कारोबार संवाददाता
सोमवार, चैत्र १७, २०७६
509

विभिन्न जिल्लाका चेम्बर अफ कमर्सद्वारा कोरोना भाइरस प्रकोप नियन्त्रणका लागि मास्क तथा विभिन्न सुरक्षाका सामग्री बिक्रीका लागि सुपथ मूल्य पसल सञ्चालन गरेको छ । चेम्बर लमही (दाङ) ले कोरोना विपद व्यवस्थापन समितिलाई एक लाख एक हजार एक सय रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
त्यसैगरी स्याङ्जा चेम्बर अफ कमर्सले नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्रीलाई ३ हजार थान मास्क वितरण गरेको छ । यस्तै २५ किलोको १२ बोरा चामल, ५० किलो आलु र नुन लगायतका सामान पनि वितरण गरेको छ । यसका साथसाथै १० वटा पिपि पनि वितरण गरेको चेम्बरले जनाएको छ ।
यत पोखरा चेम्बर अफ कमर्स कास्कीले हेल्प डेस्क बनाएको छ । पोखरा चेम्बर अफ कमर्स कास्कीले पाँच हजार मास्क स्थानीय प्रशासनलाई वितरण गरेको छ ।