कारोबार संवाददाता
बिहिवार, जेठ २२, २०७७
576

दाङ- सरकारले लकडाउनको समयमा कर तिर्ने भने पछि व्यवसायिहरु आन्दोलित भएका छन् । सरकारले गरेको यस प्रकारको निर्णयको विरुद्धमा दाङ जिल्ला उद्योग वाणिज्य संघले बुधबार घोराहीका सांकेतिक विरोध प्रर्दशन गरेको छ ।
विरोध कार्यक्रममा बोल्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले राज्यले व्यवसायीहरुलाई सहयोग नगरेको बताए । लकडाउनको समयमा व्यवसायीहरुले कर तिर्ने नसक्ने उनको भनाइ छ । “बन्द रहेका उद्योग तथा व्यवसायीहरुले कसरी कर तिर्ने ?” भुसालले भने ।

आफूहरुले बिक्री गरेको सामानको पैसा उठाउन जान नपाएको र अहिले व्यवसाय बन्द रहेको अवस्थामा कर तिर्ने नसक्ने उनको भनाइ छ । पूर्ण रुपमा लकडाउन खुलेको १ महिना पछि मात्र व्यवसायीहरुले कर तिर्ने सक्ने भुसालले बताए । धरासयी भएका व्यवसायिहरुलाई राज्यले सहुलीयत दिने अवस्थामा अझ समस्यामा पारेको भुसालले बताए ।
सरकारले गरेको यस प्रकारको निर्णय नसच्चाए आफूहरु थप आन्दोलनका कार्यक्रम अगाडि बढाउने व्यवसायीहरुले चेतावनीसमेत दिएका छन् ।