कारोबार संवाददाता
आइतवार, असार २८, २०७७
665

लकडाउन अवधिभरको भाडा मिनाहा नभएको भन्दै सिभिल मलका व्यवसायीहरु धर्नामा बसेका छन् । लकडाउनले व्यापार ठप्प भए पनि मल सञ्चालकले भाडा मिनाहा नगरेको भन्दै सिभिल मल व्यापारा संघको अगुवाईमा व्यवसायीहरु धर्नामा बसेका हुन् ।
यसअघि व्यवसायीहरुले शुक्रबार मल सञ्चालकलाई पसलको तालाचावी बुझाएका थिए । तालाचावी बुझाएर शुक्रबार नै धर्नामा बस्न सुरु गरेका थिए । शुक्रबारदेखि दैनिक धर्ना दिन थालिएको संघका अध्यक्ष रत्न घिमिरेले जानकारी दिए ।

मल सञ्चालक समितिले २५ असारसम्म भाडा तिरिसकेकालाई लकडाउन अवधिभरको भाडामा ५० प्रतिशत छुट दिने बताएको थियो । तर २५ गते अगाडि व्यवसायीहरुले भाडा तिरेका छैनन् । २५ गते अगाडि भाडा नतिर्नेहरुलाई लकडाउन अवधिभरको २५ प्रतिशतमात्रै छुट हुने भन्दै मल सञ्चालकले यथाशिघ्र भाडा तिर्न पत्राचार समेत गरेको छ ।
५० प्रतिशत भाडा तिर्दा पनि मल सञ्चालकलाई ५० प्रतिशत नाफा हुने तर व्यवसायीहरु भने १५० प्रतिशत घाटामा जाने भन्दै उनले उनले लकडाउन अवधिभरको भाडा मिनाहा हुनु पर्ने बताए ।