कारोबार संवाददाता
सोमवार, माघ २९, २०७४

युवा उद्यमी विश्वास ढकाल यस वर्षको बेस्ट म्यानेजर अफ दि इयर भएका छन् । नेपाल व्यवस्थापन संघ (म्यान)ले काठमाडौंमा आयोजित एक कार्यक्रममा आइतबार बेस्ट म्यानेजर अफ दि इयर २०१७ को अवार्ड एफवान सफ्टका प्रेसिडेन्ट ढकाललाई प्रदान गरेको हो । म्यानले हरेक वर्ष बेस्ट म्यानेजर अफ दि इयर अवार्ड दिने गर्छ ।

1336
कारोबार संवाददाता
आइतवार, माघ २८, २०७४

नेपाली मौलिक खानाको अन्तर्राष्ट्रियकरण गर्ने अभियान स्वरूप स्वदेशी सेफहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण दिइएको छ । अन्तर्राष्ट्रिय स्तरमा प्रसिद्ध सिंगापुरका सेफ डा. रिक स्टेफानले पकवान शास्त्र कलाबारे नेपाली सेफलाई प्रशिक्षण दिएका हुन् । नेपाली खानालाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले पहिलोपटक अन्तर्राष्ट्रिय पकवान शास्त्र प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको आयोजक मध्येको एक होटल संघ नेपाल (हान)ले जनाएको छ ।

1344
कारोबार संवाददाता
आइतवार, माघ २८, २०७४

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको २१ औं वार्षिकोत्सवको अवसरमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र चार्टर्ड इन्स्टिच्युट अफ पब्लिक फाइनान्स एन्ड एकाउन्टेन्सी (सिप्फा) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । काठमाडौंमा हालै आयोजित नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको वार्षिकोत्सवका अवसरमा उक्त समझदारीपत्रमा हस्ताक्षर भएको संस्थाका अध्यक्ष प्रकाशजंग थापाले बताए ।

987
कारोबार संवाददाता
शुक्रवार, माघ २६, २०७४

नेपालको ४ नम्बर प्रदेश गण्डकी अञ्चलअन्तर्गत पर्ने स्याङ्जा जिल्ला एक सुगम पहाडी जिल्ला हो । जिल्लाको सदरमुकाम पुतलीबजार समुद्री सहतबाट ८ सय ५० मिटरको उचाइमा छ । समुद्र सतहबाट न्यूनतम ३ सय ६६ (चापाकोट नगरपालिकाको केलादीघाट) र अधितम २ हजार ५ सय १२ मिटर (पञ्चासेको लेक) उचाइमा रहेको छ । जिल्लाको पूर्व तनहु“, पश्चिममा गुल्मी, उत्तरमा पर्वत र कास्की तथा दक्षिणमा कालिगण्डकी नदीस“ग पाल्पा जिल्लासग छुट्टिएको छ ।

2040
कारोबार संवाददाता
शुक्रवार, माघ २६, २०७४

एनसेलका ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असिमित कुराकानीका साथै निरन्तर भिडियो च्याटको मज्जा लिन सक्नेछन् । नजिकिँदै गरेको प्रणय दिवसको अवसरमा एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकका लागि असीमित भ्वाइस प्याक र डेटा प्याकसहितको भ्यालेन्टाइन अफर ल्याएको छ, जसले ग्राहकलाई आफ्ना प्रियजनसँग निरन्तर कुराकानी तथा भिडियो च्याट गर्दै अझै नजिक हुन सहज बनाउनेछ ।

1133
कारोबार संवाददाता
शुक्रवार, माघ २६, २०७४

नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) ले स्प्रिङ अफर ल्याएको छ । यो योजना बिहीबारदेखि लागू भई आगामी वैशाख २५ गतेसम्म कायम रहने कम्पनीले जनाएको छ । जीएसएम तथा सीडीएमए मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिनेछ । कम्पनीले यसअघि उपलब्ध गराएका विभिन्न प्याकेजमा १४ प्रतिशत थप बोनस डाटा उपलब्ध गराएको कम्पनीले जनाएको छ । अब थप बोनससमेत गरी अल टाइम डाटा प्याकअन्तर्गत १० रुपैयाँमा तीन दिनसम्म चौबीसै घण्टा उपभोग गर्न पाउने गरी २३ एमबी डाटा उपलब्ध हुनेछ ।

1172
कारोबार संवाददाता
शुक्रवार, माघ २६, २०७४

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले सहकारी संस्थाहरूमा कालोधन नभएको दाबी गरेका छन् । अधिकांश सहकारीले राम्रो काम गरिरहेको भन्दै उनले सम्पति शुद्धीकरण निवारण निर्देशनबाट आत्तिनु नपर्ने बताए ।

848
कारोबार संवाददाता
शुक्रवार, माघ २६, २०७४

भैरहवास्थित विशेष आर्थिक क्षेत्रमा उद्योग सञ्चालन गर्न प्रक्रिया अगाडि बढाएका कम्पनीहरूमध्ये निर्धारित समयभित्र झन्डै आधामात्र सम्पर्कमा आएका छन् । उद्योग स्थापनाका लागि प्रारम्भिक सम्झौता गरेका १९ मध्ये ११ उद्योगले मात्र सम्झौताका लागि आवेदन दिएको विशेष आर्थिक क्षेत्र विकास समितिले जानकारी दिएको छ । अन्य उद्योगका लागि पुनः १५ दिनको समय दिएर सम्झौतामा आउन सूचित गरिने जनाइएको छ ।

1711
कारोबार संवाददाता
बुधवार, माघ २४, २०७४

नेपाल चेम्बर अफ कमर्स र भारतको कन्फेडेरेसन अफ वेष्ट बंगाल ट्रेड एसोसिएसनबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । भारतको कोलकातामा भएको एक कार्यक्रमवीच दुई पक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपाल चेम्बरको तर्फबाट अध्यक्ष राजेशकाजी श्रेष्ठ र एसोसिएसनका तर्फबाट अध्यक्ष सुशील पोद्धारले हस्ताक्षर गरेका छन् ।

899
कारोबार संवाददाता
बुधवार, माघ २४, २०७४

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले उत्तराखण्डका व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेकी छिन् । दोस्रो नेपाल–भारत व्यापार मेला तथा पर्यटन महोत्सव–२०१८ का अवसर अध्यक्ष राणाले व्यवसायीहरूलाई आग्रह गरेकी हुन् । निकासी योग्य वस्तुको पहिचान एवं बजार प्रबद्र्धन गर्ने, नेपालमा उत्पादित वस्तु÷सेवाहरूको बजार प्रबद्र्धन, नेपालका पर्यटकीय सम्पदाहरूको प्रचार–प्रसार, पर्यटकीय होटल, रिसोर्ट, टुर एन्ड ट्राभल्सलाई सहभागी गराई प्याकेज प्रवद्र्धन गर्ने, नेपाली उद्यमीलाई प्रतिस्पर्धी बनाउन सीप र ज्ञानको अनुभव आदान प्रदान गर्ने, उद्यमी व्यवसायीहरूलाई बजार पहुचको अवसर प्रदान गर्ने र नेपाल–भारतबीचको संस्कृति सम्बन्धलाई थप उजागर मुख्य उद्देश्य रहेको छ ।

870
कारोबार संवाददाता
बुधवार, माघ २४, २०७४

स्याङ्जा उद्योग वाणिज्य संघले विभिन्न बैंकबाट संस्थाको खातामा प्राप्त ब्याज रकमबाट छात्रवृत्ति दिने भएको छ । बैंकमा राखिएको रकमबाट प्राप्त ब्याज सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति स्वरूप रकम दिने भएको हो ।

846
कारोबार संवाददाता
मंगलबार, माघ २३, २०७४

नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले गोरखालाई समृद्धिको मोडल जिल्ला बनाउन उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल एकीकरणको सुरु गरिएको जिल्ला तथा ‘न्याय नपाए गोरखा जानु भन्ने’ भनाइ लगायतका विभिन्न पहिचान गोरखासँग जोडिएको भन्दै उनले ‘समृद्धि हेर्न गोरखा जाऔं’ भन्ने नाराका साथ गोरखालाई समृद्धिको मोडल जिल्ला बनाउन सुझाव दिए ।

903
कारोबार संवाददाता
मंगलबार, माघ २३, २०७४

दूरसञ्चार क्षेत्रमा प्रतिस्पर्धा बढिरहेका बेला टेलिकमका अधिकांश योजना ढिलाइ हुनुमा व्यक्तिगत र दलीय स्वार्थ हावी भएको छ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले टेलिकमभित्र दक्ष जनशक्ति, पर्याप्त आर्थिक स्रोत र बजारको संभावना हुँदाहुँदै पनि अधिकांश योजना ढिलाइ हुनुमा व्यक्तिगत र दलीय स्वार्थ मुख्य भएको बताएका छन् ।

766
कारोबार संवाददाता
सोमवार, माघ २२, २०७४

मिडिया स्पेस सोलुसन्स र फयुचरेक्स टे«ड फेयर एन्ड इभेन्टले सयुंक्त रूपमा आयोजना गर्दै आएको नेपाल बिल्डकन एन्ड नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी माघ २६ देखि २८ गतेसम्म भृकुटीकण्डपमा आयोजना हुने भएको छ ।

1018
कारोबार संवाददाता
सोमवार, माघ २२, २०७४

राजस्व अनुसन्धान मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैयाले व्यवसायीमा डर र त्रास उत्पन्न हुने गरी छापा मारेको घटनाप्रति असन्तुष्टि जनाउँदै नेपाल सुनचाँदी व्यवसायी महासंघले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष मोहनकुमार सुनारको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले बिहीबार राजस्व कार्यालयको हस्तक्षेपले स्वतन्त्रपूर्वक व्यवसाय गर्न पाउने अधिकारको हनन भएको भन्दै मन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाइएको हो ।

1439