कारोबार संवाददाता
आइतवार, असार २८, २०७७
433

ईओएल प्रालि नेपालमा केन्ट उत्पादनहरूका लागि आधिकारिक वितरक, सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले केन्ट काउन्टर टप भेजिटेबल कीटाणुनाशक उपकरण खरिदमा २० प्रतिशत छुट दिने घोषणा गरेको छ ।
यस उपकरणले साग–सब्जी, फलफूल र मासुबाट कीटनाशक, ब्याक्टेरिया र भाइरसहरू हटाउँने दाबी कम्पनीको छ । केन्ट टेबल शीर्ष भेजिटेबल कीटाणुनाशक उपकरणलबाट तरकारी र फलफूलहरू उपभोगका लागि सुरक्षित बनाउनुहोस् भन्दै कम्पनीले यसमा रासायनिकरहित ओजोन टेक्नोलोजी रहेकाले हानिकारक कीटनाशक, रसायन हटाएर तरकारी र फलफूलहरू कीटाणु रहित पार्ने जनाएको छ ।
नेपालमा यस ब्रान्ड अन्तर्गत वाटर प्युरिफर, एयर प्युरिफायर, स्मार्ट घरेलु उपकरण, भ्याकुम क्लिनरहरू जस्ता अन्य उत्पादन पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।