कारोबार संवाददाता
बुधवार, बैशाख ३१, २०७७
440

संखुवासभा- नेपाल शेर्पा संघ संखुवासभाका कार्यबाहक अध्यक्ष वाङ्छे शेर्पाको समन्वयमा सेभेन समिट ट्रेक एण्ड ट्राभल्सका अध्यक्ष हेलिकप्टर व्यवसायी मिङ्गमा शेर्पाले खाँदबारी नगरपालिकालाई १ सय २० बोरा चामल सहयोग उपलब्ध गराएका छन् ।
सेभेन समिट ट्रेक एण्ड ट्राभल्सका अध्यक्ष हेलिकप्टर ब्यवसायी मिङ्गमा शेर्पाले कोरोना भाइरसको संत्रासका कारण लामो समयदेखि लकडाउन हुँदा ज्यालादारीमा काम गर्ने, गरिव र बिपन्न बर्गलाई हात मुख जोर्न समस्या भएको भन्दै खाँदबारी नगरपालिकाका प्रमुख मुरारी प्रसाद खतिवडामार्फत सबै वडामा बितरण गर्नेगरी ३ हजार किलो चामल उपलब्ध गराएको खाँदबारी १ का वडाध्यक्ष निरञ्जन श्रेष्ठले जानकारी दिए ।