कारोबार संवाददाता
आइतवार, असार २८, २०७७
425

मोबाइल व्यवसायसँग सम्बन्धित संघसंस्थाहरुको नेतृत्व संस्थाको रूपमा नेपाल मोबाइल व्यवसायी महासंघ गठन भएको छ । भरत भट्टराई अध्यक्ष रहने गरी देशका विभिन्न क्षेत्रमा क्रियाशील मोबाइल व्यवसायी संघसंस्थाको भेलाले तदर्थ समिति गठन गरेको हो ।
वरिष्ठ उपाध्यक्षमा सुरेश प्रसाईं, उपाध्यक्षमा अर्जुन चालिसे, महासचिवमा रमेश घिमिरे, सचिवमा डिल्लीबहादुर तामाङ, कोषाध्यक्षमा सन्तोष घिमिरे, सहकोषाध्यक्षमा श्याम नगरकोटी र वरिष्ठ सदस्यमा दीपक बोगटी छन् । १७ सदस्यीय तदर्थ समितिमा ९ जना सदस्य मनोनीत गरिने बताइएको छ ।देशका विभिन्न क्षेत्रमा रहेर मोबाइल व्यवसाय गर्दै आएका व्यवसायीहरूका संस्थाहरुलाई एकताबद्ध गर्ने उद्देश्यले महासंघ गठन गरिएको तदर्थ समितिका अध्यक्ष भट्टराईले जानकारी दिए ।
नवगठित तदर्थ समितिलाई पूर्णता दिएर कोरोना समस्या सामान्य हुनेवित्तिकै महाधिवेशन गर्ने योजना रहेको भट्टराईले बताए । देशभर ५ हजारभन्दा बढी मोबाइल व्यवसायी रहेका छन् भने ती व्यवसायीहरूका एक सयभन्दा बढी संघसंस्थाहरू रहेका छन् ।