कारोबार संवाददाता
आइतवार, फाल्गुन ६, २०७४

औद्योगिक र ब्यापारिक ‘हब’ बन्दै गएको रुपन्देहीमा जल पर्यटन व्यवसायमा पनि लगानी बढ्न थालेको छ । सोही क्रममा रुपन्देहीको तिलोत्तमा नगरवापलका–९ मंगलापुरमा काठमाडौं बाहिरकै पहिलो ठूलो लगानीको वाटर पार्क सञ्चालनमा आएको छ ।

1411
कारोबार संवाददाता
आइतवार, फाल्गुन ६, २०७४

नेपाल हस्तकला महासंघद्वारा वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा आयोजित महिला उद्यमी हस्तकला एवं प्राकृतिक रेसाजन्य वस्तु मेला २०७४ काठमाडौंको त्रिदेवीमन्दिर परिसरमा शुक्रबारदेखि सुरु भएको छ । उक्त मेलामा प्रमुख अतिथिको रुपमा काठमाडौं महानगरपालिकाकी कार्यबाहक प्रमुख हरि प्रभा खड्गीले उद्घाटन गरिन् ।

1439
कारोबार संवाददाता
आइतवार, फाल्गुन ६, २०७४

बन्द रहेको बुटवल धागो कारखानामा प्रदेश सरकारका विभिन्न मन्त्रालयहरू राख्ने प्रदेश सरकारले तयारी गरेसंगै उद्योगीहरूले भने कारखाना सञ्चालनमा ल्याउने वातावरण बनाउन माग गरेका छन् ।

1325
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ४, २०७४

नेपाल चेम्वर अफ कमर्सले नयाँ सरकार गठन भएकोप्रति खुशी व्यक्त गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गठन भएको सरकारलाई चेम्वरले बधाइ दिँदै नवनिर्वाचित प्रधानमन्त्री ओलीको नेतृत्वमा बनेको सरकारले अबको एजेन्डा आर्थिक समृद्धिलाई बनाउने विश्वास चेम्वरले गरेको छ ।

1194
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ४, २०७४

नवलपरासीको शाश्वत धाममा ३५ औं बसन्त महोत्सव सुरु भएको छ । धर्मो रक्षति रक्षित (धर्मको रक्षा गरे धर्मले हामलाई रक्षा गर्छ) भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै शाश्वत धाममा बसन्त महोत्सव सुरु भएको हो ।

857
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ४, २०७४

पाल्पाको पहिचानका रूपमा रहेको ‘पाल्पाली करुवा’ उद्योग कच्चा पदार्थ र कामदारको अभावमा पछिल्लो समयमा धरासायी बन्दै गएका छन् । जिल्ला सदरमुकाम तानसेनस्थित टक्सारटोल भरी नै रहेको करुवा उद्योग अहिले कच्चापदार्थ र दक्ष कामदारको अभावमा निरन्तर बन्द हुँदै गएका छन् ।

1903
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ४, २०७४

देशले अन्तरिम व्यवस्थापार गरी नयाँ संविधानतः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार प्राप्त गरेकोमा नेपाल उद्योग परिसंघ अत्यन्त उत्साहित बनेको जनाएको छ । परिसंघले देशले गर्नुपर्ने सम्पूर्ण राजनीतिक परिवर्तनहरू सम्पन्न गरी बनेको नयाँ सरकारले अब आर्थिक परिवर्तन तथा समृद्धिलाई आफ्नो लक्ष बनाउने अपेक्षा लिएको छ ।

1010
कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३, २०७४

पछिल्लो समयमा घर तथा भवनका छत पिलरलगायत अन्य ढलानका कार्यका लागि लोकप्रिय हँुदै आएको (सिमेन्ट, बालुवा र गिटीको तयारी घोल) आरएमसी मिक्चरको उत्पादन औद्योगिक तथा व्यावसायिक समूह एसआर गु्रपले समेत सुरु गरेको छ । एसआरले आयुष बिल्डर्ससँग मिलेर संयुक्त रूपमा भैरहवा लुम्बिनी सडक खण्डमा बुद्ध आरएमसी स्थापना गरी व्यावसायिक उत्पादन सुरु गरेको एसआर गु्रपका प्रबन्ध निर्देशक सुरज उप्रेतीले बताए ।

1224
कारोबार संवाददाता
बुधवार, फाल्गुन २, २०७४

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ३ को प्रदेशसभाले लगानीमैत्री वातावरण बनाउन आगामी १० वर्षलाई ‘राष्ट्रिय उत्पादन दशक’ घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । भरतपुरमा आयोजित प्रदेशस्तरीय दोस्रो वार्षिक प्रदेशभामा उद्योगी व्यवसायीले देशलाई समृद्धि बनाउन स्वदेशी उद्योग, व्यवसाय प्रवद्र्धन गर्ने सरकारी विशेष कार्यक्रमको माग गरेका छन् ।

1373
कारोबार संवाददाता
मंगलबार, फाल्गुन १, २०७४

गोल्छा अर्गनाइजेसनअन्तर्गतको अरिहन्त कमर्सियल प्रालि थाइल्यान्डमा सम्मानित भएको छ । सन् २०१७ मा सबैभन्दा बढी ट्र्याक्टर बिक्री गर्ने कम्पनीका रूपमा अरिहन्त सम्मानित भएको हो । इटालियन ट्र्याक्टर निर्माता कम्पनी एसडीएफको थाइल्यान्डमा सम्पन्न सम्मेलनमा कम्पनीका प्रबन्ध निर्देशक मार्सेलो पर्सेनीले कम्पनीका प्रतिनिधि धर्मेन्द्र दुगडमार्फत अरिहन्तलाई सम्मान गरेका हुन् । अरिहन्तले विश्वकै पहिलो डिजेल इन्जिन निर्माता इटालियन कम्पनी एसडीएफका सामे ब्रान्डका ट्र्याक्टर विगत १० महिनादेखि नेपालभरि बिक्री आइरहेको छ ।

1117
कारोबार संवाददाता
सोमवार, माघ २९, २०७४

युवा उद्यमी विश्वास ढकाल यस वर्षको बेस्ट म्यानेजर अफ दि इयर भएका छन् । नेपाल व्यवस्थापन संघ (म्यान)ले काठमाडौंमा आयोजित एक कार्यक्रममा आइतबार बेस्ट म्यानेजर अफ दि इयर २०१७ को अवार्ड एफवान सफ्टका प्रेसिडेन्ट ढकाललाई प्रदान गरेको हो । म्यानले हरेक वर्ष बेस्ट म्यानेजर अफ दि इयर अवार्ड दिने गर्छ ।

1864
कारोबार संवाददाता
आइतवार, माघ २८, २०७४

नेपाली मौलिक खानाको अन्तर्राष्ट्रियकरण गर्ने अभियान स्वरूप स्वदेशी सेफहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण दिइएको छ । अन्तर्राष्ट्रिय स्तरमा प्रसिद्ध सिंगापुरका सेफ डा. रिक स्टेफानले पकवान शास्त्र कलाबारे नेपाली सेफलाई प्रशिक्षण दिएका हुन् । नेपाली खानालाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले पहिलोपटक अन्तर्राष्ट्रिय पकवान शास्त्र प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको आयोजक मध्येको एक होटल संघ नेपाल (हान)ले जनाएको छ ।

1630
कारोबार संवाददाता
आइतवार, माघ २८, २०७४

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको २१ औं वार्षिकोत्सवको अवसरमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र चार्टर्ड इन्स्टिच्युट अफ पब्लिक फाइनान्स एन्ड एकाउन्टेन्सी (सिप्फा) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । काठमाडौंमा हालै आयोजित नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको वार्षिकोत्सवका अवसरमा उक्त समझदारीपत्रमा हस्ताक्षर भएको संस्थाका अध्यक्ष प्रकाशजंग थापाले बताए ।

1234
कारोबार संवाददाता
शुक्रवार, माघ २६, २०७४

नेपालको ४ नम्बर प्रदेश गण्डकी अञ्चलअन्तर्गत पर्ने स्याङ्जा जिल्ला एक सुगम पहाडी जिल्ला हो । जिल्लाको सदरमुकाम पुतलीबजार समुद्री सहतबाट ८ सय ५० मिटरको उचाइमा छ । समुद्र सतहबाट न्यूनतम ३ सय ६६ (चापाकोट नगरपालिकाको केलादीघाट) र अधितम २ हजार ५ सय १२ मिटर (पञ्चासेको लेक) उचाइमा रहेको छ । जिल्लाको पूर्व तनहु“, पश्चिममा गुल्मी, उत्तरमा पर्वत र कास्की तथा दक्षिणमा कालिगण्डकी नदीस“ग पाल्पा जिल्लासग छुट्टिएको छ ।

2795
कारोबार संवाददाता
शुक्रवार, माघ २६, २०७४

एनसेलका ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असिमित कुराकानीका साथै निरन्तर भिडियो च्याटको मज्जा लिन सक्नेछन् । नजिकिँदै गरेको प्रणय दिवसको अवसरमा एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकका लागि असीमित भ्वाइस प्याक र डेटा प्याकसहितको भ्यालेन्टाइन अफर ल्याएको छ, जसले ग्राहकलाई आफ्ना प्रियजनसँग निरन्तर कुराकानी तथा भिडियो च्याट गर्दै अझै नजिक हुन सहज बनाउनेछ ।

1363