कारोबार संवाददाता
शुक्रवार, मंसिर ६, २०७६
261

रियल स्कुलअफ नेपाल–२०१९ अन्तर्गत तेस्रो क्षेत्रीय फाइनल काठमाडौं पश्चिममा बुधबार सम्पन्न गरिसकेका छौं । यस प्रतियोगिताबाट विजयी विद्यालय ज्ञानकुञ्ज हायर सेकेन्डरी स्कुल घोषित भएको छ । विजयी विद्यालयका सहभागी विद्यार्थीहरू रोबिन्स खनाल, प्रेजु खनाल, निशन्त आचार्य, सुनिम भण्डारी, रिजन सारु, र जिडान तामाङ हुन् ।
यी विजयी विद्यार्थीहरूले काठमाडौंमा सम्पन्न हुने रियल स्कुलअफ नेपाल–२०१९ को अन्तिम चरणको प्रतियोगितामा अन्य विजयी विद्यालयका विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ ।