Logo

दर्ता बिनै प्रतिष्ठान सञ्चालन

आर्थिक गणना नतिजाः

रुकुम पश्चिममा आधा बढी व्यवसायिक तथा अन्य प्रतिष्ठानहरु दर्ता बिना सञ्चालनमा रहेको पाइएको छ । तथ्याङ्क कार्यालय रुकुम पश्चिमले राष्ट्रिय आर्थिक गणना २०७५ को नतिजा सार्वजनिक गरपछि यस्तो देखिएको हो । नतिजा अनुसार रुकुम पश्चिममा ३ हजार ९ सय ९४ प्रतिष्ठान सञ्चालनमा रहेका छन् । त्यसमध्ये दुई हजार १ सय ७५ प्रतिष्ठान दर्ता भएका र एक हजार ८ सय १९ दर्ता नभएको कार्यालयले जनाएको छ ।
प्रतिष्ठानमा सक्रिय रूपमा संलग्न जनशक्ति संख्या १० हजार एक सय ८० रहेका छन् । त्यसमध्ये पुरुष ६ हजार एक सय ३ र महिला ४ हजार ७७ रहेको कार्यालयका तथ्याङ्क अधिकृत मेघराज पौडेलले बताए ।
जिल्लामा सञ्चालनमा रहेका प्रतिष्ठानहरु मध्ये सबैभन्दा बढी मुसिकोट नगरपालिका एक हजार चार सय ३३ र सबै भन्दा कम बाँफिकोट गाउँपालिकामा ३ सय ६० रहेका छन् । त्यस्तै आठबिसकोट नगरपालिकामा ६ सय ४, सानिभेरी गाउँपालिकामा ४ सय २०, त्रिवेणी गाउँपालिकामा ४ सय ९५ र चौरजहारी नगपालिकामा ६ सय ८२ प्रतिष्ठानहरु सञ्चालनमा रहेको कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्