कारोबार संवाददाता
बुधवार, फाल्गुन २३, २०७४

सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पाेरेसनले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई बोनस सेयर र नगद लाभांश दिने निर्णय कर्पोरेसनले गरेको हो ।कर्पाेरेसनको मंगलबार भएको ५१ औं साधारणसभाले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साल्ट ट्रेडिङले गत आर्थिक वर्ष ८ अर्ब ५८ करोडको कारोबार गर्दै ७६ करोड ९३ लाख मुनाफा आर्जन गरेको थियो । यो कारोबार रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब ७५ करोड रुपैयाँ बढी हो ।

1331
सरस्वती ढकाल
बुधवार, फाल्गुन २३, २०७४

नेपाली आयातकर्ताहरूले कोलकाता बन्दरगाहको विकल्प खोज्न थालेपछि बन्दरगाह व्यवस्थापनले हाल उत्पन्न समस्याहरूको सहज व्यवस्थापन गरिदिने आश्वासन दिएको छ । व्यवसायीहरू कोलकाताको विकल्पका रूपमा विशाखापट्टनम् र हल्दिया बन्दरगाहतर्फ आकर्षित भइरहेका बेला कोलकाताका प्रतिनिधिहरू नेपालमै आएर व्यवसायीलाई ‘कन्भिन्स’ गराउने प्रयासमा छन् । उनीहरूले कोलकाता बन्दरगाहमा सामान समयमै छुटाइदिने, विलम्ब शुल्क घटाउने तथा अन्य सहजीकरण गर्ने भन्दै नेपाली आयातकर्तालाई विशाखापट्टनम बन्दरगाहको विकल्प नरोज्न आग्रह गरेका छन् ।

1254
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २२, २०७४

नेपाल उद्योग परिसंघले अर्थमन्त्री डा. युवराज खतिवडा र उद्योगमन्त्री मातृका यादवसँग छुट्टाछुट्टै भेट गरी औद्योगिक वातावरण बनाउन आग्रह गरेको छ । खतिवडासँग शुक्रबार भेटेको परिसंघले यादवलाई आइतबार भेटेको हो ।

1033
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २२, २०७४

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा उद्योगधन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार केन्द्रित रहने बताएका छन् ।

904
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २२, २०७४

पोखराका उद्योगी व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाहरूले लगातार ब्याजदर बढाइरहेको भन्दै आपत्ति जनाएका छन् । बैंक तथा वित्तीय संस्थाले आफू खुसी ब्याजदर बढाउँदा उत्पादनमूलक क्षेत्र तहस नहस हुने अवस्थामा पुग्न लागेको भन्दै उद्योगी व्यवसायीले बैंकको व्याजदर घटाई उत्पादनशील क्षेत्रमा लगानी गर्न माग गरेका हुन् ।

910
कारोबार संवाददाता
सोमवार, फाल्गुन २१, २०७४

पछिल्लो समय अछामका विभिन्न ठाउँमा घरेलु तथा साना उद्योगमार्फत स्थानीय उत्पादनले बढावा पाएको छ । नेपाली कागज उत्पादन, अल्लोको कपडा उत्पादन र घरेलु हतियार उत्पादनले गति लिएको हो ।

1042
कारोबार संवाददाता
सोमवार, फाल्गुन २१, २०७४

खोटाङको धार्मिक तथा पर्यटकीय स्थल हलेसीमा होटल थपिने क्रम बढेको छ । मध्यपहाडी लोकमार्गको स्तरोन्नति एवं दूधकोसीमा बनेको पक्की पुलका कारण सहज आउजाऊको वातावरण बनेसँगै त्रि–धार्मिक स्थल हलेसीमा सुविधासम्पन्न होटल थपिने क्रम बढेको हो ।

734
कारोबार संवाददाता
आइतवार, फाल्गुन २०, २०७४

हातले बुनेको ऊनीको गलैंचा र जडीबुटी निर्यातकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष्यका साथ व्यापार तथा निर्यात प्रबद्र्धन केन्द्र (टीईपीसी) र अन्तर्राष्ट्रिय व्यापार केन्द्रले (आईटीसी) ले संयुक्त रूपमा ‘चीनमा निर्यात कसरी गर्ने’ भन्ने विषयमा पोखरामा तालिम सञ्चालन गरेको छ ।

675
कारोबार संवाददाता
आइतवार, फाल्गुन २०, २०७४

नेपाल निर्माण तथा समृद्ध श्रमिक संघ (काउन) मा आबद्ध देशभरका मजदुर नेता पोखरामा भेला भएका छन् । संघको आइतबार र सोमबार पोखरामा हुने तेस्रो राष्ट्रिय अधिवेशनमा सहभागी हुन देशभरबाट करिब ३ सय ६१ जना मजदुर नेता पोखरामा भेला हुने भएको शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

810
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन १८, २०७४

यस क्षेत्रका निर्माण व्यवसायीहरूले सरकारी नीति, नियमका कारण आफूहरू मर्कामा परेको गुनासो गरेका छन् । अव्यावहारिक नीतिकै कारण आफूहरूलाई काम गर्न समस्या भइरहेको उनीहरूले बताएका छन् ।

987
कारोबार संवाददाता
बिहिवार, फाल्गुन १७, २०७४

‘कोकाकोला मोःमोत्सव २०१८’ क्याम्पेन सफलतापूर्वक सम्पन्न भएको छ । जनवरी १५ बाट सुरु भएको यो महोत्सव करिब ढेड महिना सञ्चालन भएको थियो । यो मोःमोत्सव कोकाकोलाले २०१६ बाट सुरु गरेको हो ।

865
कारोबार संवाददाता
मंगलबार, फाल्गुन १५, २०७४

‘पाल्पामा कृषि, पर्यटन, उद्योग र व्यापार, अवसर र संभावना छ अपार’ भन्ने मूल नाराका साथ प्रदेश स्तरीय महोत्सवले १३ करोडको कारोबार गर्दै सकिएको छ । फागुन ३ गतेदेखि सुरु भएको महोत्सवमा ३ लाख दर्शकले अवलोकन गरेको १३ करोड बढीको कारोबार भएको महोत्सव संयोजक तथा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताए ।

849
कारोबार संवाददाता
मंगलबार, फाल्गुन १५, २०७४

रामपुर–६ विजयपुरका एक युवाले विदेशबाट फर्केर गाउँमै इँटा यद्योग सञ्चालन गरेका छन् । खाडीमुलुक कतारमा रोजगारीका लागि गएर फर्किएका युवा सीताराम देवकोटाले पाँच वर्षदेखि इँटा यद्योग सञ्चालन गरेका हुन् । पैसा कमाउन भनेर कतार गएको थिए, देवकोटाले भने त्यहाँ अत्याधिक गर्मी र बढी श्रम गर्नुपर्ने भएकाले स्वदेशमा नै गएर केही गरौंला भनेर आएको हुँ ।

1418
कारोबार संवाददाता
सोमवार, फाल्गुन १४, २०७४

राजधानीमा एसिया प्यासिफिक इन्टरनेट समिट (एप्रिकोट–२०१८) नेपालमा सुरु भएको छ । यतिवेला विश्वभरबाट १ हजारभन्दा धेरै प्रतिनिधि सहभागिताका लागि नेपाल आएका छन् । सम्मेलनमा ६५ देशका इन्टरनेटको पृष्ठभूमिमा बसेर काम गर्ने प्रतिनिधिको सहभागिता रहेको एनपीआइएक्सका अध्यक्ष गौरवराज उपाध्यायले जानकारी दिए ।

1463
कारोबार संवाददाता
आइतवार, फाल्गुन १३, २०७४

नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक विकासका कार्यक्रम ल्याउन सरकारसँग माग गरेको छ । महासंघले आर्थिक समृद्धिको सपना साकार पार्न तत्काल नयाँ कार्यक्रमको माग गरेको हो । महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गएको प्रतिनिधिमण्डलले यस्तो माग गरेको हो ।

896