कारोबार संवाददाता
बुधवार, आश्विन २४, २०७५

५० करोड बढी लगानी गरिसकेको सिद्धार्थ ग्रुपअफ हस्पिटालिटीद्वारा सञ्चालित नेपालगन्जस्थित होटल सिद्धार्थ भ्यूले चारतारे होटलको मान्यता पाएको छ ।

3336
कारोबार संवाददाता
बुधवार, आश्विन २४, २०७५

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले ‘डिजिटल परिवर्तनतर्पm पाईला उन्मुख’ मूल नाराका साथ ४२ आंै वार्षिक साधारणसभा ‘यही अक्टोबर ८ तारिकका दिन बूढानिलकण्ठस्थित पार्क भिजेल होटेलमा भव्यताका साथ सम्पन्न गरेको छ ।

935
कारोबार संवाददाता
बुधवार, आश्विन २४, २०७५

नेपालका लागि युरोपियन युनियनका राजदूत वेरोनिका कोडीले नेपालको हवाई यातायातलाई कालोसूचीबाट हटाउन आफूले पहल गर्ने कुरा बताएका छन् । नेपाल चेम्बर अफ कमर्सद्वारा मंगलबार राजधानीमा आयोजित ‘व्यापार, पर्यटन तथा लगानीको सम्बद्र्धनमा नेपाल–युरोपियन युनियन आर्थिक सम्बन्धका सम्भावना’ विषयक अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

759
सरस्वती ढकाल
बुधवार, आश्विन २४, २०७५

एक दशक अघिसम्म उद्योगीले श्रमिकको आन्दोलनकै कारण व्यवसाय बन्द हुने गर्दथे । उद्योगीले श्रमिकको कारण व्यवसाय चलाउन सकिएन भन्दै सरकारसम्म पुग्दथे भने श्रमिकले पनि व्यवसायीमाथि श्रम शोषण गरेको आरोप लगाउँदै सरकार गुहार्ने गर्दथे । अन्त्यमा सरकार, निजी क्षेत्र र श्रमिक संगठन बसेर जेनतेन समस्यालाइ किनारा लगाउने काम गरिथ्यो । तर, अहिले समय परिवर्तन भएसँगै उद्योगी व्यवसायी तथा श्रमिकबीचको सम्बन्ध निकै राम्रो भएको छ ।

1155
रासस
मंगलबार, आश्विन २३, २०७५

दाङमा अर्को सिमेन्ट उद्योगले उत्पादन शुरु गरेको छ । यसअघि दाङको घोराहीबाट सगरमाथा सिमेन्ट र दूधरासबाट सोनापुर सिमेन्ट उत्पादन हँुदै आएको थियो भने अहिले लमहीबाट गजराज सिमेन्ट उत्पादन शुरु भएको छ ।

2610
कारोबार संवाददाता
मंगलबार, आश्विन २३, २०७५

सरकारले पाँच दिनभित्र उखु उत्पादक किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई कारबाही गर्ने चेतावनी दिएको छ । पटक–पटक ताकेता गर्दा पनि उद्योगीले किसानलाई रकम वितरण नगरेकाले पाँच दिनभित्र भुक्तानी नगर्ने उद्योगीलाई पक्राउ गरी कारबाही गर्ने तयारी गरेको हो । सोमबार बसेको पाँच मन्त्रीको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

1120
कारोबार संवाददाता
मंगलबार, आश्विन २३, २०७५

साना, मझौंला र मध्यम उद्यमीलाई प्राविधिमार्फत वित्तीय स्रोतसम्म पहुँच दिलाउन युके एडको एक्सेस टु फाइनान्स कार्यक्रम (सक्षम) सँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेसनल प्रालिले ‘अनलाइन रिभर्स फ्याक्टरिङ प्ल्याटफर्म’ तयार पारेको छ ।

933
कारोबार संवाददाता
मंगलबार, आश्विन २३, २०७५

पसलहरूमा सामान खरिद गर्दा कार्यालय प्रयोजन बाहेक विल प्रयोग गर्ने उपभोक्ताहरू प्रायः थोरै नै भेटिन्छन् । तर लमजुङमा बिक्री वितरणका लागि सामान खरिद गर्ने साना तथा ठूला व्यपारीहरू पनि आधिकारिक बिल बिनानै सामान खरिद गर्ने गरेको भेटिएका छन् ।

1122
कारोबार संवाददाता
सोमवार, आश्विन २२, २०७५

जग्गाको चक्लाबन्दी गरेर कृषिको आधुनिकीकरण र औद्योगिकीकरण गर्नुपर्नेमा उद्योगी व्यवसायीहरूले जोड दिएका छन् । कृषि क्षेत्रको उत्पादन वृद्धि नगरेसम्म आयात प्रतिस्थापन गर्न नसकिने उनीहरूको भनाइ छ । उनीहरूले उद्योगसँग कृषिलाई नजोडेसम्म आयात प्रतिस्थापन गर्न नसकिने दाबी गरे ।

978
कारोबार संवाददाता
सोमवार, आश्विन २२, २०७५

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले चिनीको अभाव नभएको र बजार भाउ पनि नबढेको दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आइतबार गरेको साक्षात्कारमा मन्त्री यादवले उपभोक्ताले सस्तो मूल्यमा आवश्यक सामग्री खोज्नु स्वभाविक भएको भन्दै अहिले चिनीको कुनै अभाव नरहेको बताएका हुन् ।

1132
कारोबार संवाददाता
सोमवार, आश्विन २२, २०७५

काठमाडौंको चाबहिलमा रहेको अत्याधुनिक सपिङ सेन्टर चाबहिल प्लाजाले दसँै कार्निभल योजना सञ्चालनमा ल्याएको छ । विजयदशमी तथा दीपावलीको अवसर पारेर प्लाजाले आकर्षक छुट र उपहारसहित दसैं कार्निभल योजना सञ्चालनमा ल्याएको हो ।

994
कृष्ण न्यौपाने
सोमवार, आश्विन २२, २०७५

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ साँखरमा २ करोड रुपैयाँको लगानीमा स्थापना भएको नेपाली कागज उद्योगबाट दैनिक ५ हजार कागज उत्पादन भइरहेको छ ।

2010
कारोबार संवाददाता
सोमवार, आश्विन २२, २०७५

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको विकास र समृद्धिका लागि चीनसँग जोडिएका गोरखा जिल्लाका उत्तरी नाकाहरू खोल्न पहल भइरहेको बताएका छन् । गोरखा चेम्बर अफ कमर्सद्वारा आयोजित ‘दसैं सस्तो बजार तथा सडक मेला–२०७५’ लाई शनिबार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

1074
कारोबार संवाददाता
आइतवार, आश्विन २१, २०७५

विभिन्न खालका ईञ्जिनको लागि अत्यन्तै उपयोगी मनिएको भारतीय कम्पनीको उत्पादन केमपोल लुब्रिकेन्टको नेपालगन्जमा बिक्रि बितरण सुुरु गरिएको छ ।

793
विप्लव काफ्ले
आइतवार, आश्विन २१, २०७५

दुर्घटनामा परेका घाइतेको उद्धार संयन्त्र प्रभावकारी बनाउन सडक सुरक्षा अभियान्ताहरूले आग्रह गरेका छन् । नेपाल अटोमोबाइल्स एसोसियसन (नासा) प्रदेश नम्बर ३ ले नारायणगढमा शनिबार आयोजना गरेको सवारी दुर्घटनामा परेकाको उद्धारका लागि स्वयंसेवा तालिममा उनीहरूले सडक सुरक्षा सुधार गर्न तीनै तहका सरकारले कदम चाल्नुपर्ने सुझाएका छन् ।

1785