कारोबार संवाददाता
मंगलबार, मंसिर ३, २०७६
302

नेपाल भर रहेका विभिन्नउद्योगमध्ये सवैभन्दा धेरै मूल्यअभिबृद्धिकर बुझाएबापतदाङमा रहेको घोराहीसिमेन्ट उद्योग फेरी लगातार दोश्रो पल्ट सम्मानितभएको छ । आठौं राष्ट्रिय कर दिवस २०७६ कोअवसरमा अर्थमन्त्री युवराज खतिवडाद्वारा आइतबार काठमाडौंमा आयोजितविशेष समारोहमा उद्योगलाई सम्मान गरिएको कम्पनीले जनाएको छ । सरकारले आठ वर्ष अघि देखि राष्ट्रिय कर दिवस मनाउँदै आउनेक्रममा अघिल्लो आर्थिक बर्ष २०७४-०७५ मा देश भरका उद्योगी करदातामध्ये घोराही सिमेन्ट उद्योग समयमै र सबै भन्दा धेरै मूल्य अभिबृिद्ध कर तिर्ने उद्योगका रुपमा सम्मानित भएको थियो । नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व बिभाग लाजिम्पाट काठमाडौले आठौं राष्ट्रिय कर दिवसका अबसरमा घोराहीउपमहानगरपालिका वडा नं. ४ गाेंग्लीमा रहेको घोराहीसिमेन्ट उद्योग प्रा.लिलाई सम्मान गरेको हो । स्थापनाकालदेखी हालसम्म समयमै मूल्य अभिबृद्धि कर विवरण र कर बुझाएका करदातामध्ये बितेको आर्थिक बर्ष २०७४-२०७५ मा सबै भन्दा बढी मूल्यअभिबृद्धि कर दाखिला गरेको भन्दै विभागले सम्मान गरेको हो । आन्तरिक राजश्व विभागले हरेकबर्ष मंसिर १ गतेका दिन राष्ट्रिय कर दिवसको रुपमामनाउँदै आएको छ । सोहीक्रममा देशभरका उद्योगी, व्यवसायी र व्यक्तिगत रुपमाउत्कृष्ठ करदातालाई सम्मानगर्दै आएको छ । दाङ जिल्लामा रहेको उद्योगले देशभरका उद्योगमध्य सवैभन्दा धेरै मूल्य अभिवृद्धि कर तिरेकोमा दाङबासीले खुशी व्यक्त गरेका छन् । उद्योगले सामाजिक क्षेत्रमा पनि विभिन्न काम गर्दै आइरहेको छ । वडा नं. ४ र साविकको लक्ष्मीपुर गाविस लगायत बंगलाचुली गाउँपालिकालगायत अन्यत्र पनि सामाजिक विकासका काममा सहयोग गर्दै आइरहेको छ । घोराही सिमेन्ट उद्योगप्रालि त्रिवेणी गु्रपअन्तर्गतको उद्योग हो ।