कारोबार संवाददाता
बिहिवार, कार्तिक २१, २०७६
472

नेपाल सरकारको स्वामित्वमा रहेको देशको सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रूपमा सञ्चालन हुँदै आएको उदयपुर जिल्लाको गाईघाट जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैंडाछाप सिमेन्टको मूल्य घटेको छ ।
नेपालमा उत्पादित अन्य सिमेन्टहरूको मूल्य घट्दै गइरहेको बेला अन्य सिमेन्टको मूल्यसँग प्रतिस्पर्धा गर्न उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैंडाछाप सिमेन्टको मूल्य पनि प्रतिबोरा २५ रुपैयाँका दरले घटाइएको उद्योगले जनायो । यसअघि गैंडाछाप सिमेन्टको मूल्य प्रतिबोरा ८ सय ३ रुपैयाँ रहँदै आएकामा तीन दिनअघि गैंडाछाप सिमेन्टको मूल्य २५ रुपैयाँ घटाएर प्रतिबोरा ७ सय ७८ रुपैयाँ निर्धारण गरिएको उद्योगले जनाउको छ ।
गैंडाछाप सिमेन्टको मूल्य घटाउना साथ अहिले बिक्री दोब्बरले वृद्धि भएको पनि उद्योगले बताएको छ । दैनिक चार–पाँच हजार बोरासम्म मात्र बिक्री भइरहेको गैंडाछाप सिमेन्टको मूल्य घटाउना साथ अहिले दैनिक १० हजार बोरादेखि १२ हजार बोरा बिक्री हुन थालेको समेत उद्योगले जनायो ।