीसी सिमेन्ट र रक स्ट्रोङ पीपीसी सिमेन्ट बजार ल्याएको जानकारी दिए ।

942
कारोबार संवाददाता
बुधवार, माघ १०, २०७४

१० करोड रुपैंयाको लागतमा नेपालकै सबैभन्दा ठुलो अत्याधुनिक प्रविधियुक्त अक्सिजन ग्यास प्लान्ट नेपालगन्जमा संचालनमा ल्याइएको छ ।

1690
कारोबार संवाददाता
बुधवार, माघ १०, २०७४

छड तथा सिमेन्ट उद्योगले विनाकारण मूल्यवृद्धि गरेको भन्दै प्रमुख दुई राजनीतिक दल नेकपा एमाले र माओवादी केन्द्रका भातृ संगठन युवा संघ नेपाल र वाईसीएल नेपाल रूपन्देहीका कार्यकर्ताले भैरहवा–लुम्बिनी औद्योगिक करिडोरमा रहेका १ दर्जन सिमेन्ट तथा छड उद्योगहरू बुधवार दिउँसोवाट बन्द गराएका छन् ।

1578
सरस्वती ढकाल
बुधवार, माघ १०, २०७४

नेपाल विद्युत् प्राधिकरणले भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) क्षेत्रमा विद्युत् उपलब्ध गराउने सुनिश्चित गरेपछि सेज व्यवस्थापनले उद्योगहरूलाई सञ्चालन सम्झौताका लागि बोलाउने भएको छ । १५ दिनभित्र सम्झौता गर्ने समयसीमा राख्दै सेज व्यवस्थापनले उद्योगहरूलाई सम्झौताका लागि सूचना जारी गर्न लागेको हो । भैरहवा सेजभित्र १९ उद्योगले यसअघि नै समझदारी गरिसकेका छन् भने अव सञ्चालन सम्झौता हुनेछ ।

3210
कारोबार संवाददाता
मंगलबार, माघ ९, २०७४

नेपाल उद्योग परिसंघले डेनिस सरकारको सहयोगमा अन्तर्राष्ट्रिय श्रम संगठनद्वारा संचालित उन्नति परियोजना अन्र्तगत ‘एड्भोकेसी फर राइट्स एन्ड गुड कर्पोरेट गर्भनेन्स’ अन्तर्गत संचालित परियोजनाको कार्यान्वयनको सन्दर्भमा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

1397
कारोबार संवाददाता
मंगलबार, माघ ९, २०७४

काला बजारियाहरूको उक्साहटमा जितपुर सिमरा उपमहानगरपालिकाका वडाध्यक्षले आफ्नो क्षेत्राधिकार बाहिर गएर सिमेन्ट उद्योगको सञ्चालनमा अवरोध गरेका छन् ।

1175
सरस्वती ढकाल
सोमवार, माघ ८, २०७४

स्वदेशमै उद्योगधन्दा सञ्चालन गरी आर्थिक विकासमा उल्लेख्य योगदान पुराउने सरकारी नारा केवल कागजमै सीमित भएको छ । नेपालमा रोजगारी सिर्जना गरी कुल गार्हस्थ्य उत्पादनमा उद्योगको योगदान बढाउने लक्ष्यसहित स्थापित उद्योगहरू तयारी सामानमा लाग्ने भन्दा कच्चा पदार्थमा लाग्ने भन्सार शुल्क बढी हुँदा मारमा परेका छन् ।

1325
सरस्वती ढकाल
सोमवार, माघ ८, २०७४

नेपालको चेम्बर आन्दोलनमा एक दशकभन्दा लामो समयदेखि सक्रिय युवा उद्यमी मनिषकुमार अग्रवालको असामयिक निधन भएको छ । एचपी अग्रवाल ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशकसमेत रहेका उनी उत्पादनमूलक उद्योग र श्रम मामिलाका जानकार थोरै व्यवसायीमध्ये एक थिए । पछिल्लो श्रम कानुन निर्माण र न्यूनतम ज्यालासम्बन्धी कार्यदलमा लामो समयदेखि रहेका उनको निधनसँगै निजी क्षेत्रले अध्ययनशील, अनुभवी तथा लगनशील व्यक्तित्व गुमाएको छ ।

1199
कारोबार संवाददाता
आइतवार, माघ ७, २०७४

उद्यमी मनिष अग्रवालको निधन भएको छ । ब्लड क्यान्सरबाट पीडित अग्रवालको आइतवार विहान भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा ४५ वर्षको उमेरमा निधन भएको हो । अग्रवाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य तथा त्यसअन्अन्तर्गतको निर्यात समितिका सभापति थिए । उनको मेडिकल कलेल, प्लाष्टिक उद्योग, सुगर मिल लगायतमा लगानी गरेका थिए ।

4872