कारोबार संवाददाता
बिहिवार, चैत्र २७, २०७६
445

जोन्टा क्लब अफ काडमाडौंले जोनसियन कमल तुलाधारको संयोजकत्वमा दैनिक ज्याला मजदुरहरूलाई खाद्यान्न प्याकेजहरू वितरण गरेर कोभिड—१९ संकटको सामना गर्न मद्दत गरिरहेको छ । उक्त प्याकेजमा चामल, दाल गेडागुडी, खाने तेल, चिउरा, नुन, चिनी र चियापत्ती छ ।
हालसम्म जोन्टाले विजयश्वरी, बूढानीलकण्ठ, ढल्को, जागृतिनगर, जोरपाटी, लिलि, महांकाल, नागरजुन, शंखमूल, सिनामंगल, थली, थापाथली, टोखानगरपालिका र टेकु (बागमती क्षेत्र) का दैनिक ज्याला मजदुरहरूलाई १ हजार खाद्यान्न प्याकेजहरू वितरण गरिसकेको छ । हामीले विकल्प, नेपाल महिला समाज, फुड फर लाइफ, आईसीडीओ, स्काई फाउन्डेसन र प्रन्डस् संगठनहरूसँग साझेदारी गरेका छौं । यस्तो चुनौतीपूर्ण समयमा उनीहरूले आवश्यक पर्मिट लिएर जोन्टासँग कोभिड–१९ संकटका कारण काम गर्न नसकेका दैनिक ज्याला मजदुरहरू प्याकेजहरू वितरण गर्न सहयोग गरेका छन् ।
जोन्टाले सम्पूर्ण जोन्टा परिवार र साथीहरू, मिडटाउनको रोटरी क्लब, सार्क च्यामबर वमन आन्ट्रप्रनिर काउनशील, सांग्रिला टोस्मास्टर्स, डा. सञ्जीव दास, संस्कृति स्कुलका शिक्षकहरू, डीएस स्टोर र हेलेना क्याफेलाई हामीलाई २ हजार ४ सयभन्दा बढी परिवारसँग पुग्न सहयोग गरेर उनीहरूको हेरचाह गर्न मद्दत गरेकामा हामी हार्दिक आभार प्रकट गर्छाैं । सुरुवातमा हामीले ३ सय परिवारमा पुग्ने लक्ष्य राखेका थियौं र हामीले प्राप्त गरेको अविश्वासनिय प्रतिकृया र समर्थनका साथ हाम्रो पहुँच ८ गुणा बढेको छ । जोन्टाले आगामी दिनहरूमा पनि खाद्यान्न प्याकेजहरू वितरण गर्न जारी राख्नेछ ।