कारोबार संवाददाता
सोमवार, जेठ ५, २०७७
261

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले कोराना महामारीलाई लक्षित गरी सरकारले स्थापना गरेको कोषमा निजी ऊर्जा उत्पादकहरूबाट संकलन गरी एक करोड रुपैयाँ सहयोग गरेका छन् ।
सरकारी राहत कोषमा इप्पानले १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ बराबर सहयोग गरेका हुन् । इप्पान पदाधिकारीले शुक्रबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई भेटी बराबरको चेक हस्तान्तरण गरेका हुन् । इप्पानको पहलमा सुरु भएको इप्पानको कोषका लागि ६५ जना जलविद्युत प्रवद्र्धक र कम्पनीले सहयोग गरेका थिए ।