कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २५, २०७४

सिद्धार्थनगर उद्योग वाणिज्य संघ, रुपन्देही(भैरहवा)को शुक्रबार र शनिबार हुने ५९ औं वार्षिक साधारणसभा तथा अधिवेशनले आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने भएपछि व्यवसायीहरू नेतृत्वमा आउन समूह बनाएर प्रचार–प्रसारको अन्तिम चरणमा आएका छन् । नेपालको पुरानो मध्येको र उद्योग वाणिज्य महासंघ स्थापना बखतको संस्थापक सदस्य रहेको सिद्धार्थ उद्योग वाणिज्य संघको नेतृत्व लिन सदैव होडबाजी जस्तै हुन्छ ।

1132
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २५, २०७४

सार्वजनिक यातायातको क्षेत्रमा नौलो प्रस्तुति गर्दै आएको साझा यातयातले नेपालमा पहिलो पटक अशोक लेल्यान्डको सेमी–लो फ्लोर बस सञ्चालनमा ल्याएको छ । यसले युरोपियन स्टाण्र्डडको बसहरू सार्वजनिक यातायातको रूपमा सञ्चालन हुनसक्छ भन्ने प्रमाणित गरिदिएको छ ।

732
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २५, २०७४

सार्वजनिक यातायातको क्षेत्रमा नौलो प्रस्तुति गर्दै आएको साझा यातयातले नेपालमा पहिलो पटक अशोक लेल्यान्डको सेमी–लो फ्लोर बस सञ्चालनमा ल्याएको छ । यसले युरोपियन स्टाण्र्डडको बसहरू सार्वजनिक यातायातको रूपमा सञ्चालन हुनसक्छ भन्ने प्रमाणित गरिदिएको छ ।

799
कारोबार संवाददाता
बिहिवार, फाल्गुन २४, २०७४

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणास“ग चीनको लिन्यी सिटी सीपीपीसीसीका उपाध्यक्ष ली चोङताओको नेतृत्वमा नेपाल भ्रमणमा आएको प्रतिनिधिमण्डलले बुधबार महासंघ सचिवालयमा भेटवार्ता गरेको छ । चिनिया“ प्रतिनिधिमण्डल भोलिदेखि काठमाडौंमा सुरु हुने नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०१८ मा भाग लिने क्रममा नेपाल आएको हो ।

1382
कारोबार संवाददाता
बिहिवार, फाल्गुन २४, २०७४

यामाहाले नेपालमै पहिलो पटक ‘स्कुटर डे’ (स्कुटर दिवस) मनाएको छ । मानिसलाई स्वतन्त्र, आत्मविश्वासी र सशक्त बनाउन स्कुटरले पु¥याएको योगदानको कदर गर्दै यामाहाले ७ मार्चलाई ‘स्कुटर डे’का रूपमा मनाएको हो ।

1500
सरस्वती ढकाल
बिहिवार, फाल्गुन २४, २०७४

नेपाल उद्योग वाणिज्य महासंघमा रिक्त जिल्ला–नगर उपाध्यक्षको निर्वाचन गर्न सर्वोच्च अदालतले बाटो खोलिदिएको छ । शुक्रबारका लागि निर्धारित निर्वाचन रोक्न महासंघका पूर्वउपाध्यक्ष प्रमोद श्रेष्ठ अदालत गए पनि उनको पक्षमा अन्तरिम आदेश भएन । श्रेष्ठले आफूलाई निलम्बन गर्ने निर्णय बदर गर्न मागसम्बन्धी मुद्दा बिचाराधीन रहेकाले नयाँ निर्वाचन नगर्न अन्तरिम आदेश माग गरेका थिए । तर, सर्वोच्चमा बुधबार भएको सुनवाइपछि नयाँ निर्वाचनका लागि बाटो खुलेको छ ।

1490
कारोबार संवाददाता
बुधवार, फाल्गुन २३, २०७४

बुधरबारदेखि राजधानीको एउटा रुटमा अहिले गुड्दै आएका भन्दा भिन्दै बस सञ्चालनमा आउने भएको छ । त्यो बस हो, साझा यातायातले ल्याएको ‘सेमी लो फ्लोर’ बस । उक्त बस अस्पताल धेरै भएको रुटमा सञ्चालन गर्नका लागि साझा यातायातले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । लगनखेलस्थित पाटन अस्पतालबाट बाँसबारीको न्युरो अस्पतालसम्म आपाङ्मैत्री बस गुड्ने भएको छ ।

1576
कारोबार संवाददाता
बुधवार, फाल्गुन २३, २०७४

मानव संसाधन पुँजीलाई विकसित गर्ने तथा सशक्तीकरण गर्ने लक्ष्यसहित ग्रोथ सेलर्सले मानव संसाधन भेलाको ११औं संस्करण ‘एचआरमिट–२०१८’ आउदो ०७४ चैत ५ र ६ गते आयोजना गर्न गइरहेको छ ।

1325
कारोबार संवाददाता
बुधवार, फाल्गुन २३, २०७४

सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पाेरेसनले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई बोनस सेयर र नगद लाभांश दिने निर्णय कर्पोरेसनले गरेको हो ।कर्पाेरेसनको मंगलबार भएको ५१ औं साधारणसभाले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साल्ट ट्रेडिङले गत आर्थिक वर्ष ८ अर्ब ५८ करोडको कारोबार गर्दै ७६ करोड ९३ लाख मुनाफा आर्जन गरेको थियो । यो कारोबार रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब ७५ करोड रुपैयाँ बढी हो ।

1664
सरस्वती ढकाल
बुधवार, फाल्गुन २३, २०७४

नेपाली आयातकर्ताहरूले कोलकाता बन्दरगाहको विकल्प खोज्न थालेपछि बन्दरगाह व्यवस्थापनले हाल उत्पन्न समस्याहरूको सहज व्यवस्थापन गरिदिने आश्वासन दिएको छ । व्यवसायीहरू कोलकाताको विकल्पका रूपमा विशाखापट्टनम् र हल्दिया बन्दरगाहतर्फ आकर्षित भइरहेका बेला कोलकाताका प्रतिनिधिहरू नेपालमै आएर व्यवसायीलाई ‘कन्भिन्स’ गराउने प्रयासमा छन् । उनीहरूले कोलकाता बन्दरगाहमा सामान समयमै छुटाइदिने, विलम्ब शुल्क घटाउने तथा अन्य सहजीकरण गर्ने भन्दै नेपाली आयातकर्तालाई विशाखापट्टनम बन्दरगाहको विकल्प नरोज्न आग्रह गरेका छन् ।

1483
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २२, २०७४

नेपाल उद्योग परिसंघले अर्थमन्त्री डा. युवराज खतिवडा र उद्योगमन्त्री मातृका यादवसँग छुट्टाछुट्टै भेट गरी औद्योगिक वातावरण बनाउन आग्रह गरेको छ । खतिवडासँग शुक्रबार भेटेको परिसंघले यादवलाई आइतबार भेटेको हो ।

1194
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २२, २०७४

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा उद्योगधन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार केन्द्रित रहने बताएका छन् ।

1097
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २२, २०७४

पोखराका उद्योगी व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाहरूले लगातार ब्याजदर बढाइरहेको भन्दै आपत्ति जनाएका छन् । बैंक तथा वित्तीय संस्थाले आफू खुसी ब्याजदर बढाउँदा उत्पादनमूलक क्षेत्र तहस नहस हुने अवस्थामा पुग्न लागेको भन्दै उद्योगी व्यवसायीले बैंकको व्याजदर घटाई उत्पादनशील क्षेत्रमा लगानी गर्न माग गरेका हुन् ।

1104
कारोबार संवाददाता
सोमवार, फाल्गुन २१, २०७४

पछिल्लो समय अछामका विभिन्न ठाउँमा घरेलु तथा साना उद्योगमार्फत स्थानीय उत्पादनले बढावा पाएको छ । नेपाली कागज उत्पादन, अल्लोको कपडा उत्पादन र घरेलु हतियार उत्पादनले गति लिएको हो ।

1198
कारोबार संवाददाता
सोमवार, फाल्गुन २१, २०७४

खोटाङको धार्मिक तथा पर्यटकीय स्थल हलेसीमा होटल थपिने क्रम बढेको छ । मध्यपहाडी लोकमार्गको स्तरोन्नति एवं दूधकोसीमा बनेको पक्की पुलका कारण सहज आउजाऊको वातावरण बनेसँगै त्रि–धार्मिक स्थल हलेसीमा सुविधासम्पन्न होटल थपिने क्रम बढेको हो ।

1215