कारोबार संवाददाता
सोमवार, मंसिर २, २०७६
263

धनुषा चेम्बर अफ कमर्सको प्रथम वार्षिकोत्सव तथा दोस्रो साधारणसभा प्रदेश नम्बर दुईका प्रमुख तिलक परियारले जनकपुरमा एक समारोहबीच उद्घाटन गरे । विशेष अतिथिको आसनग्रहण गर्दै नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले जानकी माताको जन्मभूमिमा रामायण सर्किटको अवधारणा कार्यान्वयन भएमा र निर्माणाधीन रेल मार्ग छिटो सञ्चालनमा ल्याउन सके धार्मिक पर्यटनमा वृद्घि हुन जाने बताए ।
कार्यक्रममा बोल्दै उनले दुई नम्बर प्रदेश कृषिका लागि उर्वर भूमि भएकाले अर्गानिक खेतीमा जोड गरी ठूलो संख्यामा विदेशमा गएकाहरूको ज्ञान सीप र श्रमलाई यही उपयोग गर्ने वातावरण बनाउनुपर्ने बताए ।
कार्यक्रममा प्रदेशका विभिन्न विधामा उल्लेखनीय कार्य गर्ने महानुभावहरूलाई सम्मान गरिएको थियो । उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेललगायत विभिन्न महानुमावहरूले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रम धनुषा चेम्बर अफ कमर्सका अध्यक्ष विजय साहको अध्यक्षतामा सम्पन्न भएको थियो ।