कारोबार संवाददाता
सोमवार, भदौ ११, २०७५

बजाज अटोको म्याक्सी–सी पिक अप लोडर भ्यानको विराटनगरमा बिक्री सुरु भएको छ । विराटनगरमा आयोजित एक कार्यक्रममा २ सय ३६ सीसीको फोर स्ट्रोक डीटीएस आई इन्जिनको पिकअप लोेडरले ५ सय १५ किलो तौल ग्रामको भारवहन गर्न सक्ने वितरक कम्पनी केशरीचन्द भवरलालले जनाएकोे छ ।

930
अनुपमा खनाल
सोमवार, भदौ ११, २०७५

स्वरोजगार बन्न चाहने युवालाई गोरखा नगरपालिकाले सघाउने भएको छ । लगानीको अभावमा बेरोजगार बसेका युवालाई स्थानीय स्तरमै रोजगारको व्यवस्था गर्नका लागि नगरपालिकाले सघाउने भएको हो । जसका लागि चालू आर्थिक वर्ष २९ लाख रुपैयाँको युवा उद्यमीकोष स्थापना गरिएको गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले बताए ।

811
मीनकुमार नवोदित
सोमवार, भदौ ११, २०७५

विराटनगरको प्रतिष्ठित औद्योगिक घराना काबरा समूहले ७० करोड रुपैयाँको लगानीमा चाउचाउ उत्पादन सुरु गरेको छ ।

2027
दीननाथ बराल
सोमवार, भदौ ११, २०७५

पर्यटकीय नगरी पोखरामा घर जग्गा अभाव भइरहेको अवस्थामा ४ सय ६४ अपार्टमेन्ट दुइटा भवनमा निर्माण हुने भएको छ । लिभ दि ड्रिम लाइफ उद्घोषका साथ बीएन्डबी हाउजिङ प्रालिले आगामी तीन वर्षमा पोखरा महानगरपालिका–१८ स्थित सेदीबगरमा ‘बीएन्डबी लेक भ्यू रिसोर्ट अपार्टमेन्ट’ निर्माण हुने भएको प्रालिका प्रवन्ध निर्देशक युवा व्यवसायी बिमल बसेलले बताए ।

2621
कारोबार संवाददाता
आइतवार, भदौ १०, २०७५

ग्राहकवर्गलाई लक्षित गरी युनाइटेड सिमेन्टले विशेष योजना ल्याएको छ, जसअन्तर्गत हरेक १५ बोरा युनाइटेड सिमेन्टको खरिदमा १ बोरा सिमेन्ट सित्तैमा पाउन सकिने कम्पनीले जनाएको छ ।

1124
कारोबार संवाददाता
आइतवार, भदौ १०, २०७५

यस नेपाल समुद्रपार निकासी पैठारी संघको ३९ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन संघका पूर्वअध्यक्ष सतिशकुमार मोरले गरेका थिए ।

1212
कारोबार संवाददाता
आइतवार, भदौ १०, २०७५

उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ र स्वीस सरकारको संयुक्त कार्यक्रम सहज (नेपाल कृषि बजार विकास कार्यक्रम) बीच सम्झौता भएको छ ।

2090
कारोबार संवाददाता
आइतवार, भदौ १०, २०७५

मागअनुसारको सुन सरकारले उपलब्ध गराउन नसकेपछि जिल्लाका सुनचाँदीपसलहरू बन्द भएका छन् । शुक्रबारदेखि आइतबारसम्मको लागि पसल बन्द भएका हुन् । व्यवसायीकाअुनसार आजभोलि दैनिक २÷३ किलो सुन आवश्यक पर्छ । तर, सरकारले महिनाको २ देखि ३ किलो सुन पठाउने गरेको छ । जिल्लामा सुनको अभाव भएपछि पसल बन्द गरिएको नेपाल सुनचाँदी व्यावसायी संघ दाङका अध्यक्ष विनोदकुमार विश्वकर्माले बताए ।

907
कारोबार संवाददाता
आइतवार, भदौ १०, २०७५

ग्रामीण क्षेत्रमा छरिएर रहेका उद्योगी व्यवसायीका समस्या बुभ्mन मोरङ व्यापार संघ विशेष अभियान सञ्चालन गरेको छ ।

803
कारोबार संवाददाता
शुक्रवार, भदौ ८, २०७५

नेपालगन्ज उद्योग वाणिज्य संघले जडिबुटी निकासीमा हालसम्म लिँदै आएको अतिरिक्त ५ प्रतिशत शुल्क हटाउने निर्णय गरेको छ । संघले अबदेखि सो शुल्क नलिने जनाएको हो । संघले जडिबुटी व्यवसायीलाई निकासीका लागि आवश्यक ‘सर्टिफिकेट अफ ओरिजन’ बापत लिँदै आएको ५ प्रतिशत अतिरिक्त शुल्क नलिने निर्णय गरेको हो । झन्डै २० वर्षदेखि लिइँदै आएको सो शुल्क नलिने निर्णय गरिएको नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले बताए । यस क्षेत्रका जडिबुटी व्यवसायीले करिब १५ वर्षदेखि सो अतिरिक्त शुल्क हटाउन माग गर्दै आएकोमा यसपटक सो शुल्क नलिने निर्णयमा संघ पुगेको उनले जनाए । जडिबुटी निकासीका लागि सर्टिफिकेट अफ ओरिजनको अधिकार सरकारले यस क्षेत्रका लागि नेपालगन्ज उद्योग वाणिज्य संघलाई दिएको छ । “नियमित शुल्कमा कटौती गरिएको होइन,” अध्यक्ष वैश्यले अतिरिक्त ५ प्रतिशत संघको भवनका लागि लिइँदै आएको रकम नलिने निर्णय गरिएको जानकारी दिँदै भने, “संघको आफ्नै भवन बनेको पनि निकै बर्ष भइसकेकाले त्यो रकम लिइरहनु न्यायोचित थिएन ।” संघले जडिबुटी निकासीमा प्रतिसयमा १७ पैसा लिँदै आएकोमा अबदेखि १२ पैसा मात्रै लिनेछ । भारत सरकारले समेत जडिबुटी निकासीमा विभिन्न करलगायत झन्झट थपेका कारण निकासी घट्दै गएकाले निकासीमा प्रोत्साहनको उद्देश्यले यो निर्णय गरिएको जनाउँदै निकासीका लागि सरकारले पनि प्रोत्साहनको नीति अघि सारोस् भन्ने आफ्नो उद्देश्य रहेको अध्यक्ष वैश्यले बताए । पछिल्ला दिनमा स्थानीय तहले बढाएको करको दर र दायराबारे पनि संघले सम्बन्धित निकायसँग छलफल र अन्तक्र्रिया गर्ने बैठकबाट निर्णय भएको उनले जानकारी दिए । “जन्मदेखि मृत्युसम्मका घटनादर्तामा मनपरी कर बढाइएको छ’, उनले भने, “यसले उद्योगी, व्यवसायी मात्रै होइन आम जनसाधारणलाई पनि ठूलो समस्या सिर्जना गरेकाले त्यसबारे छिट्टै नेपालगन्ज उपमहानगरपालिकासँग छलफल गरिने छ ।” व्यवसायी करबारे निरन्तर छलफलपछि निकास निकालेको संघले घटना दर्ता लगायतका करबारे पनि सुधार हुनेमा विश्वस्त रहेको अध्यक्ष वैश्यले बताए । नेपाल जडिबुटी व्यवसायी संघले अतिरिक्त शुल्क हटाइएकोमा खुशी व्यक्त गरेको छ । संघका अध्यक्ष मोहम्मद याकुब अन्सारीले उद्योग वाणिज्य संघको भवन धेरै वर्ष पहिले बनी सके पनि ५ प्रतिशत अतिरिक्त शुल्क लिँदै आएकोमा व्यवसायीलाई थप भार पर्दै आएकोमा अब सो भार नपर्ने बताए ।

1443
कारोबार संवाददाता
शुक्रवार, भदौ ८, २०७५

परराष्ट्रविद् तथा अर्थविद्हरूले यही भदौ १४ र १५ गते काठमाडौंमा हुने चौथो बिमस्टेक शिखर सम्मेलनलाई नेपालले अवसरका रूपमा उपयोग गर्नुपर्ने सुझाव दिएका छन् । काठमाडौंमा बिहीबार गरिएको साक्षात्कारमा उनीहरूले शिखर सम्मेलन नेपालका लागि अवसर भएकोसमेत बताए ।

1034
कारोबार संवाददाता
बुधवार, भदौ ६, २०७५

जुनिपर नेटवर्क एमएक्स सीरीजले वल्र्डलिंकलाई उच्च गतिको १०० जीबीईपीएस इथरनेट नेटवर्कलाई चयन गरेको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा जुनिपर नेटवर्कबारे जानकारी गराउँदै तीव्र गतिको नेटवर्क विस्तारमा आफूलाई अब्बल सावित गरेको बताएको छ ।

961
केदार दाहाल
बुधवार, भदौ ६, २०७५

यती एयरलाइन्स र तारा एयर मर्ज भएर एउटै कलसाइन नाममा उड्ने भएका छन् । आङछिरिङ शेर्पाको लगानी रहेको दुवै एयरलाइन्सलाई मर्ज गरेर एउटै नाममा सञ्चालनमा ल्याउन लागिएको हो । सन् २००९ बाट विकट र दुर्गम क्षेत्रमा उडान गर्न भन्दै यति एयरलान्सबाट छुट्याएर तारा एयरको नाममा सञ्चालन गरिएको थियो ।

5009
कारोबार संवाददाता
बुधवार, भदौ ६, २०७५

राष्ट्रिय व्यावसायिक पहल (एनबीआई)ले आगामी वर्ष काठमाडौंमा जिम्मेवार व्यवसाय सम्मेलन गर्ने भएको छ । एनबीआईको बाह्रौं वार्षिक साधारणसभामा अध्यक्ष पद्मज्योतिले सन् २०१९ को अगस्ट ८ र ९ मा तेस्रो जिम्मेवार व्यवसाय सम्मेलनको आयोजना गर्न लागिएको जानकारी दिए ।

973
कारोबार संवाददाता
मंगलबार, भदौ ५, २०७५

नेपालभरि १४ वटा सामसङका सेवा केन्द्रहरू भएको, आईएमएस केयरले आफ्नो १५ औं सेवा केन्द्र बिजी मल बालाजुमा सुरु गरेको छ । सो सेवा केन्द्रको उद्घाटन आईएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्रा, सामसङका कार्यकारी निर्देशक युबियम वोन र आईएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले गरे ।

776