कारोबार संवाददाता
मंगलबार, पुष २९, २०७६

ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण लाल महर्जनको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधि मण्डलद्वारा ६ दिन थाइल्याण्ड भ्रमण गरी फर्कियो । दुई देशबीचको व्यापारिक सम्बन्धलाई थप विस्तार गर्ने अभिप्रायका साथ ललितपुर उद्योग वाणिज्य संघका अध्यक्षको नेतृत्वमा संघका पदाधिकारीहरू, कार्यसमिति सदस्यहरू र सचिवालयका कर्मचारीहरू समेतको टोलीले थाइल्याण्ड भ्रमण गरिएको थियो ।

345
कारोबार संवाददाता
मंगलबार, पुष २९, २०७६

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अक्वा मिनरल प्रालिलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । विभागको नेतृत्वमा सोमबार गएको अनुगमन टोलीले बालाजुस्थित अक्वा मिनरलको कारखानामा अनुगमन गर्दा फयाक्ट्री मूल्य नराखेको फेला परेपछि तत्काल एक लाख रुपैयाँ कारबाही गरिएको हो ।

728
कारोबार संवाददाता
मंगलबार, पुष २९, २०७६

अर्थमन्त्री डा.युवराज खतिवडाले व्यवसायीकै कारण निकासी अनुदानमा समस्या रहेको दावी गरेका छन् । निकासीकर्तालाई नगद अनुदानमार्फत प्रवद्र्धन गर्न सरकार तयार रहे पनि व्यवसायीहरूबीचको अस्वस्थ प्रतिस्पर्धाले सरकार नै अन्योलमा पर्ने गरेको उनले बताए । सोमबार नेपाल चेम्बर अफ कमर्सको ६९ औं साधारणसभा उद्घाटनपछि सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले व्यापारघाटा कम गर्न निर्यात प्रवद्र्धन गर्नुपर्छ भन्नेमा सरकार प्रतिबद्ध रहेपनि व्यवसायीकै कारण लागू गर्न नसकिएको खुलासा गरे ।

380
लक्ष्मी सापकोटा
मंगलबार, पुष २९, २०७६

स्वदेशी उद्योगलाई संरक्षण गर्नका लागि सेफगार्डस्, एन्टिडम्पिङ तथा काउन्टरभेलिङ ऐन कार्यान्वयनमा आएको छ । कम मूल्यका सामान बाहिरी मुलुकबाट आयात भइ स्वदेशी उत्पादनलाई प्रत्यक्ष असर पार्न थालेपछि त्यसलाई नियन्त्रण गर्नसरकारले सो ऐन ल्याएको हो । प्रचलित दरभन्दा सस्तो मूल्यमा बाहिरी मुलुकबाट सामान आयात हुन थालेपछि स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसक्दा उद्योग व्यवसायीलाई नै प्रत्यक्ष असर परिरहेको छ ।

349
कारोबार संवाददाता
सोमवार, पुष २८, २०७६

युनाइटेड क्लबको आयोजना हिमश्री फुड्सको उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा मंगलबार पोखरामा सञ्चालन हुने १० आंै संस्करणको पोखरा महोत्सवमा २ सय ५६ स्टल रहने भएका छन् । आगामी माघ १२ गतेसम्म पोखराको अमरसिंह चौरमा सञ्चालन हुने उक्त महोत्सवमा व्यापारिक, सेवा, सूचना प्रविधिलगायतका २ सय ५६ वटा स्टल रहने भएको शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

506
कारोबार संवाददाता
सोमवार, पुष २८, २०७६

पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा नेपाल जनप्रशासन संघको अध्यक्षमा सर्वसम्मतीबाट निर्विरोध रूपमा निर्वाचित भएका छन् । संघमा नेपालका प्रायः सबै वर्तमान र पूर्वसचिव तथा मुख्य सचिव, आयोगका प्रमुख आयुक्त र आयुक्तहरु तथा विश्व विद्यालयका प्राध्यापकहरु सदस्य छन् ।

355
कारोबार संवाददाता
सोमवार, पुष २८, २०७६

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक आधारमा आर्थिक जरिवाना मात्र हुनुपर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको ६९ औं वार्षिक साधारण सभाको अवसरमा कार्य समितिका सदस्य, प्रदेश÷नगर चेम्बर अफ कमर्सका अध्यक्षहरु र प्रतिनिधिसँगको भेटघाट तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले आर्थिक ऐन लागू भएको ४ महिनाभित्रै करका दर परिवर्तन हुन नहुने बताएका हुन् ।

315
कारोबार संवाददाता
सोमवार, पुष २८, २०७६

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सामाजिक सुरक्षा योजनाबारे रोजगारदाताले भ्रम फैलाएर योजनालाई विफल बनाउन लागि परेको आरोप लगाएको छ । जिफन्टले आइतबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा केही शक्ति सरकारले ल्याएको योजनालाई नै विफल पार्न लागिपरेको जनाएको हो । सो अवसरमा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले केही व्यक्तिले सामाजिक सुरक्षा योजनालाई लागू हुन नदिने उद्देश्यले गलत प्रचार गरेको आरोप लगाए । सामाजिक सुरक्षा योजना सुरु गर्दा रोजगारदाताले सहमति जनाएपनि कार्यान्वयन गर्ने बेलामा भ्रम पैmलाएर असफल बनाउने योजना बनाएको उनले बताए ।

396
कारोबार संवाददाता
सोमवार, पुष २८, २०७६

नेपालमा उद्योग स्थापनाका लागि सबैभन्दा बाधक बनेको जग्गा प्राप्ति विशेष आर्थिक क्षेत्र(सेज) मा सहज भए पनि त्यसतर्फ उद्योगी भने आकर्षित हुन सकेका छैनन् । सेज स्थापना गर्न जग्गाअधिग्रहको काम सन् २००१ मै सम्पन्न भएपनि हालसम्म तीनवटा उद्योगले मात्रै उत्पादन गर्न सकेका छन् । सरकारले औद्योगिक नीतिमार्फत सेजमा स्थापना हुने उद्योगलाइ एकद्वार प्रणालीबाट सेवा दिने, आयकर, भन्सार, भ्याट लगायका छुट दिने भए पनि त्यसतर्फ उद्योगीहरू आकर्षित हुन सकेका छैनन् ।

818
विप्लव काफ्ले
आइतवार, पुष २७, २०७६

उद्योग वाणिज्य संघ चितवनको आसन्न चुनावका उम्मेदवारले समूह परिवर्तन गरेका छन् । पूर्ववरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा चुनाव लड्ने तयारी गरेको चुननारायण श्रेष्ठले शनिबार अध्यक्षका उम्मेदवार संघका विशिष्ट सदस्य ज्ञानेन्द्रमान शाक्यलाई समर्थन गरेका छन् । शाक्य समूहबाट वरिष्ठ उपाध्यक्षमा चुनाव लड्ने तयारी गरेका पूर्वतृतीय उपाध्यक्ष विष्णुप्रसाद कँडेलले उम्मेदवारी फिर्ता गर्ने सहमतिअनुसार शाक्यको ‘प्यानल’ मा चुननारायण आएका हुन् ।

311
कारोबार संवाददाता
आइतवार, पुष २७, २०७६

नेपाल कस्टमेटिक व्यवसायी संघको अधिवेशनले लक्ष्मीप्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार भएको तेस्रो अधिवेशनले प्रथम उपाध्यक्षमा आनन्दप्रसाद श्रेष्ठ, उपाध्यक्षमा सीता पराजुली, सचिवमा केशव ज्ञवाली, सह–सचिवमा टेकबहादुर काफ्ले र कोषाध्यक्षमा ऋषिकेश तिमल्सिनालाई चयन गरेको छ । त्यसैगरी सदस्यहरूमा दिपेन्द्र श्रेष्ठ, सुभास गोयल, मुकेश अग्रवाल, सुमन गौतम, सदस्य नन्दिकिशोर रिजाल र रमेश श्रेष्ठ छन् ।

363
कारोबार संवाददाता
आइतवार, पुष २७, २०७६

माघे संक्रान्तिको अवसरमा पाल्पा नेपाल मगर संघ पाल्पाको आयोजनाका एकदिने मगरी खाना महोत्सव सम्पन्न भएको छ । महोत्सवमा मगर समुदायमा प्रचलित खानाका परिकारहरूको स्टल राखिएको थियो । मगर समुदायको मुख्य पर्वको रुपमा रहेको माघेसंक्रान्ति पर्वको अवसरसँगै नेपाल भ्रमण वर्ष २०२० सफल पार्नका लागि मेलाको आयोजना गरिएको नेपाल मगर संघ पाल्पाका अध्यक्ष तेजबहादुर घर्तीले बताए । मेलामा विशेष गरी बन तरुल, मगरी बटुक, कोदोबाट बनेका परिकारहरू, सुंगुरको मासुलगायतका परिकारहरू दर्शकहरूको रोजाइमा पेको थियो ।

386
कारोबार संवाददाता
आइतवार, पुष २७, २०७६

नेपालप कै पहिलो अनलाइन फुड डेलिभरि कम्पनी फुडमान्डुले विगत दुई वर्षदेखि अनलाईन फुड फेस्टिभल आयोजना गर्दै आइरहेको छ । पहिलो र दोस्रो फेस्टिभल भव्यताकासाथ आयोजना गरेको फुडमान्डुको यो तेस्रो संकरण हो भन्दै कम्पनीले रुस्लान भोड्को मुख्य प्रायोजन र दराज तथा नेपाल टेलिकमको सहप्रायोजनमा आयोजना गरेको फेस्टिभल पुस २१ गतेदेखि २७ गतेसम्म सञ्चालन भइरहेको जनाएको छ ।

325
कारोबार संवाददाता
शुक्रवार, पुष २५, २०७६

तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा र १२ बजार इकाईको सहआयोजनामा सातौं तनहुँ महोत्सव बिहीबारदेखि दमौलीस्थित बीपी वनबाटिकामामा सुरु भएको छ । “हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार” भन्ने नाराका साथ आयोजित महोत्सव माघ ६ गतेसम्म सञ्चालन हुनेछ । महोत्सव नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गर्दै सरकारले नीति क्षेत्रसँग लगानी गरी अघि बढ्नुपर्ने बताए । “नीति क्षेत्रमा प्रशस्त लगानी गर्ने हो भने मात्र देशमा समृद्धि सम्भव छ,” पौडेलले भने ।

448
कारोबार संवाददाता
शुक्रवार, पुष २५, २०७६

व्यवसायिक आचारसंहित, संस्थागत सामाजिक उत्तरदायित्व, सुसासन जस्ता विधामा काम गरिरहेको निजी क्षेत्रको संस्था राष्ट्रिय व्यावसायिक पहलको १३ औं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले गरेको निर्वाचित कार्यक्रमअनुसार कार्यसमितिको निर्विरोध निर्वाचित गरेको छ ।

439