कारोबार संवाददाता
मंगलबार, भदौ २६, २०७५

नेपाल उद्योग वाणिज्य महासंघकले संघीय संसद्मा छलफलको क्रममा रहेको उपभोक्ता संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका केही व्यवस्थाहरू समय सान्दिर्भक नभएको भन्दै सुधार गर्न माग गरेको छ ।

1198
लक्ष्मी सापकोटा
मंगलबार, भदौ २६, २०७५

सरकारले दशैंलाई लक्षित गरेर गरेर असोज दोस्रो सातादेखि सहुलियत पसल सञ्चालन गर्ने तयारी गरेको छ । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि असोज दोस्रो सातादेखि दशैं बजार सञ्चालन गर्ने तयारी गरिएको हो ।

1553
कारोबार संवाददाता
मंगलबार, भदौ २६, २०७५

सरकारले प्रोबायोटिक इन्डष्ट्रिज प्रालिको उत्पादनमा तोकिएको मापदण्डभन्दा उच्च मात्रामा ‘फ्याट्टी एसिड’ भेटिएको दाबी गरे पनि गुणस्तर संकलनकै क्रममा बदमासी गरिएको पाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसमेतको उपस्थितिमा भएको गुणस्तर संकलन गर्दा तयारी उत्पादनको नभइ प्रशोधनकै क्रममा रहेको तेलको गरिएको खुलेको छ ।

2922
कारोबार संवाददाता
सोमवार, भदौ २५, २०७५

गुणस्तर प्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिने क्रममा नेपालकैं नं. १ ओपीसी सिमेन्ट बन्न सफल शिवम् सिमेन्टले ‘शिवम्ं’ ओपीसी सिमेन्टलाई नेपाली बजारमा ल्याएको छ । मजबुत तथा दिगो निर्माणको लक्ष्य बोकी वर्षाैंदेखि ग्राहकहरूलाई गुणस्तरीय सिमेन्ट पस्कँदै आएको यस शिवम् सिमेन्ट लिमिटेडले ‘शिवम्ं’ ओपीसी सिमेन्टमार्फत उपभोक्ताहरूलाई थप उत्कृष्ट गुणस्तर प्रदान गर्ने उद्देश्य लिएको छ ।

850
कारोबार संवाददाता
सोमवार, भदौ २५, २०७५

वीरगन्जमा उद्योग स्थापना गरी सिमेन्ट उत्पादन गर्दै आएको इन्टरनेसनल सिमेन्ट प्रालिको ‘ओम’ ब्रान्डको सिमेन्टको नेपाल गुणस्तर चिह्न (एनएस) निलम्बनमा परेको छ ।

1722
कारोबार संवाददाता
सोमवार, भदौ २५, २०७५

सीजी ग्रुपले बंगलादेशमा वाईवाई चाउचाउ उत्पादन गर्ने भएको छ । भारतलगायतका विभिन्न मुलुकमा प्लान्ट स्थापना गरी चाउचाउ उत्पादन गर्दै आएको सीजी ग्रपले आगामी महिना अर्थात् जुनदेखि बंगलादेशमा स्थापना भएको प्लान्टबाट उत्पादन गर्न भएको हो ।

3509
कारोबार संवाददाता
सोमवार, भदौ २५, २०७५

हाम्रै नेपाली कलाकारहरू ¥यापर लाहुरे र गायक बिपुल क्षेत्रीको विश्वव्यापी कलाकारहरू ‘डिप्लो’ र ‘मो’ सँग सहकार्य गराई टुबोर्गले टुबोर्ग ओपन म्युजिक भिडियो सार्वजनिक गरेको छ ।

1011
कारोबार संवाददाता
सोमवार, भदौ २५, २०७५

होटल व्यवसायी संघ बाराको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । बाराको अमलेखगञ्जमा शनिबार सम्पन्न होटल व्यवसायी संघ बाराको दोस्रो साधारणसभा तथा प्रथम अधिवेशनले नया कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

949
कारोबार संवाददाता
आइतवार, भदौ २४, २०७५

नेपाल डिस्टिलरीले आफ्नो ‘खुकुरी रम एक्सएक्सएक्स सन डाउन अफेयर’ श्रृंखलाअन्तर्गतको कार्यक्रम ८ सेप्टेम्बर शनिबारको दिन ललितपुरस्थित द फोयरमा आयोजना गर्ने जानकारी दिएको छ ।

1804
कारोबार संवाददाता
आइतवार, भदौ २४, २०७५

डेढ करोड बढीको लगानीमा दाङको घोराहीमा सुविधासम्पन्न टि–मार्ट सञ्चालनमा आएको छ । खानाका विभिन्न परिकारका सहित घरेलु उपभोगका लागि आवश्यक सामग्रीहरू एउटै छानामुनि पाइने गरी घोराही उप–महानगरपालिका–१५ क्याम्पस रोडको भिग्रेली चोकमा टि–मार्ट सञ्चालनमा आएको हो ।

862
कारोबार संवाददाता
आइतवार, भदौ २४, २०७५

नेपाल महिला चेम्बर, व्यापार समितिले भदौ २३ गते शनिबार तीज स्पेसल फेस्टा–२०१८ को आयोजना गरेको छ । जमलस्थित चेम्बर भवनमा आयोजित सो मेलाको उद्घाटन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले गरेकी छन् । मेलाको उदुघाटनपश्चात् मन्त्री थापाले मेलाको अवलोकनसमेत गरिन् ।

789
सरस्वती ढकाल
आइतवार, भदौ २४, २०७५

सरकारले मुलुक सिमेन्टमा आत्मनिर्भरनजिक रहेको दावी गरिरहे पनि तयारी सिमेन्ट तथा यसको कच्चा पदार्थ क्लिङ्करको आयात भने बर्सेनि बढ्दै गइरहेको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७४-७५ मा ३१ अर्ब १७ करोड रुपैयाँ बराबरको तयारी सिमेन्ट तथा क्लिङ्कर आयात भएको छ ।

1374
कारोबार संवाददाता
शुक्रवार, भदौ २२, २०७५

पञ्चकन्या ग्रुपले आफ्नो ४६ औं वार्षिकोत्सव तथा ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको ८८ औं जन्मोत्सव भदौ १७ गते एक कार्यक्रमको आयोजना गरी मनाएको छ ।

1046
कारोबार संवाददाता
शुक्रवार, भदौ २२, २०७५

मुगुमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको चरम अभाव भएको छ । नाग्म–गमगढी सडकखण्डका विभिन्न स्थानमा पहिरो गएर ४५ दिनदेखि सडक अबरुद्ध भएपछि ढुवानी गर्न नसक्दा दैनिक उपभोग्य वस्तुको चरम अभाव भएको हो ।

820
कारोबार संवाददाता
शुक्रवार, भदौ २२, २०७५

सरकारले लागू गरेको न्यूनतम पारिश्रमिक मोरङ–सुनसरी औद्योगिक क्षेत्रका मजदुरहरूले अझै पाएका छैनन् । सरकारले साउन १ गतेदेखि लागू हुने गरि मजदुरको न्यूनतम पारिश्रमिक वृद्धि गरेको थियो । तर, हालसम्म पनि नपाउँदा मजदुरहरू आन्दोलनको मनस्थितिमा पुगेका छन् ।

752