कारोबार संवाददाता
बुधवार, जेठ १४, २०७७

निर्माण सामग्री र ढुवानीमा कृत्रिम रुपमा मिलेमतोमा अत्याधिक मूल्यवृद्धि गरिएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघका महासचिव रोशन दाहालले मंगलबार विज्ञप्ति जारी गर्दै कोरोनाको कहरबीच सरकारी निर्णय बमोजिम निर्माण कार्यमा खटिएका व्यवसायीहरु कालोबजारीले गर्दा थप मारमा परेको उल्लेख गरेका छन् ।

398
कारोबार संवाददाता
बुधवार, जेठ १४, २०७७

आर्थिक वर्ष २०७५-७६ मा मुलुकमा सञ्चालित सार्वजनिक संस्थानमध्ये कुल २६ संस्थानले नाफा कमाएका छन् । सरकारका ४४ वटा संस्थानमध्ये २६ वटा नाफामा, १३ वटा घाटामा छन् भने ५ वटा बन्द भएका छन् ।

311
कारोबार संवाददाता
मंगलबार, जेठ १३, २०७७

सरोकारवालाहरूले अहिलेको कोरोना महामारीको बेला विद्युत् महशुल वृद्धि हुनु उपभोक्ता र औद्योगिक ग्राहकका लागि घातक रहेको टिप्पणी गरेका छन् । सोमबार विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणले गरेको विद्युत् महशुलबारेको प्रस्तावबारेको सार्वजनिक सुनुवाईमा सरोकारवालाहरूले यस्तो प्रतिक्रिया दिएका हुन् ।

985
कारोबार संवाददाता
मंगलबार, जेठ १३, २०७७

होटल संघ नेपाल (हान)ले क्वारेन्टाइनका लागि लागत मूल्यभन्दा ५० प्रतिशत कम दरमा सेवा दिने जनाएको छ । कोभिड–१९का कारण स्वदेश फिर्ता हुने नागरिकलाई होटल क्वारेन्टाइन बनाउन दिनको लागि साविकको शुल्कभन्दा ५० प्रतिशत कममा सेवा दिने तयार रहेको हानले बताएको छ । अहिलेको परिस्थिति र सेवाभावलाई मध्यनजर गरेर हानले न्यूनतम ३ देखि १६ हजार रुपैयाँसम्ममा क्वारेन्टाइनका लागि कोठा दिन तयार भएको जनाएको छ । हानले यो दरमा रहेर सरकारलाई प्रस्ताव गरेको छ ।

810
दीपेन्द्र थापा
सोमवार, जेठ १२, २०७७

विदेशबाट आउने नागरिकलाई होटल क्वारेन्टाइनमा राख्न शुल्क निर्धारण भएको छ । जसअनुसार अब सरकारले प्रतिकोठा ३ हजार रुपैयाँदेखि १६ हजार रुपैयाँसम्ममा क्वारेन्टाइनमा राख्न सक्नेछ । होटल संघ नेपाल (हान)ले विदेश वाट फर्कने नागरिकलाई क्वारेन्टाइनमा राख्नको लागि शुल्क निर्धारण गरेर सरकारलाई बुझाएको छ ।

2705
सरस्वती ढकाल
शुक्रवार, जेठ ९, २०७७

कोरोना भाइरसका कारण नेपालमा अनौपचारिक क्षेत्रमा मात्रै झन्डै २० लाख रोजगारी गुम्ने देखिएको छ । हाल ४४ लाख मानिस अनौपचारिक क्षेत्रमा काम गरिरहेको र कोरोनाका कारण तिमध्ये २० लाख मानिस बेरोजगार बन्नसक्ने भन्दै सरकारले उनीहरूलाई लक्षित गर्दै तत्काल राहत प्याकेज ल्याउन सरोकारवालाहरूले जोड दिएका छन् ।

1193
कारोबार संवाददाता
बिहिवार, जेठ ८, २०७७

भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले भाट्भटेनी मनी ट्रान्सफर कम्पनीसँग नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्न सहकार्य गरेको छ ।

284
कारोबार संवाददाता
बिहिवार, जेठ ८, २०७७

गोरखा उद्योग वाणिज्य संघले साना व्यावसायीलाई व्याजमा ५० प्रतिशत छुट दिन माग गरेको छ । संघका अध्यक्ष जीवनज्योति श्रेष्ठले मंगलबार प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै निजी क्षेत्रलाई राहतको व्यवस्था गर्न माग गरेका हुन् । जसअन्तरगत बैंक तथा वित्तीय संस्थाबाट ५० लाखसम्म ऋण लिई कारोबार गर्ने साना व्यवसायीलाई व्याजमा ५० प्रतिशतसम्म छुट दिन माग गरिएको छ । अन्य कर्जावालालाई व्याजमा ३३ प्रतिशतसम्म छुट दिन संघले माग गरेको छ । लकडाउन खुल्ने वित्तिकै व्यवसायीलाई नगदको अभाव हुने भएकाले ऋणीहरुको निवेदनका आधारमा २० प्रतिशतसम्म सरल प्रक्रियाबाट थप सुरक्षण र धितो विना कर्जा सीमा थप गर्नबारे नीतिगत निर्णय गर्न पनि संघले ध्यानाकर्षण गराएको छ ।

311
मनोरञ्जन शर्मा
मंगलबार, जेठ ६, २०७७

सरकारले विभिन्न ४२ प्रकृतिका उद्योग तथा सेवा व्यवसाय सञ्चालन गर्न अनुमति दिए पनि उद्योगहरू भने सञ्चालनमा आउन सकेका छैनन् । एक साताअघि सरकारले विभिन्न प्रकृतिका उद्योग तथा सेवामूलक व्यवसाय सञ्चालनका लागि अनुमति दिएको थियो । सरकारले उद्योग सञ्चालनको अनुमति दिए पनि त्यो भने सम्भव नरहेको र सञ्चालनका लागि एक दर्जनभन्दा बढीसमस्या रहेको उद्योगीहरूले बताएका छन् । अझ वैशाख ३१ गतेबाट लकडाउनमा थप कडाइ भएपछि दैनिक उपभोग्य वस्तु उत्पादन गर्दै आएका उद्योगहरूबाट उत्पादित वस्तुहरू बजारसम्म पठाउन पनि समस्या भएको उद्योगीहरूको भनाइ छ ।

869
कारोबार संवाददाता
सोमवार, जेठ ५, २०७७

नेपाल निर्माण व्यवसायी महासंघले कोरोना भाइरसको महामारीसँगै मुलुकमा जारी लकडाउनको अवधिमा समेत बोलपत्रका खरिद प्रक्रियाहरु यथावत् रहेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरोकारवाला निकाय समक्ष पटक पटक ताकेता गर्दा समेत त्यसको विपरित अति आवश्यक र कोेरोना भाइरस नियन्त्रण तथा रोकथाम सम्बन्धित बाहेकका केही खरिद प्रक्रियाहरु संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह अन्र्तगतका सार्वजनिक निकायहरुले अझै स्थगित नगरेको महासंघले जनाएको छ ।

364
कारोबार संवाददाता
सोमवार, जेठ ५, २०७७

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले कोराना महामारीलाई लक्षित गरी सरकारले स्थापना गरेको कोषमा निजी ऊर्जा उत्पादकहरूबाट संकलन गरी एक करोड रुपैयाँ सहयोग गरेका छन् ।

216
सरस्वती ढकाल
सोमवार, जेठ ५, २०७७

छिमेकी भारतमा ५ प्रतिशतमात्र कर (जीएसटी) रहेको कपडा उद्योगमा नेपालमा भने १३ प्रतिशत मूल्य अभिवृद्धि कर लागू गरिएकाले विगत दुई आर्थिक वर्षदेखि नेपाली उद्योगले प्रतिस्पर्धी क्षमता गुमाउँदै आएका छन् । सरकारले भ्याट फिर्ताको नीति खारेज गरेसँगै कपडा उद्योग बन्द हुने अवस्थामा रहेको तथा भारतबाट चोरी पैठारी एवं अन्य मुलुकबाट न्यून विजकीकरणबाट कपडा भित्रिरहेकाले स्वदेशी उद्योग सञ्चालनको अवस्थामा नरहेको व्यवसायी बताउँछन् ।

444
कारोबार संवाददाता
आइतवार, जेठ ४, २०७७

कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै आईएमएस ग्रुपले आफ्ना सबै कर्मचारीको बिमा गरेको छ । कम्पनीले प्रत्येक कर्मचारीलाई १ लाख रुपैयाँ बराबरको स्वास्थ्य बिमा सुविधा प्रदान गरेको हो । कुनै कर्मचारीलाई कोरोना भाइरसको संक्रमण देखिए बिमाबापत पाउने रकमबाट आर्थिक सहयोग पुग्ने कम्पनीको विश्वास छ ।

828
कारोबार संवाददाता
शनिवार, जेठ ३, २०७७

सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रमले निजी क्षेत्र निराश भएको छ । अहिलेको विषम परिस्थितिमा मुलुकको अर्थतन्त्रलाई कसरी अघि बढाउने भन्ने विषयमा सरकारले ठोस योजना ल्याउन नसकेको भन्दै निजी क्षेत्रका तीनओटै छाता संगठनले निराशा व्यक्त गरेका छन् ।

726
कारोबार संवाददाता
शुक्रवार, जेठ २, २०७७

निजी क्षेत्रले कोमामा जान लागेको अर्थतन्त्रलाई बचाउन सरकारले आगामी बजेटमार्फत पर्याप्त स्टिमुलस प्याकेज ल्याउन जोड दिएको छ । उद्योगी व्यवसायीका कुरालाई सुनिएन भने आगामी दिनमा मुलुक आर्थिक रूपमा निकै ठूलो समस्यामा जाने चिन्ता समेत निजी क्षेत्रको रहेको छ ।

361