कारोबार संवाददाता
सोमवार, चैत्र १७, २०७६

नेपाल उद्योग वाणिज्य महासंघले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणलाई फैलन नदिन तथा सोको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा सहयोग गरेको छ । महासंघका अध्यक्ष भवानी राणाले उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखेरललाई आइतबार सिंहदरवारमा गई ५९ लाखको चेक हस्तान्तरण गर्नुभयो भने बा“की ९१ लाख बराबरको स्वास्थ्य तथा खाद्यान्न लगायतको सामग्रीहरू महासंघले सहयोग दिनेछ । सो अवसरमा महासंंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू किशोर प्रधान, उमेशलाल श्रेष्ठ, चन्द्रप्रसाद ढकाल सहितको उपस्थिति थियो ।

431
कारोबार संवाददाता
सोमवार, चैत्र १७, २०७६

ज्याकमा फाउन्डेसन र अलिबाबा फाउन्डेसनद्वारा प्रदान गरिएको आवश्यक चिकित्सा सामग्रीको पहिलो टिप आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौंमा आइपुगेको छ । नेपालको स्वास्थ्य र जनसंख्या मन्त्रालयले उक्त अनुदानको रिसिट लिएको छ र देशभर वितरण गर्ने सरकारले जनाएको छ । यो वितरण ज्याकमा फाउन्डेसन र अलिबाबा फाउन्डेसनद्वारा दान गरिएको आवश्यक मेडिकल सामग्रीको एक हिस्सा हो । अनुदानमा २३ एसियाली देशहरूका लागि कुल ७४ लाख मास्क, १ लाख सुरक्षात्मक कपडाहरूका साथै अन्य धेरै अत्यावश्यक चिकित्सा उपकरण र सामग्रीहरू छन् ।

348
कारोबार संवाददाता
सोमवार, चैत्र १७, २०७६

मुलुकमा देखिएको विषम परिस्थितिलाई सहयोग गर्न नेपाल घरेलु तथा साना उद्योग महासंघले स्थानीय, जिल्ला शाखा तथा प्रदेश संघहरूलाई सक्रिय बनाएको छ । नेपालमा कोरोना संक्रमित एकपछि अर्को गर्दै देखिन थालेको परिप्रेक्ष्यमा त्यसको पहिचान, रोकथाम तथा उपचारका लागि आवश्यक पर्ने सामग्रीहरू उपलब्ध गराई महामारीको विपत्तिमा सरकारलाई सक्दो सहयोग गर्न मातहतका निकायलाई आग्रह गरेको महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले बताए ।

236
कारोबार संवाददाता
आइतवार, चैत्र १६, २०७६

चौधरी फाउन्डेसनले पहिलो चरणमा सातै प्रदेशका ४८ स्वास्थ्य केन्द्रमा कोभिड(१९ को रोकथाम र उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री ९पीपीई० वितरण गरेको छ । नेपालमा पीपीई अभाव भइरहँदा फाउन्डेसनले आफ्नै पहलमा अस्पताल, स्वास्थ्यचौकी, क्वारेन्टाइनरआइसोलेसन केन्द्रहरूमा वितरण गरिरहेको छ । धेरैभन्दा धेरै स्वास्थ्य केन्द्रहरूमा सुरक्षा सामग्री वितरण कार्य जारी राखिनेछ ।

573
नीरज पिठाकोटे
आइतवार, चैत्र १६, २०७६

नेपाल चामल, तेल, दाल उद्योग संघले खाद्य उद्योगहरुको उत्पादन सूचारु गर्न सहजीकरण गरिदिन सरकारसँग माग गरेको छ । संघले विश्वमा महामारीको रुपमा फैलिएको कारोना भाईरस संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले गरेको लकडाउन स्वागतयोग्य भएको जनाउदै यस कठि अवस्थामा पनि मानव स्वास्थ्यको संवेदनशीलतालाई ध्यानमा राखेर नेपाल सरकारको नीति, कार्यक्रम तथा योजना प्रति संघले ऐक्यवद्धता प्रकट गर्दै कोभिड–१९ पूर्णरुपमा रोकथाम नभएसम्म सरकारसँग हातेमालो गर्दै निरन्तर सहयोग गर्ने प्रतिवद्धता पनि जनाएको संघका अध्यक्ष सुवोध गुप्ताले जनाएका छन् ।

387
कारोबार संवाददाता
आइतवार, चैत्र १६, २०७६

नेपाल उद्योग परिसंघले नोवल कोरोना भाइरस संक्रमण प्रकोप नियन्त्रण गर्ने प्रयासमा सघाउने कार्यलाई निरन्तरता दिएको छ । परिसंघ अध्यक्ष सतिशकुमार मोरले शनिबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई नोवल कोरोना भाइरस संक्रमणको उपचारको क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्ने निजी सुरक्षा उपकरण थान १०० तथा ७५ हजार थान मास्क हस्तान्तरण गरे ।

350
कारोबार संवाददाता
आइतवार, चैत्र १६, २०७६

कोरोना भाइरस (कोभिड–१९) लाई फैलन नदिई नियन्त्रण गर्नका लागि सरकारले लगाएको लक डाउनले धनकुटालगायत देशभरीका उद्योग, व्यापार, व्यावसाय बन्द भएकाले लकडाउन अवधिभरको बैंकको ब्याज र घरभाडा महिना गरी सहयोग गर्न धनकुटा उद्योग वाणिज्य संघले आग्रह गरेको छ । धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई र वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ (तारा) ले विज्ञप्ति जारी गरी लकडाउनका कारण उद्योगधन्दा, व्यापार व्यवसाय धारासायी बन्दै संकटमा परी ठूलो समस्या उपत्पन भएकाले बैंकको ब्याज र घरभाडा मिनाहा गरी सहयोग गरी दिन हुन सम्बन्धित पक्षसँग अनुरोध गरिएको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिए ।

315
कारोबार संवाददाता
आइतवार, चैत्र १६, २०७६

सरकारले दैनिक उपभोग्य वस्तुको उत्पादन वितरण नियमित गर्ने भने पनि खाद्यान्न गोदामै थन्किएको छ । नेपाल चामल, तेल, दाल उद्योग संघले उत्पादित खाद्यान्न एक ठाउँबाट अर्को ठाउँमा पु-याउनका लागि सहजीकरण गरिदिन सरकारसँग माग गरेको छ । संघले लकडाउन गर्नु उपयुक्त भए पनि अत्यावश्यक खाद्यान्नहरू एक ठाउँबाट अर्को ठाउँमा पु-याउन नसक्दा झन् समस्या हुने भएकाले सहजीकरणका लागि माग गरेको हो । संघले केन्द्रीय, प्रदेश र स्थानीय सरकारको सहयोगमा उद्योग निरन्तर संचालनमा आउनु अत्यावस्यक भएकोले यसको सहजीकरण गरिदिन संघीय सरकारसँग अनुरोध पनि गरेको छ । नेपाल चामल, तेल दाल उद्योग संघले पाँच दिन देखि खाद्य उदोगमा उत्पादन र ओसार पसार ठप्प भएको बताएको छ ।

464
कारोबार संवाददाता
शुक्रवार, चैत्र १४, २०७६

चौधरी फाउन्डेसनले प्रदेश नं। २ का मुख्यमन्त्री लालबाबु राउतलाई कोरोनाभाइरस ९कोभिड(१९०को रोकथाम र उपचारका लागि आवश्यक व्यक्तिगत सुरक्षा उपकरण ९पीपीई० हस्तान्तरण गरेको छ । प्रदेश नं। २ का मुख्य(मुख्य स्वास्थ्य केन्द्रमा वितरण गर्ने गरी उनलाई हस्तान्तरण गरिएको फाउन्डेसनले जनाएको छ ।

703
कारोबार संवाददाता
शुक्रवार, चैत्र १४, २०७६

चौधरी फाउन्डेसनले कोभिड–१९ (कोरोना)को उपचारका लागि आवश्यक सामग्री उपलब्ध गर्नका लागि ‘कोरोना रेस्पोन्स टिम’ खडा गरेको छ । संसारभर कोरोनाले महामारी फैलाइरहेका अवस्थामा फाउन्डेसनले देशभरका स्वास्थ्य संस्थाहरूमा कमिका रूपमा देखा परेको पीपीई जस्ता आवश्यक सामग्री प्रदान गर्न ‘कोरोना रेस्पोन्स टिम’ खडा गरेको हो ।

702
कारोबार संवाददाता
शुक्रवार, चैत्र १४, २०७६

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिमले भयावह रूप लिइरहँदा विशाल ग्रुपअन्तर्गतको भीजी फाउन्डेसनले यो संकटविरुद्धको सरकारी अभियानलाई मद्दत गर्न र आवश्यक उपकरण तथा सावधानीका सामग्री उपलब्ध गराउन १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । भीजी फाउन्डेसनले अब एन९५ मास्क, स्यानिटाइजर, संक्रमितको उपचारका क्रममाप्रयोग हुने पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई), इन्फ्रारेड थर्मोमिटर र अन्य स्वास्थ्य सामग्री आपूर्ति गरेर नेपालका विभिन्न स्वास्थ्य केन्द्रहरूमा उपलब्ध गराउन अन्तर्राष्ट्रिय आपूर्तिकर्ताहरूसँग सहकार्य गरिरहेको छ ।

687
कारोबार संवाददाता
शुक्रवार, चैत्र १४, २०७६

वैशाख १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरेको पूर्वको पहिलो पाँचतारे ‘होटल मेची क्राउन’ सञ्चालनमा नआउने भएको छ । झापाको मेची नगरपालिकामा भेगास सिटी इन्टरटेनमेन्टले सञ्चालनमा ल्याउन लागेको मेची क्राउन होटेल निर्माण कार्यसम्पन्न नहुँदा वैशाखदेखि सञ्चालनमा नआउने भएको हो ।

1040
सरस्वती ढकाल
शुक्रवार, चैत्र १४, २०७६

कोरना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि भारत सरकारले थप २१ दिनका लागि देशभर लकडाउन गरेसँगै नेपालमा दैनिक उपभोग्य वस्तुको अभाव हुने देखिएपछि सरकार र निजी क्षेत्र वैकल्पिक व्यवस्थापनमा जुटेको छ । भारतमा लकडाउन भएसँगै नेपालमा आपूर्ति व्यवस्थापनमा चुनौती थपिएको महशुस गर्दै सरकार र निजी क्षेत्रले एयर कार्गोमार्फत ढुवानी गर्ने भएका छन् । खासगरी औषधि र मेडिकलजन्य सामग्री तथा अन्य उपभोग्य वस्तुको ढुवानी चार्टर गरेर ल्याउन लागिएको निजी क्षेत्रका संगठनहरूले जानकारी दिएका छन् ।

701
कारोबार संवाददाता
बिहिवार, चैत्र १३, २०७६

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश उपाध्यक्ष राजेन्द्र राउतले प्रदेश–१ सरकारले स्थापना गरेको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथाम कोषलाई ११ लाख रुपैयाँ हस्तान्तरण गर्ने घोषणा गरेका छन् ।

422
कारोबार संवाददाता
बुधवार, चैत्र १२, २०७६

नेपाल उद्योग परिसंघले नोवल कोरोना भाइरस संक्रमण प्रकोप नियन्त्रण गर्ने प्रयासमा सघाउन सक्रियता बढाएको छ । परिसंघ अध्यक्ष सतिशकुमार मोरले मंगलबार स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य विभागका महानिर्देशक नारायण ढकाल र डाक्टर विकास देवकोटालाई नोवल कोरोना भाइरस संक्रमणको उपचारको क्रममा स्वास्थ्यकर्मिले प्रयोग गर्ने ४९ थान निजी सुरक्षा उपकरण हस्तान्तरण गरे ।

368