कारोबार संवाददाता
शुक्रवार, कार्तिक २९, २०७६
253

नेपालको एक अग्रणी सिमेन्ट उत्पादक उद्योग शिवम् सिमेन्ट लिमिटेडले नेपाल सरकार नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्रदान गरिने एनएस क्वालिटी अवार्ड–२०१९ बाट प्रथम भई सम्मानित भएको छ । एनएस क्वालिटी अवार्ड नेपाल गुणस्तर चिन्ह प्राप्त उद्योगहरूमध्ये खुला प्रतिस्पर्धा गरी निरन्तर सर्वोत्कृष्ट वस्तु उत्पादन गर्ने, सम्पूर्ण उत्पादन प्रक्रिया र उत्पादित वस्तुको स्वतन्त्र परीक्षणबाट उच्च गुणस्तरको वस्तु उत्पादन र बिक्री वितरण गर्ने उद्योगलाई सम्मान स्वरूप प्रदान गर्दै आइरहेको छ । एनएस क्वालिटी अवार्ड– २०१९ सिमेन्ट जगतमा पहिलो पटक शिवम् सिमेन्टलाई प्रदान गरिएको विभागले जनाएको छ ।
नेपाल गुणस्तर तथा नापतौल विभाग बालाजुमा आयोजित एक कार्यक्रममा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्याल, नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी तथा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोरको विशेष आथित्यता रहेको उक्त कार्यक्रमा अतिथिबाट उक्त अर्वाड शिवम् सिमेन्ट्सका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयललाई हस्तान्तरण गरिएको थियो ।
‘गुणस्तरको पहिचान हो शिवम्’, ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ’ तथा क्वालिटीको मामलामा नो कम्प्रोमाइज जस्ता मूल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्सले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको कम्पनीले दाबी गरेको छ ।