कारोबार संवाददाता
सोमवार, माघ २२, २०७४

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुसन्धानकै क्रममा अनावश्यक प्रचार गरेकोप्रति नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले ध्यानाकर्षण भएको जनाएको छ ।

772
कारोबार संवाददाता
सोमवार, माघ २२, २०७४

नेपाल भन्सार एजेन्ट संघ भैरहवाको अध्यक्षमामा असिम न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । शनिबार भैरहवामा सम्पन्न भन्सार एजेन्ट संघ भैरहवाको ९ आंै अधिवेशन तथा २१ औं साधारणसभाबाट न्यौपानेको अध्यक्षतामा सबै पदाधिकारी तथा सदस्यहरू निर्विरोध चयन भएका हुन् ।

692
कारोबार संवाददाता
आइतवार, माघ २१, २०७४

बर्जर पेन्ट्स नेपालले रोटरी डिस्ट्रिक्ट ३२९२ रोटरी नेपाल लिटरेसी मिसन लाई सघाउने भएको छ । बर्जर पेन्ट्स नेपालले यस मिसनअन्तर्गत नयाँ तथा पुनर्निर्माण गरिने लगभग ३ हजार विद्यालय रंगाउनका लागि विशेष सहुलीयत मूल्यमा पेन्ट उपलब्ध गराउने भएको हो ।

819
कारोबार संवाददाता
आइतवार, माघ २१, २०७४

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा योगेन्द्रनाथ कर्माचार्य विजयी भएका छन् । शनिबार विहान सम्पन्न मतगणनामा डोलनाथ खनाललाई २६७ मतान्तरले पराजित गर्दै कर्माचार्य आगामी ३ वर्सो कार्यकालका लागि महासंघको अध्यक्षमा निर्वाचित भएका हुन् ।

947
कारोबार संवाददाता
आइतवार, माघ २१, २०७४

हवाई इन्धनको मूल्य बढेसँगै वायुसेवा सञ्चालकहरूले हवाई भाडा बढाउने भएका छन् । सोमबारबाट लागू हुने गरी शुक्रबारनै निर्णय गरेको नेपाल वायुसेवा सञ्चालक संघ (आयोन) ले जनाएको छ ।

3110
कारोबार संवाददाता
शुक्रवार, माघ १९, २०७४

सार्क राष्ट्रका लेखा व्यवसायीहरूको संगठन दक्षिण एसियाली लेखा व्यवसायी महासंघ (साफा) ले सन् २०१६ मा उत्कृष्ट वार्षिक प्रतिवेदन पेस गर्ने एक दर्जन कम्पनीलाई विभिन्न पदकबाट सम्मान गरेको छ । साफा सम्मेलन–२०१८ अन्तर्गत बुधबार भएको कार्यक्रममा महालेखा परीक्षक टंकमणी शर्मा र अर्थसचिव शंकर अधिकारीले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गर्ने साफा सदस्य देशका कम्पनीहरूलाई सम्मान गरे ।

978
कारोबार संवाददाता
शुक्रवार, माघ १९, २०७४

सिमेन्ट उद्योगको मुख्य कच्चा पदार्थ क्लिंकर आयातमा देखिएको समस्याका कारण नेपाली सिमेन्ट उद्योगहरूले भोग्नुपरेको समस्यालाई उच्च प्राथमिकतामा राखेर कूटनीतिक पहल गर्न नेपाल सरकारलाई सिमेन्ट उद्योगीहरूले माग गरेका छन् ।

735
कारोबार संवाददाता
शुक्रवार, माघ १९, २०७४

कैलालीको मोह्याल गाउँपालिकाका स्थानीयवासीले सार्वजनिक यातायातमा सवार गरेबापत तोकेभन्दा दोब्बर भाडा तिर्ने गरेका छन् । मोह्न्याल गाउँपालिकामा भौगलिक असहजता र सडकको पहुँच सहजै नपुग्दा सार्वजनिक यातायातले मनोमानी रूपले तोकेभन्दा दोब्बर भाडा लिने गरेका हुन् । पहलमानपुरको डोके बजारबाट ५२ किलोमिटर रहेको मोह्न्यालको खिमडी पुग्न स्थानीयवासीले १ हजार ५० रुपैयाँ तिर्ने गरेका छन् ।

1489
कारोबार संवाददाता
शुक्रवार, माघ १९, २०७४

सार्क राष्ट्रका लेखा व्यवसायीहरूको संगठन दक्षिण एसियाली लेखा व्यवसायी महासंघ (साफा) ले सन् २०१६ मा उत्कृष्ट वार्षिक प्रतिवेदन पेस गर्ने एक दर्जन कम्पनीलाई विभिन्न पदकबाट सम्मान गरेको छ । साफा सम्मेलन–२०१८ अन्तर्गत बुधबार भएको कार्यक्रममा महालेखा परीक्षक टंकमणी शर्मा र अर्थसचिव शंकर अधिकारीले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गर्ने साफा सदस्य देशका कम्पनीहरूलाई सम्मान गरे ।

773
कारोबार संवाददाता
बिहिवार, माघ १८, २०७४

सप्तरी जिल्लास्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको अवस्था अहिले सुधारोन्मुख बन्दै गएको छ । जिल्ला सदरमुकामको छेउमै राजविराज–रुपनी सडकखण्डस्थित रुपनी गाउँपालिका–५ बसबिट्टीमा पर्ने यो औद्योगिक क्षेत्रमा अहिले विस्तारै उद्योगहरू खुल्न थालेका हुन् ।

1291
मीनकुमार नवोदित
बिहिवार, माघ १८, २०७४

विराटनगर–११ मा निर्माणाधीन बस टर्मिनको निर्माण अन्तिम चरणमा पुगेको छ । वैशाखको पहिलो साताभित्रै निर्माण कार्य पूरा गरेर महानगरलाई हस्तान्तरण गर्ने गरी निर्माण कम्पनीले तीव्र रूपमा काम अगाडि बढाइरहेको छ ।

2792
कारोबार संवाददाता
बिहिवार, माघ १८, २०७४

प्रदेश ५ कै पहिलो आधुनिक पशु बधशाला निर्माण सम्पन्न भएको दुई वर्षमा पनि सञ्चालनमा आउन सकेको छैन । समयमै सञ्चालनमा आउन नसक्दा बधशालाको भवन जीर्ण बन्न थालेको छ । सुरक्षाको अभावमा भवनका झ्यालका अधिकांश शिशाहरू फुटाइएका छन् । बधशाला भवन झाँडीले ढाक्न थालेको छ ।

1286
कारोबार संवाददाता
बुधवार, माघ १७, २०७४

रामेछाप स्थायी घर भएको नखिपोट बस्दै आएकी प्रेमा सुनुवारले सुनुवारको पहिचान झल्काउने विभिन्न किसिमको ऊनबाट बन्ने सामग्रीहरू बुनेर मासिक १० हजारदेखि ३० हजार रुपैयाँसम्मको आम्दानी गर्छिन् । सुनुवारको पहिचान झल्काउनेमा महिलाको झुम्का थैली, सियो बोक्ने झुम्का, कम्बरी, चारअनी, आठअनी र पुरुषको कम्बरी र जालीरुमाल बुन्ने कार्य गर्छन् ।

1887
कारोबार संवाददाता
बुधवार, माघ १७, २०७४

नेपालमै पहिलो पटक बेबी डायपर(बच्चाको नेपकिन कट्टु)को उत्पादन सुरु भएको छ । एजी हेल्थ इन्डस्ट्रिज प्रालिले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ मधवलियामा उद्योग स्थापना गरी ‘सगुन बेबि पोको प्यान्टस’ ब्रान्डमा डायपरहरूको परीक्षण उत्पादनपछि व्यावसायिक उत्पादन सुरु गरेको उद्योगका अध्यक्ष तिलकप्रसाद अधिकारीले बताए ।

3757
कारोबार संवाददाता
मंगलबार, माघ १६, २०७४

उद्योगपति विनोद चौधरीले युवावस्थामै व्यवस्थापन सम्हालेको पहिलो उद्योग हुन्–पशुपति बिस्कुट र महालक्ष्मी मैदा मिल । वि. सं. २०२८ र २०३१ मा उनका पिता लुनकरणदास चौधरीले स्थापना गरेका यी उद्योगको नेतृत्व सानै उमेरमा चौधरीले नै गरेका थिए ।

4347