कारोबार संवाददाता
शुक्रवार, माघ १९, २०७४

सार्क राष्ट्रका लेखा व्यवसायीहरूको संगठन दक्षिण एसियाली लेखा व्यवसायी महासंघ (साफा) ले सन् २०१६ मा उत्कृष्ट वार्षिक प्रतिवेदन पेस गर्ने एक दर्जन कम्पनीलाई विभिन्न पदकबाट सम्मान गरेको छ । साफा सम्मेलन–२०१८ अन्तर्गत बुधबार भएको कार्यक्रममा महालेखा परीक्षक टंकमणी शर्मा र अर्थसचिव शंकर अधिकारीले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गर्ने साफा सदस्य देशका कम्पनीहरूलाई सम्मान गरे ।

1727
कारोबार संवाददाता
शुक्रवार, माघ १९, २०७४

सिमेन्ट उद्योगको मुख्य कच्चा पदार्थ क्लिंकर आयातमा देखिएको समस्याका कारण नेपाली सिमेन्ट उद्योगहरूले भोग्नुपरेको समस्यालाई उच्च प्राथमिकतामा राखेर कूटनीतिक पहल गर्न नेपाल सरकारलाई सिमेन्ट उद्योगीहरूले माग गरेका छन् ।

1020
कारोबार संवाददाता
शुक्रवार, माघ १९, २०७४

कैलालीको मोह्याल गाउँपालिकाका स्थानीयवासीले सार्वजनिक यातायातमा सवार गरेबापत तोकेभन्दा दोब्बर भाडा तिर्ने गरेका छन् । मोह्न्याल गाउँपालिकामा भौगलिक असहजता र सडकको पहुँच सहजै नपुग्दा सार्वजनिक यातायातले मनोमानी रूपले तोकेभन्दा दोब्बर भाडा लिने गरेका हुन् । पहलमानपुरको डोके बजारबाट ५२ किलोमिटर रहेको मोह्न्यालको खिमडी पुग्न स्थानीयवासीले १ हजार ५० रुपैयाँ तिर्ने गरेका छन् ।

1668
कारोबार संवाददाता
शुक्रवार, माघ १९, २०७४

सार्क राष्ट्रका लेखा व्यवसायीहरूको संगठन दक्षिण एसियाली लेखा व्यवसायी महासंघ (साफा) ले सन् २०१६ मा उत्कृष्ट वार्षिक प्रतिवेदन पेस गर्ने एक दर्जन कम्पनीलाई विभिन्न पदकबाट सम्मान गरेको छ । साफा सम्मेलन–२०१८ अन्तर्गत बुधबार भएको कार्यक्रममा महालेखा परीक्षक टंकमणी शर्मा र अर्थसचिव शंकर अधिकारीले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गर्ने साफा सदस्य देशका कम्पनीहरूलाई सम्मान गरे ।

1258
कारोबार संवाददाता
बिहिवार, माघ १८, २०७४

सप्तरी जिल्लास्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको अवस्था अहिले सुधारोन्मुख बन्दै गएको छ । जिल्ला सदरमुकामको छेउमै राजविराज–रुपनी सडकखण्डस्थित रुपनी गाउँपालिका–५ बसबिट्टीमा पर्ने यो औद्योगिक क्षेत्रमा अहिले विस्तारै उद्योगहरू खुल्न थालेका हुन् ।

1458
मीनकुमार नवोदित
बिहिवार, माघ १८, २०७४

विराटनगर–११ मा निर्माणाधीन बस टर्मिनको निर्माण अन्तिम चरणमा पुगेको छ । वैशाखको पहिलो साताभित्रै निर्माण कार्य पूरा गरेर महानगरलाई हस्तान्तरण गर्ने गरी निर्माण कम्पनीले तीव्र रूपमा काम अगाडि बढाइरहेको छ ।

3070
कारोबार संवाददाता
बिहिवार, माघ १८, २०७४

प्रदेश ५ कै पहिलो आधुनिक पशु बधशाला निर्माण सम्पन्न भएको दुई वर्षमा पनि सञ्चालनमा आउन सकेको छैन । समयमै सञ्चालनमा आउन नसक्दा बधशालाको भवन जीर्ण बन्न थालेको छ । सुरक्षाको अभावमा भवनका झ्यालका अधिकांश शिशाहरू फुटाइएका छन् । बधशाला भवन झाँडीले ढाक्न थालेको छ ।

1796
कारोबार संवाददाता
बुधवार, माघ १७, २०७४

रामेछाप स्थायी घर भएको नखिपोट बस्दै आएकी प्रेमा सुनुवारले सुनुवारको पहिचान झल्काउने विभिन्न किसिमको ऊनबाट बन्ने सामग्रीहरू बुनेर मासिक १० हजारदेखि ३० हजार रुपैयाँसम्मको आम्दानी गर्छिन् । सुनुवारको पहिचान झल्काउनेमा महिलाको झुम्का थैली, सियो बोक्ने झुम्का, कम्बरी, चारअनी, आठअनी र पुरुषको कम्बरी र जालीरुमाल बुन्ने कार्य गर्छन् ।

2625
कारोबार संवाददाता
बुधवार, माघ १७, २०७४

नेपालमै पहिलो पटक बेबी डायपर(बच्चाको नेपकिन कट्टु)को उत्पादन सुरु भएको छ । एजी हेल्थ इन्डस्ट्रिज प्रालिले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ मधवलियामा उद्योग स्थापना गरी ‘सगुन बेबि पोको प्यान्टस’ ब्रान्डमा डायपरहरूको परीक्षण उत्पादनपछि व्यावसायिक उत्पादन सुरु गरेको उद्योगका अध्यक्ष तिलकप्रसाद अधिकारीले बताए ।

4139
कारोबार संवाददाता
मंगलबार, माघ १६, २०७४

उद्योगपति विनोद चौधरीले युवावस्थामै व्यवस्थापन सम्हालेको पहिलो उद्योग हुन्–पशुपति बिस्कुट र महालक्ष्मी मैदा मिल । वि. सं. २०२८ र २०३१ मा उनका पिता लुनकरणदास चौधरीले स्थापना गरेका यी उद्योगको नेतृत्व सानै उमेरमा चौधरीले नै गरेका थिए ।

4572
कारोबार संवाददाता
सोमवार, माघ १५, २०७४

नेपालका लागि जोन डियर ट्र्याक्टरको आधिकारिक वितरक विवेक अटोमोबाइल्स प्रालिले नयाँ ट्र्याकटर बजारमा ल्याएको छ । उक्त ट्र्याकटर पहिलो पटक ५ वर्ष वा ५ हजार घण्टा वारेन्टी दिने यो जोन डियर ट्र्याक्टर अन्यको तुलनामा वलियो विश्वसिलो र भरपर्दो रहेको दाबी कम्पनीले गरेको छ ।

2355
कारोबार संवाददाता
सोमवार, माघ १५, २०७४

नेपाली बजारमा मलेसियन कफी म्याकले बजार विस्तार गरिरहेको छ । नेपालका लागि मलेसियन राजदूतावासका चार्ज डीअफएयर्स अहमद फादिल इस्माइलको उपस्थिति तथा फुड इम्पायरका अध्यक्ष तान वाङ च्युओको उपस्थितिमा प्रवद्र्धनात्मक कार्यक्रम गरिएको छ । कफी उत्पादक कम्पनी फुट इम्प्पायर होल्डिङ्सद्वारा उत्पादित म्याक कफी नेपालका लागि आक्र्स समूहले बिक्री वितरण गर्दै आइरहेको छ ।

1181
कारोबार संवाददाता
सोमवार, माघ १५, २०७४

नेपाल चार्टर एकाउन्टेन संस्था (आइक्यान) ले दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासंघ (साफा) को सम्मेलन यही माघ १६ गतेदेखि काठमाडौंमा गर्ने भएको छ । सार्क देशमा प्रत्येक वर्ष गरिने यो सम्मेलन यो वर्ष नेपालमा गर्न लागिएको हो ।

1212
कारोबार संवाददाता
आइतवार, माघ १४, २०७४

यती एयरलाइन्सले अब शून्य कार्वन उत्सर्जन गराउने योजना सार्वजनिक गरेको छ । कम इन्धन खपत हुने हवाईमार्गसँगै वायुयान थप्ने, कर्मचारीको दक्षता अभिवृद्धि गर्ने र वायुयानमा प्रयोग हुने सामानको भार घटाउँदै एयरलाइन्सले शून्य कार्वन उत्सर्जन गराउन लागेको हो ।

2263
कारोबार संवाददाता
आइतवार, माघ १४, २०७४

इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुले १७ वार्षिकोत्सवको अवसर पारेर गज्जब अफर ल्याएको छ । यस योजनाअन्तर्गत कम्पनीले नयाँ रिटेल ग्राहकका लागि इन्टरनेट र क्ल्यिर टिभी सेवामा तीन आकर्षक प्याकेजहरु प्रस्तुत गरेको छ ।

1427