कारोबार संवाददाता
सोमवार, मंसिर २, २०७६
358

धनगढी- होटल व्यवसायी संघ कैलालीले जिल्लामा ८ अर्बभन्दा बढी रकम लगानी भएको जनाएको छ । संघको शनिबार धनगढीमा सम्पन्न २७ औं वार्षिक साधारणसभामा संघले ८ अर्बभन्दा बढी रकम लगानी गरेर कैलालीका विभिन्न बजारहरूमा सानादेखि ठूलो तारे होटल खुलेको जनाएको हो । संघका अध्यक्ष कलम बमले निजी लगानीबाट खुलेका होटलहरूले १२ हजार जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको बताए ।
होटल व्यवसायी संघ कैलालीले आगामी फागुनमा फुड फेस्टिभल गर्ने निर्णयसमेत गरेको छ ।

संस्थाका सदस्य केशव चन्दका अनुसार सुदूरपश्चिम प्रेसका ९ वटै जिल्लामा पाइने स्थानीय खानाका परिकार को प्रदर्शनीसहित फुड फेस्टिभल गर्ने निर्णय २७ औं साधारणसभाबाट पारित भएको हो । संघका अध्यक्ष कलम बमले सरकारले अघि सारेको पर्यटन वर्ष २०२० लाई सघाउन संघले फुड फेस्टिभलको आयोजना गर्न थालेको बताए ।
साधारणसभा उद्घाटन गर्दै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कु“वरले बढीभन्दा बढी पर्यटक भिœयाउन स्तरीय होटल सञ्चालन हुन आवश्यक रहेको बताए । उनले सुदूरपश्चिममा पर्यटकको आगमन हुन सक्ने संभावना रहे पनि पर्यटकीय स्थलमा स्तरीय होटल नहु“दा समस्या भएको बताए ।