कारोबार संवाददाता
बिहिवार, फाल्गुन ८, २०७६
431

धनकुटा- नेपाल भ्रमण वर्ष–२०२० को अवरमा पर्यटकीय स्थल धनकुटाको भेडेटार र नाम्जेमा सञ्चालित होटल रेस्टुराँ तथा होमस्टे सञ्चालकले आगन्तुक पाहुनाका लागि छुटसहितका अफर उपलब्ध गराउने भएका छन् ।
नेपाल भ्रमण वर्षलाई लक्षित गरी भेडेटार र नाम्जेका होमस्टे सञ्चालक, होटल रेस्टुराँ व्यवसायीले स्वदेशी तथा विदेशी पाहुनालाई बास र खानाको बिलमा २० प्रतिशतसम्म छुट दिइने भएको होटल एसोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले जनकारी दिए । भ्रमण वर्षमा आन्तरिक र बाह्य पर्यटकको आगमन बढाउन यस्तो अफर उपलब्ध गराइएको होटल एसोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले भनाई रहेको छ भेडेटार नाम्जे लगायतका पर्यटकीय स्थलमा नेपालका विभिन्न स्थानसहित सार्क राष्ट र अन्य मुलुकका पर्यटकसमेत आउने गरेका छन् ।